इरावती नदी

एयावाडी नदी (वा इरावडी नदी) को नाम पानी र दिव्य शक्तिसँग सम्बन्धित पौराणिक हातीको पाली नाम इरावती बाट आएको म्यान्मारको एक नदी हो। समयसँगै यसको उच्चारण र प्रयोग परिवर्तन हुँदै आधुनिक नाम बनेको हो। यो नदीमा रहेको एयावाडीडल्फिनको नाम पनि यसै बाट उत्पति भएको हो। प्राचीन कालमा यो क्षेत्र पेगु भनेर चिनिन्थ्यो, तर अहिले यो नाम प्रचलनबाट हरायो।[१][२]
भौगोलिक स्वरूप
[सम्पादन गर्नुहोस्]एयावाडी नदीले उत्तरबाट दक्षिणतर्फ बग्दै म्यान्मारलाई दुई भागमा विभाजन गर्छ र अन्ततः अन्डामन सागरमा मिसिन्छ। यसको उत्पत्ति हिमालयको हिमनदीबाट आउने एन’माइ र माली नदीको सङ्गमवाट हुन्छ। नदीले थुप्रै साँघुरो घाटी काट्दै, ज्वालामुखी क्षेत्र पार गर्दै, मध्य भागमा चौडा मैदानहरू बनाउँदै अगाडि बढ्छ। यसमा चिन्डविन जस्ता महत्वपूर्ण उपनदीहरू पनि जोडिन्छ। नदीको तल्लो भाग समयसँगै धेरै परिवर्तन भएको छ भनेर भूगर्भीय प्रमाणहरूले देखाउँछ।[३]
एयावाडी नदी वरपरका जमिन
[सम्पादन गर्नुहोस्]यो नदी वरपरका भूमी सयौँ वर्षदेखि बग्दै आएको पानीको भेलले गर्दा अत्यन्त उपजाऊ क्षेत्र मानिन्छ। मनसुनका भारी वर्षा र बलियो बहावले भू–भागलाई विस्तारै समुद्रतर्फ धकेल्छ। [४]
कृषिमा, विशेषगरी धान उत्पादनमा, यो क्षे्त्रको भूमिका अत्यन्त महत्वपूर्ण मानिन्छ। [५]
जल–प्रवाह
[सम्पादन गर्नुहोस्]मनसुनी वर्षाले नदीको बहावमा ठूलो भूमिका खेल्छ। सुख्खा र झरी दुवै समयमा फरक–फरक जलस्तर रहन्छ। गर्मीमा हिमनदीको पग्लिएको पानीले जल स्तर थप मात्रामा बढाउँछ। बाढीको समय अगस्टमा उच्चतम बहाव र जाडोमा न्यूनतम बहाव रहन्छ। जलस्तरको व्यापक उतार–चढावले गर्दा नदी किनारका बन्दरगाहहरूले छुट्टाछुट्टै पानी–स्तर अनुसारका घाट बनाएका छन्। कम पानीको समयमा नदी यातायातमा चुनौती थपिन्छ।
समुद्रसम्म पुग्ने माटो
[सम्पादन गर्नुहोस्]एयावाडी र सालविन नदीले संयुक्त रूपमा हरेक वर्ष ६०० मिलियन टनभन्दा बढी माटो समुद्रमा पुर्याउँछन्। पछिल्ला अध्ययनहरूले यो माटोको ठूलो हिस्सा मार्ताबान उपसागरतिर जम्मा हुने गरेको देखाएको छ। केही माटो म्यान्मारको तटरेखा हुँदै गहिरा समुद्री खाल्डोतर्फ बग्छ।
पारिस्थितिकी
[सम्पादन गर्नुहोस्]एयावाडी क्षे्त्रमा धेरै स्थानिए माछा प्रजातिहरू, साथै चर्चित एयावाडी डल्फिन पाइन्छ। उत्तरी क्षेत्रहरूमा भारी वर्षा र उचाइका कारण सदाबहार वन, सालको वन विकसित भएका छन्। मध्य क्षेत्रको सुक्खा भेगमा टक–प्रभुत्व भएका वनहरू छन्, तर धेरै क्षेत्र कृषि विस्तारका कारण परिवर्तन भइसकेका छन्। यो क्षेत्रमा म्याङ्ग्रोभ र दलदली वन पनि छन्, जहाँ चराचुरुङ्गी, सरीसृप र थुप्रै स्तनधारी बसोबास गर्छन्।
मानवीय प्रभावले कयौँ प्रजातिहरू, जस्तै पेलिकन र हात्ती, उल्लेखनीय रूपमा घटेका छन्।
शाखा नदीहरू
[सम्पादन गर्नुहोस्]एयावाडीका पाँच प्रमुख उपनदीहरू छन्, यसमा यीमा टपिङ, श्वेल्ली, म्यिट्ने, म्यु र सबैभन्दा ठूलो चिन्डविन नदी पर्दछन्। यी उपनदीहरूले नदीको मौसमी बहाव र उर्वरता दुवैमा ठूलो योगदान गर्छन्। चिन्डविन क्षेत्र विशेष गरी पश्चिमी म्यान्मारका बस्तीहरूको मुख्य यातायातको मार्ग पनि हो। नदीको मुखतर्फ पुग्दा विभिन्न शाखानदीहरूले डेल्टा बनाउँदै समुद्रमा मिसिन्छन्।[६]
अर्थतन्त्र र राजनीति
[सम्पादन गर्नुहोस्]प्राचीन कालदेखि नै एयावाडी नदी व्यापार र यातायातका लागि म्यान्मारको मुख्य नदी–मार्ग रहँदै आएको छ। ब्रिटिश उपनिवेशकालमा नदी किनारमा महत्त्वपूर्ण बन्दरगाह र बजारहरू विकसित गरिएका थिए। आज पनि धान, सागसब्जी, काठ, पेट्रोलियम र अन्य स्थानीय सामान नदीमार्ग हुँदै पैठारी गरिन्छ। करिब १३०० किलोमिटर लामो मार्ग वर्षभरि चलायमान रहन्छ। यद्यपि, हालको अनियन्त्रित सुन खानीले नदीमा विषाक्त धातु मिसिँदै गम्भीर स्वास्थ्य समस्या निम्त्याएको छ।[७][८]
बाँधहरू
[सम्पादन गर्नुहोस्]२००७ देखि म्यान्मारको सैन्य सरकारले एयावाडी, माली र एनमाइ नदीमा सातवटा विशाल जलविद्युत् बाँध बनाउने सम्झौता गरेको छ। सबै बाँधले संयुक्त रूपमा १५,००० मेगावाटभन्दा बढी विद्युत् उत्पादन गर्ने लक्ष्य राख्छन्। सबैभन्दा ठूलो म्यात्सोन बाँधको क्षमता ३,६०० मेगावाट छ। अधिकांश विद्युत् चीनतर्फ निर्यात गर्ने योजना छ। चीन, जापान र म्यान्मारका विभिन्न कम्पनीहरूले यी परियोजनामा वित्तीय तथा प्राविधिक रूपमा भाग लिएका छन्।[९]
विवाद
[सम्पादन गर्नुहोस्]म्यात्सोन बाँधले ४७ गाउँ डुबाउने, सांस्कृतिक स्थल नष्ट गर्ने र स्थानीय जनजीवन बिथोल्ने भन्दै व्यापक विरोध उत्पन्न भएको छ। वातावरणविद्हरूले तलतिरको कृषि क्षेत्रको उर्वरता घट्ने चेतावनी दिएका छन्। बाँध भूकम्प–संवेदनशील क्षेत्रमा पर्ने भएकाले सुरक्षा जोखिम पनि बढ्ने मानिन्छ। जैविक विविधताको दृष्टिले महत्वपूर्ण क्षेत्रमा जलाशय विस्तारले असंख्य प्रजातिको बासस्थान जोखिममा पार्नेछ। स्थानीय बासिन्दाले माछा, खेती र बसोबासको दीर्घकालीन क्षतिलाई गम्भीर रूपमा चिन्ताजनक मानेका छन्।
सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ Fei, Yu (२०११-०८-२२), "中国科学家确定雅鲁藏布江等四条国际河流源头" [Chinese Scientists Verify Source of Four International Rivers, Including Yarlung Tsangpo], Xinhua News Agency (Chineseमा), अन्तिम पहुँच २०२१-०३-०५।
- ↑ "Irrawaddy etymology", myanmar.gov.mm, मूलबाट १७ फेब्रुअरी २०१०-मा सङ्ग्रहित, अन्तिम पहुँच १७ जनवरी २०१७।
- ↑ वेब्याक मेसिन अभिलेखिकरण ११ मे २०११ मिति
- ↑ Liu, J.P.; Kuehl, S.A.; Pierce, A.C.; Williams, J.; Blair, N.E.; Harris, C.; Aung, D.W.; Aye, Y.Y. (२०२०), "Fate of Ayeyarwady and Thanlwin Rivers Sediments in the Andaman Sea and Bay of Bengal.", Marine Geology 423, डिओआई:10.1016/j.margeo.2020.106137।
- ↑ L. Dudley Stamp (मे १९४०), "The Irrawaddy River", The Geographical Journal 95 (5): 329–352, डिओआई:10.2307/1787471।
- ↑ वेब्याक मेसिन अभिलेखिकरण २८ अगस्ट २००९ मिति
- ↑ Brandis, Dietrich; Gamble, James Sykes (१९११), "Teak", in क्रिसहोल्म, हुग, इन्साइक्लोपिडिया ब्रिटानिका 26 (११औँ संस्करण), क्याम्ब्रिज विश्वविद्यालय छापाखाना, पृ: ४८५।
- ↑ Aung Naing (२६ फेब्रुअरी २०२५), "Gold mining poses growing threat to Ayeyarwady River's water quality: report", Myanmar NOW (अङ्ग्रेजीमा)।
- ↑ "Irrawaddy Myitsone Dam", मूलबाट २३ फेब्रुअरी २०१२-मा सङ्ग्रहित, अन्तिम पहुँच २०१०-०२-०४।