इन्तर्नास्योनाल
"L'Internationale", आधिकारिक फ्रान्सेली संस्करण | |
| को रूपमा परिचित | « L'Internationale » |
|---|---|
| लेखक | ओजेन पोतिए, सन् १८७१ |
| सङ्गीत | पिएर दे गेइते, सन् १८८८ |
| सङ्गीत नमूना | |
| | |
इन्तर्नास्योनाल (फ्रान्सेली: L'Internationale) अराजकतावादी, साम्यवादी, समाजवादी र सामाजिक लोकतान्त्रिक आन्दोलनहरूले आफ्नो आधिकारिक गीतको रूपमा अपनाएका एक अन्तर्राष्ट्रिय गीत हो।[१][२] दोस्रो अन्तर्राष्ट्रियले यसलाई आफ्नो आधिकारिक गानको रूपमा अङ्गिकार गरेपछि उन्नाइसौँ शताब्दीको अन्त्यदेखि यो गीत समाजवादी आन्दोलनको मानक बनेको थियो। यस गीतको शीर्षक श्रमिकहरूको एक गठबन्धन, प्रथम अन्तर्राष्ट्रियबाट लिइएको हो जसले सन् १९६४ मा एक सम्मेलन आयोजना गरेको थियो। सङ्गठनको फ्रान्सेली शाखाका सदस्य ओजेन पोतिएले यस गीतको रचना गरेका थिए भने उनी पनि यस सम्मेलनका एक सहभागी थिए।[३][४] पोतिएको शब्दपछि फ्रान्सको उत्तरी औद्योगिक क्षेत्रको लिलेका निवासी तथा फ्रान्सेली श्रमिक पार्टीका सदस्य, पिएर दे गेइतेले रचना गरेको मौलिक धुनलाई अपनाइएको थियो।
इन्तर्नास्योनाल शब्दको नेपाली अर्थ अन्तर्राष्ट्रिय हो। मूल रूपमा फ्रान्सेली भाषामा लेखिएको यस गीतलाई पछि थुप्रै भाषाहरूमा अनुवाद गरिएको थियो। यस गीतलाई प्रायः मुठ्ठी कसेर ठाडो पारी सलामीको रूपमा गर्वका साथ गाइन्छ वा प्रस्तुत गरिन्छ।
शब्द
[सम्पादन गर्नुहोस्]पहिलो अन्तर्राष्ट्रिय र पेरिस कम्युनका सदस्य समेत रहेका उजेन पोतिएले यस गीतलाई मूल रूपमा फ्रान्सेली भाषी संस्करणमा सन् १८७१ लेखेका थिए भने पेरिस कम्युन जस्तो एक क्रान्तिकारी सरकार फ्रान्सेली सेनाको कब्जामा आएपछि उनी सुरुमा बेलायत र पछि अमेरिका पलायन हुनुअघि यस गीत लेखिसकिएको थियो। पोतिएले यो गीतलाई 'ला मार्सेइएज'को (फ्रान्सको राष्ट्रगान) धुनमा गाउन चाहन्थे। एक विवरण अनुसार सन् १८८७ मा पोतिएको अन्त्येष्टिमा यस गीतलाई 'ला मार्सेइएज'को धुनमा गाइएको थियो। त्यसको अर्को वर्ष, इन्तर्नास्योनाललाई हाल जुन धुनमा गाइन्छ, त्यसको सङ्गीत पिएर दे गेइतेले फ्रान्सेली श्रमिक पार्टीको भजनमण्डली 'ला लायर देस त्राभाइएर' का लागि आफ्नो जन्मस्थल लिलेमा रचना गरी पहिलोपटक सन् १८८८ को जुलाईमा प्रस्तुत गरेका थिए।
फ्रान्सेली संस्करणको नेपाली अनुवाद
[सम्पादन गर्नुहोस्]
| सन् १८८७ को संस्करण | नेपाली अनुवाद |
|---|---|
Debout, les damnés de la terre |
|
सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ World Book Encyclopedia, 2018 ed., s.v. "Internationale, The"
- ↑ "The International Anarchist Congress, Amsterdam, 1907", www.fdca.it, अन्तिम पहुँच ७ डिसेम्बर २०१८।
- ↑ Nic Maclellan (२००४), Louise Michel: Rebel Lives, Ocean Press, पृ: 7, 89, आइएसबिएन 9781876175764।
- ↑ Donny Gluckstein, "Decyphering 'The Internationale'"।