इसिकावा
इसिकावा प्रान्त (石川県, Ishikawa-ken) जापानको चुबु क्षेत्र, होन्शु टापुमा अवस्थित छ। सन् २०२५ जनवरी १ को अनुसार यहाँको जनसंख्या १,०९६,७२१ छ र क्षेत्रफल ४,१९१ वर्ग किलोमिटर (१,६१८ वर्ग माइल) छ। इसिकावा प्रान्तको पूर्वमा टोयामा, दक्षिण–पूर्वमा गिफू, र दक्षिणमा फुकुइ प्रान्त छन्।[१]
कानाजावा सहर यो प्रान्तको राजधानी र सबैभन्दा ठूलो शहर हो। अन्य मुख्य शहरहरूमा हाकुसान, कोमात्सु, र कागा पर्दछन्। इशिकावा प्रान्त जापानको सागरको किनारमा अवस्थित छ र यसमा प्रायः नोतो प्रायद्वीप पर्छ, जसले टोयामा खाडी बनाउँछ जापानको एक ठूलो खाडीहरू मध्ये एक।
इतिहास
[सम्पादन गर्नुहोस्]इतिहासमा, इशिकावा होकुरिकु क्षेत्रको हिस्सा थियो र जापानी सामन्ती युगमा यहाँका धनी हान (डोमेन)हरूका कारण महत्वपूर्ण बस्ती क्षेत्र थियो।[२]
इसिकावा प्रान्त सन् १८७२ मा कागा प्रान्त र सानो नोतो प्रान्तको मिलनबाट स्थापना भएको हो। सुरुमा सरकारको कार्यालय मिकावामा राखिएको थियो, तर सन् १८७३ मा कानाजावा सारियो।
कियोइजाका घटना
[सम्पादन गर्नुहोस्]सन् १८७८ मा, नयाँ स्थापना भएको इसिकावा प्रान्तले कियोइजाका घटना पछि राष्ट्रिय सरकारले यसप्रति सतर्कता अपनायो। यस घटनामा ६ जना शिजोकु (पूर्व सैन्य वंशज)ले मेइजी सरकारले गरेको नागरिक अधिकारको दमन, र सरकारी सम्पत्ति दुरुपयोगको विरोधमा जापानी राजनितिज्ञ ओकुबो तोशिमिचीको हत्या गरेको थियो।[३]
पूर्व कागा शासनको प्रभाव कम गर्न र होकुरिकु क्षेत्रको स्वतन्त्रता र नागरिक अधिकार आन्दोलनलाई कमजोर बनाउन, राष्ट्रिय सरकारले प्रान्तलाई विभाजन गर्ने निर्णय गर्यो। यस प्रक्रियामा १८८१ मा फुकुइ प्रान्त र १८८३ मा तोयामा प्रान्त स्थापना गरिएको थियो।
प्राकृतिक विपदहरू
[सम्पादन गर्नुहोस्]- सन् २०२४ जनवरी १ मा आएको को ७.५ म्याग्निच्युडको भूकम्प: यस शक्तिशाली भूकम्पले व्यापक भौतिक संरचना तथा यातायातमा ठूलो क्षति पुर्याएको थियो। घटनामा ५०८ जनाको मृत्यु भएको थियो र कुल करिब १,२०० जना घाइते भएका थिए। प्रभावित क्षेत्रका बासिन्दाहरू अस्थायी आश्रयस्थानमा बस्न बाध्य भएका थिए।[४]
- सन् २०२४ सेप्टेम्बरमा भारी वर्षाले बाढी र पहिरो : यो प्राकृतिक विपत्तिले गाउँ तथा शहरका धेरै भाग जलमग्न बनायो र यातायात पूर्णरूपमा अवरुद्ध गराएको थियो। घटनामा कम्तीमा ६ जनाको मृत्यु भयो र कैयौं घरधुरी क्षतिग्रस्त भएका थिए। हजारौं मानिसहरूलाई सुरक्षित स्थानमा सारिएको थियो।[५]
आकर्षणहरू
[सम्पादन गर्नुहोस्]इसिकावा प्रान्त निम्न आकर्षणहरूका लागि प्रसिद्ध छ:[६]
• कानाजावा किल्ला
• केनरो कोएन, जुन एक जापानका तीन महान बगैंचाहरू मध्ये एक हो
• न्योताइमोरी
• कुतानी कुम्हारकला
सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ "Japan’s Ishikawa Pref. Expanded in Quake, Now Larger Than Fukui Pref.; Such Changes Considered Rare", The Japan News, २०२५-०९-२७, अन्तिम पहुँच २०२४-०९-२७।
- ↑ "しいのき迎賓館について", 石川県政記念しいのき迎賓館 (जापानीमा), अन्तिम पहुँच २०२५-०१-२७।
- ↑ "博物館だより", 富山市, अन्तिम पहुँच २०२५-०१-२७।
- ↑ Yoshinori Doi (१६ जनवरी २०२५), "Noto jishin, Ishikawa ken'nai no shisha 500-ri-chō ni kanren-shi arata ni 10-ri nintei e" [Death toll from Noto earthquake in Ishikawa Prefecture exceeds 500, 10 more related deaths confirmed], The Asahi Shimbun (जापानीमा), अन्तिम पहुँच १८ जनवरी २०२५।
- ↑ "This Japanese region is still recovering from a deadly earthquake. Now record rains have flooded its streets", २१ सेप्टेम्बर २०२४, मूलबाट सेप्टेम्बर २२, २०२४-मा सङ्ग्रहित, अन्तिम पहुँच २३ सेप्टेम्बर २०२४।
- ↑ "General overview of area figures for Natural Parks by prefecture", Ministry of the Environment, मूलबाट अप्रिल २१, २०१२-मा सङ्ग्रहित, अन्तिम पहुँच २ जुलाई २०१२।