सामग्रीमा जानुहोस्

इमा दत्सी

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
इमा दत्सी (हरियो खुर्सानीको साथमा)

इमा दत्सी(Dzongkha: ཨེ་མ་དར་ཚིལ་ Wylie: e-ma dar-tshil[]) भुटानी खानाको एक परिकार हो, जुन तातो खुर्सानी र चीजबाट बनेको मसालेदार झोल तरकारी हो।[] यो भुटानी परिकारको सबैभन्दा प्रसिद्ध परिकारमध्ये एक मानिन्छ र देशको राष्ट्रिय परिकारको रूपमा पनि चिनिन्छ।[] लामो समयदेखि, तिबेतियन पाकशैलीबाट उत्पन्न यो परिकार भुटानी स्वाद अनुसार विविध परिवर्तन भइसकेको छ। इमा दत्सी बनाउन विभिन्न प्रकारका खुर्सानी प्रयोग गर्न सकिन्छ; हरियो खुर्सानी, रातो खुर्सानी, वा सेतो खुर्सानी (हरियो खुर्सानीलाई तातो पानीमा धुने र घाममा सुकाइएको)[] [] जुन सुक्खा वा ताजा हुनु पर्छ। यी खुर्सानीलाई 'शा इमा भनिन्छ, जुन भिंडे खुर्सानी एन्नम जातको हो[] [] र क्यानेन, पोब्लानो, अन्चो वा एनाहाइम खुर्सानी जस्तै हुन्छ। परम्परागत इमा दात्शीबाहेक प्रयोग हुने तरकारीको प्रकारअनुसार धेरै भिन्न भिन्न रूपहरू पनि पाइन्छ। इमा दत्सीमा प्रयोग हुने चीजलाई दत्सी भनिन्छ। यो प्रायः घरमै गाई वा याकको दूधबाट बनेको दहीबाट तयार गरिन्छ। स्वादमा समृद्ध भए तापनि, इमा दत्सीमा बोसो र नुनको मात्रा बढी हुने भएकाले केही स्वास्थ्य समस्याका व्यक्तिहरूका लागि उपयुक्त हुँदैन।

इमा दत्सी भन्ने शब्द भुटानको आधिकारिक भाषा जोङ्खा भाषाबाट आएको हो। जोङ्खामा दत्सीलाई “ཨེ་མ་དར་ཚིལ་” भनेर लेखिन्छ। वाइली लिप्यान्तर प्रणालीमा यसलाई e-ma dar-tshi भनेर अभिलेखित गरिन्छ। जोङ्खामाema को अर्थखुर्सानीdatshi को अर्थ चीज भन्ने हुन्छ। त्यसैले इमा दत्सी को शाब्दिक अर्थ अंग्रेजीमा chili cheese हुन्छ।[] Ema लाई इ-मा जस्तै उच्चारण गरिन्छ, जसमा पहिलो अक्षरमा जोड पर्छ। Datshi लाई दा-ची जस्तै उच्चारण गरिन्छ। जहाँ ची भागमा जोड पर्छ र ch ध्वनि हल्का हुन्छ।

इमा दत्सीको उत्पत्ति तिबेतियन पाकशैलीबाट भएको मानिन्छ। जसलाई पछि भुटानमा उपलब्ध स्थानीय उत्पादन अनुसार क्रमशः परिमार्जित र विकसित गरिएको हो। इमा दत्सी भुटान भरका घर देखि रेस्टुरेन्ट सम्म सर्वत्र पाइन्छ।

दत्सी परिकारहरू भिभिन्न तरकारी वा मासुजन्य सामग्री प्रयोग गरेर बनाउन सकिन्छ। यसका लोकप्रिय प्रकारहरूमा केवा दत्सी (आलुको संस्करण), शाकाम दत्सी (सुकुटी-गाईको मासुको प्रकार), सेमचुङ दत्सी (फर्सी-बोडीको प्रकार), सिकाम दत्सी(सुगुरको प्रकार) र सामु दत्सी(च्याउको प्रकार) समावेश गरिएको हुन्छ। केवा दत्सी इमा दत्सीको एक रूप हो, जसमा मुख्य सामग्रीका रूपमा खुर्सानीको सट्टा आलु प्रयोग गरिन्छ। सेमचुङ दत्सी इमा दत्सीको अर्को शाकाहारी रूप हो, जहाँ खुर्सानीका सट्टा फर्सी र बोडीको प्रयोग गरिएको हुन्छ। सामु दत्सी इमा दत्सीको अर्को संस्करण हो, जसमा च्याउलाई खुर्सानीको स्थानमा प्रयोग गरिन्छ। शाकाम दत्सी इमा दत्सीको मासुजन्य संस्करण हो, जसमा मुख्य सामग्रीका रूपमा गाईको सुकुटी प्रयोग गरिएको हुन्छ त्यस्तै सिकाम दात्शी पनि इमा दत्सीको अर्को मासुयुक्त रूप हो, जसमा मुख्य सामग्रीका रूपमा सुगुरको मासु प्रयोग गरिन्छ।[]

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. "༈ རྫོང་ཁ་ཨིང་ལིཤ་ཤན་སྦྱར་ཚིག་མཛོད། ༼ཨ༽" [Dzongkha-English Dictionary: "A"], Dzongkha-English Online Dictionary, Dzongkha Development Commission, Government of Bhutan, मूलबाट २०११-०८-२५-मा सङ्ग्रहित, अन्तिम पहुँच २०११-१०-३०
  2. Subramanian, Samanth (२०२३-१०-२३), "This is what it's like hiking the newly reopened Trans-Bhutan Trail", Condé Nast Traveller India (en-INमा), अन्तिम पहुँच २०२३-११-११
  3. "BHUTAN: EMA DATSHI"
  4. Wangdi, Samten; Kencho, Yeshi, "Ema:The Fiery Bhutanese Food", Kuensel News Online, मूलबाट १४ जुन २०१२-मा सङ्ग्रहित, अन्तिम पहुँच ४ अक्टोबर २०११
  5. "A Brief Introduction to Bhutanese Food", Bhutanese Food Site, अन्तिम पहुँच ४ अक्टोबर २०११ अभिलेखिकरण ३० मार्च २०२३ वेब्याक मेसिन
  6. "A Brief Introduction to Bhutanese Food", Bhutanese Food Site, अन्तिम पहुँच ४ अक्टोबर २०११ अभिलेखिकरण ३० मार्च २०२३ वेब्याक मेसिन
  7. "PACKAGE OF PRACTICES FOR CHILI PRODUCTION IN BHUTAN", Agriculture, Livestock & Forestry, Research & Development Center Bajo, Department of Agriculture, Ministry of Agriculture & Forests, Royal Govt of Bhutan., मूलबाट २५ अप्रिल २०१२-मा सङ्ग्रहित, अन्तिम पहुँच ४ अक्टोबर २०११ अभिलेखिकरण २५ अप्रिल २०१२ वेब्याक मेसिन
  8. Pandey, Geeta (२००५-०३-०४), "Bhutan's love affair with chillies", BBC News, अन्तिम पहुँच ४ अक्टोबर २०११
  9. "Different Authentic Bhutanese Cuisine – a must-try during Bhutan Group Tour from India", www.linkedin.com (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०२४-०३-२७


बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]
  • Pommaret, Francoise (२००६), Bhutan Himalayan Mountains Kingdom (5th edition), Odyssey Books and Guides, पृ: २९६।