इलाम जिल्लाको भौगर्भिक बनावट

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
यसमा जानुहोस्: परिचालन, खोज्नुहोस्

नेपालको भौगर्भिक बनावट नेपालको भौगर्भिक बनोटबारे चर्चा गर्नुअघि सिङ्गो हिमालय क्षेत्रको भौगर्भिक बनोटको बारेमा वर्णन गर्न आवश्यक छ। किनभने हाम्रो देश नेपाल हिमालय क्षेत्रको एक अंश हो। आजभन्दा करिब चार करोड पचास लाख वर्ष पहिले एशियन प्लेट र भारतीय प्लेट एक आपसमा ठक्कर खाई हिमालयको जन्म भएको थियो। यी दुवै प्लेटहरूबीच रहेको टेथीस महासागर हिमालय बन्ने क्रममा विलय भएको थियो। दक्षिणतिर अवस्थित भारतीय प्लेट उत्तरतिर गतिशील भई एशियन प्लेटसँग ठक्कर खाएपश्चात भारतीय प्लेट एशियन प्लेटभित्र घुस्न वा छिर्न शुरू भयो। यो काम आज पनि २ सेन्टिमीटर प्रतिवर्षको दरले उत्तरतिर सर्ने र छिर्ने प्रक्रिया यथावत छ। भारतीय प्लेट एशियन प्लेटभित्र छिर्न थालेपछि भारतीय प्लेटको भूपटल (Crust)मा ठूला–ठूला दरारहरू वा चिराहरू (Fault) जस्तै Main Frontal Thrust -MFT), Main Boundary Thrust (MBT), Main Central Thrust -MCT) र South Tibetan Detachment System (STDS)बनेका छन्। यी चिराहरूमध्ये सबैभन्दा कम उमेरको चिरा ज्ँत् हुन् जो सबैभन्दा दक्षिणमा पर्दछ। र यो चिरा दशलाख वर्ष पहिले मात्र बनेको थियो। यी चिराहरूले सिंगो हिमालयलाई क्रमशः दक्षिणबाट उत्तरतिर विभिन्न हिमालयहरूमा विभाजन गरेको छ। उदाहरण :

Tibetan-Tethys Himalaya North
Higher Himalayan Crystallines
Lesser Himalaya
Churia or Siwaliks
Indo-Gangetic Plain(Terai) South

त्यसैगरी करिब २४०० कि.मी. लामो हिमालयलाई पश्चिमबाट पूर्वतिर क्रमशः पञ्जाब हिमालय, कुमाउ हिमालय, नेपाल हिमालय, सिक्किम-भुटान हिमालय

नर्थ-इस्ट फ्रन्ट्रियर एजेन्सीमा विभाजन गरिएको छ। नेपाल हिमालयको लम्बाई ८०० कि.मी. छ। यी सबै हिमालयहरूको एकै किसिमको भौगर्भिक बनोट छ।

नेपाल हिमालयमा दक्षिणबाट उत्तरतिर क्रमशः Terai, Siwaliks, Lesser Himalaya, Higher Himalayan Crystallines र Tibetan Tethys Himalayaछन्। नदीहरूले साना–साना सेडिमेन्टसलाई पहाडबाट बगाएर लगी तराई क्षेत्रमा थुपारेका छन्। केहीलाख वर्षपछि यी सेडिमेन्टसहरू पनि पत्रे चट्टानमा परिवर्त्तन हुनेछ। चुरिया मुख्यगरी पत्रे चट्टानहरूले बनेका छन्।shale, Sandstone, Conglomerateजस्ता पत्रे चट्टानहरूमा Gastropoda र पातका जीवाशेषहरू पनि पाइएका छन्, यी चट्टानहरू आजभन्दा १ करोड ८० लाख वर्षपहिलेदेखि बन्न शुरू गरेका हुन् र सबैभन्दा कम उमेरको चट्टानहरू १० लाख वर्षसम्मको पाइएको छ। Lesser Himalaya शुरू हुनासाथ तुरून्तै उचाइ बढेर गएको पाइन्छ। यो Lesserहिमालय पत्रे चट्टानहरू जस्तै : limestone, Dolomites र परिवर्त्तित चट्टानहरू जस्तैः Slate, Phyllite, Schist, Quartzite, Amphibolite, : Marble, Augen gneissले बनेका छन्। यी चट्टानहरू ४ अरबदेखि २ करोड ४० लाखवर्षसम्म उमेरको पाइएको छ। साथै एककरोड ७० लाखवर्ष पुरानो जीवाशेषहरू पनि पाइएको छ। परिवर्तित चट्टानहरू बन्ने क्रममा ५००देखि ८०० मेघा पास्कलसम्म दवाब र ४५०० से.देखि ५५०० से.सम्म तापक्रम भएको अनुसन्धानबाट थाहा भएको छ। त्यसैगरी Higher Himalayan Crystallines अन्य हिमालयहरू Lesser Himalaya र Tibetan - Tethys Himalaya भन्दा बढी दबाव -६५० देखि ८६५ मेघा पास्काल) र तापक्रम -५५ देखि देखि ६००० बाट) परिवर्त्तित चट्टानहरूले बनेका छन्। यी चट्टानहरूः Gneiss, Quartzite, Marble, Schist आदि हुन्। यी चट्टानहरू ४ अरबदेखि ५७ करोडवर्षसम्म उमेरका भएको अध्ययन-अनुसन्धानबाट पत्ता लागेको छ। Tibetan – Tethys Himalayaमा पत्रे र कम दवाब र तापक्रम भएको परिवर्त्तित चट्टानहरू पाइएका छन्। shale, limestone, Sandstone पत्रे चट्टानहरू हुन् भने Phyllite, metasandstone, schist परिवर्तित चट्टानहरू हुन्। यस हिमालयमा Brachiopods, Graptolites, Echinoderms, ammonites, Belemnites आदि विभिन्न जीवाशेष पाइन्छन्, किनकि यो हिमालय तेथिस महासागरको sedimentsबाट बनेको हुनाले महासागरमा भएको जीवित प्राणीहरू रहेको प्रमाण जीवाशेषले बताउँछ। यो चट्टानहरूको उमेर ५७ करोडवर्षदेखि

६ करोड ५० लाख वर्षसम्म भएको पाइएको छ। परिवर्तित चट्टानहरूमा दबाव ३०० मेघा पास्कलसम्म र तापक्रम ३७० देखि ५००० से.सम्म पाइएको छ। यी चट्टानहरूबाहेक आग्नेय चट्टान (ग्रेनाइट) पनि हिमालय क्षेत्रमा पाइन्छन्। तीन किसिमका उमेर भएका ग्रेनाइटहरू पाइएका छन्।

१. करिब दुई अरब वर्ष पुरानो,

२. करिब पचास करोड पुरानो र

३. करिब दुई करोड पचास लाख वर्ष पुरानो।

इलाम जिल्लाको भौगर्भिक बनोटः इलाम जिल्लाको राजनैतिक नक्सा (Political map) लाई मध्य नजर राखी भौगर्भिक नक्सालाई छोपेर हेर्ने हो भने यस जिल्लामा Terai, Churia, Lesser Himalaya र Higher Himalayan Crystallines चट्टानहरू पाइन्छन्। Tibetan -Tethys Himalaya का चट्टानहरू पाइँदैनन्। इलाम जिल्लामा तराई र चुरियाका सेडिमेन्टस र चट्टानहरू आशिकरूपमा मात्र पाइएका छन् भने Lesser Himalaya र Higher Himalayan Crystallines चट्टानहरूले अधिकांश क्षेत्र ओगटेको छ। क्षेत्रफलको हिसाबले दुई तिहाई भाग Higher Himalayan Crystallinesले ओगटेको छ। इलाम जिल्लाको दक्षिण पश्चिमी भाग -चुलाचुली गाविसको दक्षिणी भाग) लाई तराईको सेडिमेन्टसले ढाकेका छन्। चुरियाको चट्टानहरू चुलाचुली, साकफारा गाविसको दक्षिणी भाग, बाँझो गाविसको दक्षिणी भाग, दानावारी, सिद्धिथुम्काको दक्षिणी भाग, महमाई गाविसहरूमा राम्ररी बसेका छन् भने लक्ष्मीपुर, शान्तिपुर, जिर्मले, चिसापानी, इरौंटार गाविसका दक्षिणी भागमा आंशिक रूपमा मात्र रहेको पाइन्छ। जिल्लाको पूर्वी भागमा चुरियाको मोटोपना पातलो भई झापा जिल्लाको उत्तरी

भागमा पसेर जाने गर्दछ। यो चुरियामा मुख्यगरी shale र Sandstone पत्रे चट्टानहरू मात्र पाइएका छन्। यो चट्टानहरूको उत्तरी भागमा पाइएको चिरा (MBT)ले उत्तरी क्षेत्रमा Lesser Himalaya र दक्षिणी क्षेत्रमा Churiaलाई छुटाउँछ। Lesser Himalaya शुरू हुनासाथ भिरालोपन र उचाइ अकस्मात बढेको पाइन्छ। यस क्षेत्रमा परिवर्तित चट्टानहरू जस्तै : Phyllite, Schist, Quartzite, Amphibolite र Augen Gneiss पाइएको छ। यो चट्टानहरूको तापक्रम र दबावबारेमा हालसम्म अध्ययन/अनुसन्धान नभएतापनि नेपालको अन्य क्षेत्रमा भएको अध्ययनबाट तापक्रम ४५०० सेदेखि ५५०० से.सम्म र दबाव ५०० मेघा पास्कलदेखि ८०० मेघा पास्कलसम्म भएको अनुमान गर्न सकिन्छ। यी चट्टानहरू इलाम जिल्लाको दक्षिणी भूभागः साकफारा, वाझो, मंगलबारे, गोदक, लक्ष्मीपुर, शान्तिपुर, कोलवुङ गाविसहरूको केही भागहरूमा पाइन्छन्।

भौगोर्भिक बनौट गाविसहरूको नक्सासँग ठ्याक्कै मेल नखाने हुँदा माथि उल्लेखित गाविसहरूको सम्पूर्ण भू–भाग भने पूर्णरूपमा समेटन मिल्दैन। यी गाविस हरूको भू–भाग Higher Himalayan Crystallines क्षेत्रमा पनि पर्दछ। Lesser Himalayaको उत्तरी भागको सिमानामा : MCT चिरा छ जसले दक्षिणमा Lesser Himalaya र उत्तरमा Higher Himalayan Crystallines छुट्याएको छ। Higher Himalayan Crystallinesमा Gneiss, Marble, Calc-Silicate Gneiss, Quartizite, Schist किसिमका बढी दबाव र तापक्रम भएका परिवर्त्तित चट्टानहरू पाइन्छन्। यी चट्टानहरू पनि ६५०देखि ८६५ मेघा पास्कल र ५५०० सेदेखि ६००० से.सम्म तापक्रममा बनेको अनुमान गर्न सकिन्छ। यी Higher Himalayan Crystallinesको चाखलाग्दो पक्ष के छन् भने यी चट्टानहरू नेपालको पूर्वक्षेत्रमा दक्षिण भूभागसम्म फैलिएको छन् तर मध्य तथा पश्चिम नेपालमा दक्षिणी भागसम्म फैलिएका छैनन्। त्यसैले पूर्व नेपालको यी चट्टानहरूलाई Higher Himalayan Crystallines Nappe पनि भनिन्छ अर्थात उत्तरीक्षेत्रबाट लामो दूरीमा सरेर Lesser Himalayaलाई ढाक्न आएका छन्। यस्तो अवस्थालाई भौगर्भिक दृष्टिकोणले व्याख्या गर्दा या त हिमालयको -नेपाल) सबै भू–भागमा एकै समय -करिव २ करोड ५० लाख वर्ष पहिले) दक्षिणतिर सरेर आएको हुनुपर्छ। त्यसपश्चात् मध्य तथा पश्चिमी नेपालको भू–भाग उठ्ने क्रम -गउषित) पूर्वी नेपालको भन्दा बढी भएकोले भूक्षय (Erosion)

हुने क्रममा हावा, पानीले बगाएर लगे, जसले गर्दा ती चट्टानहरू हाल पाइँदैन अथवा पूर्वी नेपालको भू–भाग मध्य र पश्चिमी क्षेत्रको तुलनामा सरेर दक्षिणतिरपछि आए र भूक्षय हुन बाँकी नै छन् वा पहिले दक्षिणतिर सरेको भू–भाग पुन दक्षिणतिर अगाडि सरे। यी गतिशील पहाडहरूबारे विस्तृत अध्ययन हुन बाँकी नै छ। यसरी जिल्लाको दक्षिणी भागबाट उत्तरी सिमाना (पाँचथर र दार्जिलिङ्ग जिल्ला)सम्म पुगेर इलामेली चट्टानहरूको बसाइलाई अध्ययन गर्ने हो भने Churia, Lesser Himalaya र Higher Himalayan Crystallinesको दक्षिणी भागका चट्टानहरू सबै उत्तर फर्केर बसेका छन्। किनकि भारतीय प्लेट उत्तरतिर सर्ने क्रममा धकेलिएर माथि उठी उत्तर फर्केका हुन्। यसलाई बोल्डोजरले माटो सोरेर लगेको कामलाई तुलना गर्न सकिन्छ। तर Higher Himalayan Crystallinesको मध्य भागमा हेर्ने हो भने उत्तर-दक्षिण, दक्षिण-उत्तर फर्किएको Folds छन् जो Anticline र Syncline दुबै हुन्। यी चट्टानहरू उत्तरी भागको टाडा दूरीबाट सरेर आउदा कुनै भाग उठ्ने वा कुनै भाग दब्ने भएकोले यस्तो किसिमको Folds बनेका हुन्। Higher Himalayan Crystallinesमा पाइएका चट्टानहरू माथि उल्लेखित गाविसहरूको केही भाग र इलाम जिल्लाको बाँकी सम्पूर्ण गाविसमा पाइएका छन्। खानी उद्योग र बहुमूल्य खनिज -Precious Stone_को हिसावले इलाम जिल्लालाई उपयुक्त मानिंदैन। कुनै–कुनै क्षेत्रमा खानी वा बहुमूल्य खनिज न्यून अंशको रूपमा पाइए तापनि आर्थिकरूपले कुनै महत्व छैन। खानी उद्योगहरूलाई सञ्चालनको लागि कम्तिमा पनि ५० वर्षसम्म सञ्चालन गरी प्रशस्त मुनाफा कमाउने स्थितिमा मात्र मान्यता दिन सकिन्छ। खानी तथा बहुमूल्य रत्नको हिसाबले साथ नदिए तापनि इलाम जिल्लालाई अधिकांश भूभाग Higher Himalayan Crystallines चट्टानहरूले ढाकिएकोले हुनाले यस जिल्लाको भू-आकृति -Topography_लाई आकर्षण तुल्याएको छ। अर्को शब्दमा भन्नु पर्दा दक्षिणतिर टाढासम्म आइपुगेको Higher Himalayan Crystallines चट्टानहरू भूक्षयको क्रममा साधारणतया अधिकांश Gneiss चट्टानहरूबाट बनेको समतल किसिमको भू-आकृति, Gneiss चट्टानबाट बनेको माटोमा पाइने कृषिको लागि उपयुक्त तत्वहरूले इलामवासीलाई पूर्ण साथ

दिएको हुनाले इलामवासीको आर्थिक स्थिति मजबुत छ। यदि Dolomite, Limestone, Quartzite जस्ता चट्टानहरू प्रशस्त भएको भए त्यो क्षेत्र ज्यादै भिरालो र कृषिको लागि रूखो हुनसक्थ्यो। तथापि Lesser Himalayaमा Quartzite चट्टानहरू इलाम जिल्लामा नभएका भने चाहि होइनन्। उदाहरणको लागि कोल्वुङ गाविसको लसुने क्षेत्रको भिरालो पाखालाई लिन सकिन्छ। यस किसिमको चट्टानलाई पूर्व र पश्चिमक्षेत्रमा पछ्याएर जाने हो भने बढी मात्रामा भिरालो पाउन सकिन्छ। जहाँ कृषिजन्य तत्वको मात्रा कम भएको अनुमान गर्न सकिन्छ। इलाम जिल्लाको मेची राजमार्गको निर्माणमा खासै भौगर्भिक अनुसन्धान नभई निर्माण भए तापनि कोल्बङ्ग गाविसको बागखोर क्षेत्र र गोदक गाविसको राजदूवाली क्षेत्रबाहेक अन्य क्षेत्रमा रहेको बाटोलाई उपयुक्त मान्नु पर्दछ। तापनि त्यस कच्चा क्षेत्रमा रहेको बाटोहरूलाई आजको आधुनिक इञ्जीनियरीङ विधिहरूले पूर्ण स्थिरतामा ल्याइएको छ। तर भूकम्पजस्तो प्राकृतिक प्रकोप आएमा ती बाटोहरू र अन्य संरचना भएको निर्माणहरूलाई नष्ट गर्न सक्दैन भन्न चाहिँ सकिन्न। त्यस्तै पुवाखोला हाइड्रोपावरको लागि भने विस्तृत भौगर्भिक इन्जिनियरिङ्ग अध्ययनबाट निर्माण भएको छ। बाटोघाटो नहर, विद्युतको पावर हाउस, सुरू, ठूला–ठूला भवन निर्माण गर्नको लागि सर्वप्रथम विस्तृत भौगर्भिक अध्ययन गरी आधुनिक इन्जिनियरिङ्ग विधि समेट्न सकेमा सम्पूर्ण संरचनाहरू दिगो र बलियो हुन्छन्। चुरियाका चट्टानहरू नरम र बढी प्वाल भएकोले -Porosity_ पानी सजिलै भित्र पसी पानीको दबाव पैदा हुन्छ जसको कारणले पहिरो जानसक्दछ। त्यसैले चूरिया क्षेत्रमा जुन सुकै संरचनाहरू तयार गर्दा विस्तृत भौगर्भिक–इन्जिनियरिङ्ग अध्ययन गर्न आवश्यक छ। नत्रभने व्यक्ति तथा राष्ट्रको ठूलो मात्रामा क्षति पुग्न सक्दछ। निष्कर्षः पृथ्वीलाई झट्ट हेर्दा स्थिर देखिए तापनि वास्तवमा गतिशील छ। हालको जस्तै भारतीय प्लेट प्रतिवर्ष २ से.मी.को दरले सर्ने क्रम लगातार भएको खण्डमा आजभन्दा ३० करोड वर्षपछि आजको भारतको सम्पूर्ण भूभाग खुम्चिएर पहाडहरूमा परिणत हुने कुरा भूगर्भशास्त्रीहरू वताउँछन्। त्यसै कममा तराईको Sediments पत्रे चट्टानहरूमा परिवर्तित हुनेछ, हालको चुरियाका पत्रे चट्टानहरू परिवर्त्तित चट्टानहरूमा बद्लनेछ। त्यसैगरी महाभारत क्षेत्रमा पहाडहरू अगिलएर सगरमाथाको उचाइभन्दा अग्ला पहाडहरू बन्न सक्नेछन्।

अर्थात् महादीपहरू -प्लेटहरू) गतिशील हुने क्रममा चट्टानहरूको चक्र -Rock Cycle_ भइरहन्छ। यसरी पृथ्वी गतिशील भइरहदा पहाडहरू बन्ने, अग्लिने, भासिनेजस्ता नयाँ–नयाँ भू–आकृतिहरूको विकास भइरहने हुनाले ठूला–ठूला संरचनाहरू बनाउँदा भौगर्भिक र इन्जिनियरिङ्ग अध्ययन गर्न अनिवार्य देखिन्छ। यो विषयहरूको विस्तृत अध्ययनबाट बनाइएका संरचनाहरू जस्तै : पुल, पैनी, कुलो, बाटो, भवनलाई प्राकृतिक प्रकोपजस्ता दुर्घटनाबाट बचाउन सकिन्छ। यसरी इलाम जिल्लाको भू–आकृतिहरू पनि भविष्यमा परिवर्तन हुनेछ।

[१]

सन्दर्भ सामग्री[सम्पादन गर्ने]

  1. डा. सन्तमान राई, इलाम टाइम्स