इलिनोर ओस्ट्रम

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
इलिनोर ओस्ट्रम
राष्ट्रियता संयुक्त राज्य अमेरिका
संस्थानइंडियाना विश्वविद्यालय, एरिजो़ना राज्य विश्वविद्यालय
क्षेत्रसार्वजनिक अर्थशास्त्र
बिद्यालय/परम्परानया संस्थागत अर्थशास्त्र
शिक्षाक्यालीफोर्निया विश्वविद्यालय, लस एन्जल्स
पुरस्कारअर्थशास्त्र को नोबेल स्मृति पुरस्कार (२००९)

परिचय[सम्पादन गर्ने]

जन्म इलिनोर क्लेयर अवान अगस्ट ७, १९३३ लस एन्जेल्स, यु एस ए
मृत्यु जून २०१२ (७८ वर्ष) ब्लुमिंगटन इन्डियाना यु एस ए
राष्ट्रियता अमेरिकन
पति चाल्र्स स्कट विन्सेन्ट ओस्ट्रम
संलग्नता इन्डिायाना विश्वविद्यालय, एरिजोना विश्वविद्यालय
क्षेत्र सार्वजनिक अर्थशास्त्र, नयां संस्थानिक अर्थशास्त्र
पुरस्कार

प्रथम महिला अर्थशास्त्री[सम्पादन गर्ने]

इलिनोर ओसट्रम अर्थशास्त्रको नोबेल पुरस्कार पाउने आजसम्म कै एक मात्र महिला हुन् । उनले वि.सं.२०६६ मा समुदायको साझा सम्पत्ति (कमन पूल रिसोर्स) तथा आर्थिक शासन (इकोनोमिक गभर्नेन्स) को मिश्रित सिद्धान्त प्रतिपादन गरेकी हुन् । उनको यस सिद्धान्तले समुदायले आफुलाई चाहिने सम्पत्तिको संकलन, सुरक्षा, विकास, र उपयोग कसरी गर्दो रहेछ भन्ने कुरा विश्लेषण गर्दछ । उनी इन्डियाना युनिवर्सिटी, लस एन्जेलिस, यु एस ए मा प्रोफेसर थिइन् । उनको विषय वस्तुलाई नया संस्थानिक अर्थशास्त्र र सार्वजनिक अर्थशास्त्रको विषय वस्तु मानिन्छ ।

अर्थशास्त्रमा एक नयां दृष्टिकोण- साझा सामुदायिक सम्पत्ति[सम्पादन गर्ने]

आर्थिक विकासका लागि यस सिद्धान्तले अर्थशास्त्रमा एक नयां दृष्टिकोण प्रदान गरेको छ । जसलाई साझा सामुदायिक सम्पत्ति CPR भनिन्छ । छत्तीस मौजा सिंचाई प्रणालीलाई यसै प्रकारको सम्पत्ति भनिन्छ ।

साझा सामुदायिक सम्पत्ति बारेमा निष्कर्ष[सम्पादन गर्ने]

नोबेल पुरस्कार विजेता अर्थशास्त्री इलिनोर ओस्ट्रमले सिंचाई प्रणालीहरुको सामुदायिक व्यवस्थापन सम्बन्धी विषयलाई अन्तर्राष्ट्रिय स्तरमा लोकप्रिय बनाएकी हुन् । उनले नेपालका सिंचाई प्रणाली अध्ययन गरेर साझा सम्पत्ति CPRको बारेमा निम्नलिखित निष्कर्ष प्राप्त गरेकी छन् [१][२]

  • १. यस्ता सम्पत्तिको क्षेत्र र सीमा राम्ररी परिभाषित हुन्छ ।
  • २. स्थानीय स्तरमा यस्ता सम्पत्ति सम्बद्ध नियमहरु विकसित गरिएका हुन्छन् ।
  • ३. निर्णय प्रक्रियामा स्थानीयहरुको सहचनगिता र सक्रियता हुन्छ ।
  • ४.यस्तो सम्पत्तिमा अनुगमन र रेखदेख व्यवस्था प्रभावकारी हुन्छ ।
  • ५. विवाद समाधानका लागि संयन्त्र निर्माण गरिएको हुन्छ ।
  • ६. आफैं स्थापना र विकास भएता पनि यस्ता संस्थाको आधरिकारिक उच्च निकायद्वारा अनुमोदिन भएको हुन्छ ।
  • ७. ठूला साझा सम्पत्ति संस्थाहरुमा स्तरीकरणको व्यवस्था गरिएको हुन्छ । जसले व्यवस्थापन प्रभावकारी हुन जान्छ ।

नेपाल र इलिनोर ओस्ट्रम[सम्पादन गर्ने]

नेपालीहरुले उनलाई माया गरेर लिन भनेर बोलाउने गर्छन् । वि.सं.२०६९मा उनको देहावसान हुंदा नेपाली अर्थशास्त्रीहरुले पनि निकै दुख मनाउ गरेका थिए । उनलाई नेपालको हितैषी अमेरिकी अर्थशास्त्री भनिन्छ । उनको मृत्यु पछि हिमाल पत्रिकाले उनको संझना स्तम्भ लेखेको थियो । उनले पटक पटक नेपालको भ्रमण गरेकी थिइन् । उनको यो विशेष कार्य वर्षौं गरेको तपस्याको प्रतिफल थियो । उनले नेपालका सिंचाई प्रणालीको विकास र सामुदायिक वन व्यवस्थापनका लागि स्थानीय ग्रामीणहरुले गरेको परिश्रम, लगाएको बौद्धिक क्षमता, र साधन परिचालनको राम्रो अध्ययन गरेकी थिइन् । त्यसबाट ज्यादै प्रभावित थिइन् । त्यस प्रयासलाई सिद्धान्त रुप दिन उनले धेरै वर्ष मेहनत गरेकी हुन् । उनको यो सिद्धान्त मुख्यतः नेपालका सिंचाई प्रणालीमा आधारित छ र यसका लागि उनले रुपन्देही र दाङ्का सिंचाई प्रणाली अध्ययन गरेकी हुन् ।[३]

इलिनोर ओस्ट्रमका प्रमुख पुस्तक र लेखहरु Books[सम्पादन गर्ने]

·        Ostrom, Elinor (1990). Governing the Commons: The Evolution of Institutions for Collective Action. Cambridge, UK: Cambridge University Press..

·        Ostrom, Elinor; Schroeder, Larry; Wynne, Susan (1993). Institutional incentives and sustainable development: infrastructure policies in perspective. Boulder: Westview Press.

·         Ostrom, Elinor; Walker, James; Gardner, Roy (1994). Rules, games, and common-pool resources. Ann Arbor: University of Michigan Press.

·        Ostrom, Elinor; Walker, James (2003). Trust and reciprocity: interdisciplinary lessons from experimental research. New York: Russell Sage Foundation.

·        Ostrom, Elinor (2005). Understanding institutional diversity. Princeton: Princeton University Press.

·        Ostrom, Elinor; Guha-Khasnobis, Basudeb (2007). Linking the formal and informal economy: concepts and policies. Oxford: Oxford University Press.

·        Ostrom, Elinor; Hess, Charlotte (2007). Understanding knowledge as a commons: from theory to practice. Cambridge, Massachusetts: MIT Press.

Journal articles

·        Ostrom, Elinor; Crawford, Sue E. S. (September 1995). "A grammar of institutions". American Political Science Review. 89 (3): 582–600.

·         Ostrom, Elinor (March 1998). "A behavioral approach to the rational choice theory of collective action: Presidential address, American Political Science Association, 1997". American Political Science Review. 92 (1): 1–22.

·         Ostrom, Elinor (June 2010). "Beyond markets and states: polycentric governance of complex economic systems". American Economic Review. 100 (3): 641–672.

सन्दर्भ[सम्पादन गर्ने]

  1. ज्ञवाली, बाबु राम, वि.सं. २०७१,इलिनोर, कमन पूल र छत्तीस मौजा, शारदा स्वर्ण महोत्सव स्मारिका– २०७१, संयो.,माधवलाल देवकोटा, रुपन्देही शंकरनगर तिनपा २ ः दुर्गा शारदा उच्च मा.वि., पृ.१५७–१६० ।
  2. http://www.scottlondon.com/reviews/ostrom.html
  3. ज्ञवाली, बाबु राम, वि.सं. २०६६, नोबेल पुरस्कार विजेता पहिलो महिला अर्थशास्त्री इलिनोर ओसट्रमको योगदान जस्तो मैले जान्न सकें, बुटवल टु डे, कार्तिक ९, २०६६