इन्द्रभक्त श्रेष्ठ

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search

इन्द्रभक्त श्रेष्ठ (वि.सं. १९८२ - वि.सं. २०७१) नेपालको एक उद्योगपति तथा नेपाल चेम्बर अफ कमर्सका पूर्व अध्यक्ष हुन् ।

जीवनी[सम्पादन गर्ने]

वि.सं. १९८२ असार २९ मा जन्मिएका श्रेष्ठले २०१४ सालमा चेम्बर प्रवेश गरी अवैतनिक सचिव, उपाध्यक्ष र अध्यक्ष पदमा रही चेम्बरलाई अमूल्य सेवा दिएका थिए ।

वि.सं. २०२९ मा स्थापना भएको एनई ग्रुपका संस्थापक अध्यक्षसमेत रहेका श्रेष्ठ नेपालको उद्योग व्यापार क्षेत्रमा महत्त्वपूर्ण योगदान गर्ने व्यक्ति हुन् ।

पुस्तैनी व्यापारलाई पेसा बनाएका इन्द्रभक्त नेपाल उद्योग वाणिज्य महासंघका पनि पूर्व अध्यक्ष हुन् । उनले वि.सं. २०२७ देखि २०३३ सम्म लगातार दुई कार्यकाल र वि.सं. २०३९ देखि २०४५ सम्म अर्को दुई कार्यकाल चेम्बर अफ कमर्सको अध्यक्ष सम्हालेका थिए । २०३५ मा उनी नेपाल उद्योग वाणिज्य महासंघको अध्यक्ष भएका थिए ।

स्टील उद्योग, विभिन्न इन्भेष्टमेण्ट कम्पनी सञ्चालन गरेका श्रेष्ठको समूह जलविद्युत् उत्पादनमा पनि संलग्न छ । एनई ग्रुपको युनिलिभर नेपाललगायत आठ कम्पनीमा साझेदारी सम्बद्धता छ ।

यही समूह अन्तर्गतको एनई ट्रेडिङ कम्पनी प्रालि हिमालयन बैङ्कको प्रमुख शेयर होल्डर हो ।

निधन[सम्पादन गर्ने]

श्रेष्ठलाई निमोनिया र छातीमा संक्रमण भएपछि केही दिनदेखि अस्पताल भर्ना भएका थिए । उनको निधन वि.सं. २०७१ माघ ३ मा काठमाडौंमा भयो ।

हाल एनइ ग्रुपको प्रमुख कार्यकारीको दायित्व उनका छोरा रविभक्त श्रेष्ठले सम्हालिरहेका छन् ।

बाहिरी लिङ्कहरू[सम्पादन गर्ने]