सामग्रीमा जानुहोस्

इन्दु बर्मा

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
इन्दु बर्मा
व्यक्तिगत जानकारी
जन्म२०५४ असोज १३ (उमेर २८)
हुग्दीशिर, बगलुङ
ब्याटिङदायाँ हाते
बलिङदायाँ हाते मध्यम गति
अन्तर्राष्ट्रिय जानकारी
राष्ट्रिय टोली
टिट्वान्टी पहिलो खेल (क्याप ११)१२ जनवरी २०१९ (वि.सं. २०७५) v चीन
अन्तिम टिट्वान्टी अन्तर्राष्ट्रिय२८ मे २०२६ (वि.सं. २०८३) v इन्डोनेसिया
खेल जीवन तथ्याङ्क
प्रतियोगिता महिला टि२०आई
खेलहरू ५६
रन ६५९
ब्याटिङ औसत १६.०७
१००/५० ०/१
शीर्ष अङ्क ५५*
फ्याँकिएको बल ५५५
विकेटहरू २९
बलिङ औसत १३.६८
इनिङमा ५ विकेट
खेलमा १० विकेट
उत्कृष्ट बलिङ ३/५
क्याच/स्टम्पिङ १८/०
स्रोत: क्रिकइन्फो, ८ अक्टोबर २०२४ (वि.सं. २४ असोज २०८१)

इन्दु बर्मा (जन्म:१३ असोज २०५४) नेपाल महिला राष्ट्रिय क्रिकेट टोलीकी दायाँ हाते ब्याटर तथा दायाँ हाते मध्यम गतिकी बलर हुन्।[] उनी २३ कात्तिक २०८० देखि रुबिना क्षेत्रीको ठाउँमा राष्ट्रिय टोलीको कप्तानको रूपमा कार्यरत छिन्।

२०८२ असोज २१ मा, इन्दु बर्मा एक हजार रन पूरा गर्ने पहिलो नेपाली महिला खेलाडी बनेकी थिइन्।[]

अन्तर्राष्ट्रिय खेल जीवन

[सम्पादन गर्नुहोस्]

चीनविरुद्ध नेपालको पहिलो महिला ट्वान्टी२० अन्तर्राष्ट्रिय खेलको प्लेइङ ११ मा इन्दु समावेश थिइन्।[] उनले थाइल्यान्डको बैङ्ककमा भएको २०१९ आइसिसी महिला छनोट एसियामा पनि नेपालको प्रतिनिधित्व गरेकी थिइन्। यो प्रतियोगिता २०१९ आइसिसी महिला विश्व ट्वान्टी२० छनोट२०२० महिला क्रिकेट विश्वकप छनोटका लागि एसिया क्षेत्रीय छनोट प्रतियोगिता थियो, जसबाट शीर्ष टोली दुवै छनोट प्रतियोगितामा पुग्ने प्रावधान थियो।[] सन् २०१२ मा नेपालको सिनियर टिममा पर्न सफल भएकी उनले २०१० मा एसीसी यु–१९ मा सिङ्गापुरमा डेब्यु गरेकी थिइन् थिइन् ।

अक्टोबर २०२१ (वि.सं. २०७८ कात्तिक) मा संयुक्त अरब इमिरेट्समा भएको २०२१ आइसिसी महिला टि२० विश्वकप एसिया छनोट प्रतियोगिताका लागि उनलाई नेपालको टोलीमा समावेश गरिएको थियो।[]

बर्मा २३ कात्तिक २०८० देखि नेपालकी लामो समयदेखिकी कप्तान रुबिना क्षेत्रीको स्थान लिँदै टोलीको नयाँ कप्तान नियुक्त भएकी थिइन्।[]

व्यक्तिगत जीवन

[सम्पादन गर्नुहोस्]

इन्दु बर्माको २०५४ असोज १३ गते बाग्लुङ जिल्लाको साविकको हुग्दीशिर गाविसमा भएको थियो। पछि वि.सं २०६१ सालमा, उनको परिवार बसाइँसराइ गरि रुपन्देहीको तिलोत्तमा आएको थियो।[]

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. "Indu Barma", Cricinfo, अन्तिम पहुँच २६ फेब्रुअरी २०१९
  2. "इन्दु बर्मा बनिन् एक हजार रन पूरा गर्ने पहिलो नेपाली महिला खेलाडी", शिलापत्र, २०८२ असोज २१।
  3. "Full Scorecard of China Women vs Nepal Women, Thailand Women's T20 Smash, Group A - Score Report | ESPNcricinfo.com", ESPNcricinfo (अङ्ग्रेजीमा), अन्तिम पहुँच २६ फेब्रुअरी २०१९
  4. "ICC Women's T20 World Cup Qualifier – Asia 2019 set to begin in Bangkok", www.icc-cricket.com (अङ्ग्रेजीमा), अन्तिम पहुँच २६ फेब्रुअरी २०१९
  5. "Nepal squad announced for Women's T20 World Cup Asia qualifiers in UAE", Czarsportz, अन्तिम पहुँच २७ अक्टोबर २०२१
  6. "राष्ट्रिय महिला क्रिकेट टोलीको कप्तानमा इन्दु बर्मा नियुक्त", कान्तिपुर (नेपालीमा), अन्तिम पहुँच २२ असार २०८१
  7. "इन्दुको क्रिकेट उडान", कान्तिपुर दैनिक (नेपालीमा), अन्तिम पहुँच २२ असार २०८१