सामग्रीमा जानुहोस्

इस्मा राज्य

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
पाल्पा राज्य
इस्मा
वि.सं. १५५०–वि.सं. १८४३
राजधानीइस्माकोट
आम भाषाहरूखस भाषा (नेपाली),
धर्म
हिन्दु,
सरकारराजतन्त्र
राजा 
 वि.सं. १५५०
अंगदसिंह रावा (प्रथम)
 
गोविन्दसिंह राठौर (अन्तिम)
इतिहास 
 शासन सुरु
वि.सं. १५५०
 पाल्पा राज्यमा विलय
वि.सं. १८४३
उत्तरवर्ती
पाल्पा राज्य
अचेल नेपाल

इस्मा राज्य चौबिसी राज्यको एउटा सानो राज्य यो एउटा पहाडको टुप्पोमा अवस्थित थियो । यसको राजधानी इस्माकोटमा थियो। राजधानीमा त्यहाँ लगभग २५० घर थिए।[] चार हजार कुरियाले बनेको इस्मा राज्यका चौबीस मौजा हुनाले चौबीस मौजा इस्मा पनि भनिन्थ्यो । पूर्वमा मुसीकोटको सिमाना, पश्चिममा अग्लुङको उकालोदेखि झिमरुक खोलासम्म, उत्तरमा बाग्लुङको ग्वालीचौर र दक्षिणमा धुर्कोट राज्यको सिमानासम्म इस्मा राज्य फैलिएको थियो ।[]

चौबिसे राज्यहरु अन्तरगत इस्मा प्रारम्भमा ७०० कुरिया र २४ मौजाले बनेको थियो । शुरुवाती समयमा यस राज्यमा अर्याल जातिको शासन रहेको थियो भने गोरखा राज्यमा विलय हुनुपूर्व ठकुरी जातिको शासन रहेको इतिहासमा पाउन सकिन्छ । इस्मा राज्य वि.सं. १८४३ साल असोज ४ गते गोरखा सँगको लडाइमा पराजित भएपछि पाल्पा राज्यमा विलय भएको थियो ।[] राजा गोविन्द सिंह स्वयं लडेका थिए तर विजय नहुने देखेर सल्यान तिर भागे।[]

अर्ज्याल राज्य

[सम्पादन गर्नुहोस्]

भट्ट पद धारण गरेका अर्ज्याल ब्राहमणहरुले राज्य साचालनको कार्य गर्दै आएका थिए। राजा प्रभाकर निसन्तान भएकै कारणले उनले त्यती बेलाको शक्तिशाली र प्रसिद्ध राज्य गुल्मी चारपालामा भारतको कर्णाटक राज्यबाट आई राजनितिक शरण लि बसेका सुरथसिंह नामक राजपुतलाई धर्मपुत्र बनाई शिक्षा दिक्षा र मन्त्रदान समेत गरे । यिनै सुरथसिंह लाई अङ्गदसिंह रावा भन्ने पद दिई इस्मा राज्यको सम्पूर्ण कार्यभार सुम्पे।

अर्याल राजाहरूको नामावली यसप्रकार छ:

  1. च्व्यनराज भट्ट अर्ज्याल
  2. कूशाराज भट्ट अर्ज्याल
  3. विष्णुदास भट्ट अर्ज्याल
  4. प्रभाकर भट्ट अर्ज्याल

ठकुरी राज्य

[सम्पादन गर्नुहोस्]

बि.स. १५५० देखि इस्मा राज्यमा चन्द्रवंशी काश्यप गोत्रीय सिंह थर भएका रायठौर घरानाका राजाहरूको शासन सुरु भयो। छैठो ठकुरी राजा गोविन्दसिंह रायठौरको समयमा नेपाल एकीकरणको अभियान पश्चिममा पुगेको थियो । सोही क्रममा बहादुर शाहले चौबीसी राज्यमाथि हमलाका साथ बिजय प्राप्त गरिरहेका थिए । नेपाली सेनाले बि.सं १८४३ साल आश्विन ४ गते इस्मा राज्यमाथि हासिल गर् यो ।

  1. अंगदसिंह रावा
  2. पृथ्वीराजसिंह रावा
  3. रामराजसिंह रावा
  4. रुपसिंह रावा
  5. तिलक बिक्रम राठौर
  6. गोविन्दसिंह राठौर

पाल्पामा विलय

[सम्पादन गर्नुहोस्]

वि.सं. १८४३ आश्विन मा नेपाली र पाल्पाली संयुक्त सेनाले आक्रमण गर्‍यो । उक्त युद्धमा पुगनपुग २०० इस्माली सिपाही र ५० जना नेपाली सिपाहीहरुले ज्यान गुमाएको कुरा इतिहासकार राजाराम सुवेदीले उल्लेख गरेका छन्[] भने कतै गोरखाली फौजतर्फ ५० र इस्मालीतर्फ ५३ खड्का क्षेत्री, २२ ठकुरी र १० जना सार्की गरी ८५ जनाले वीरगति प्राप्त गरेको उल्लेख पाइन्छ (भुसाल, २०७८) । कतिपय लेखकहरुले गोरखालीसँगको युद्धमा १०० जना इस्माली सिपाही मारिएको उल्लेख गरेका छन् ।

इस्मा राज्यका अन्तिम राजा गोविन्दसिंह युद्धबाट जेनतेन उम्केर आफ्ना सन्तति लिई ससुरालीस्थल सल्यानको बडागाउँतिर गई बसोबास गरे (रामिरेज, सन् २०००) । नेपालका राजा र पाल्पाली राजाबीचको आपसी सम्झौताअनुसार इस्मा राज्यलाई पनि पाल्पाको जिम्मा लगाई सो संयुक्त फौज प्यूठानतर्फ लाग्यो (भुसाल,२०७८) ।

आर्थिक अवस्था

[सम्पादन गर्नुहोस्]

इस्माका राजाको अधीनमा समथर जग्गा थिएन। राज्यभर करीब २,५०० घरहरू थिए। राजस्व बार्षिक रु. २,००० थियो. उक्त राज्य खानीहरू थिएनन्। []

यो पनि हेर्नुहोस्

[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. Hamilton, Francis Buchanan (१८ जुलाई २०२०), The Kingdom of Nepal (अङ्ग्रेजीमा), BoD – Books on Demand, पृ: 168, आइएसबिएन 978-3-7523-2238-5
  2. टुडे, गुल्मी (२०२४-१०-०८), "इस्मा राज्यको संक्षिप्त इतिहास" (en-USमा), अन्तिम पहुँच २०२५-०१-१९
  3. "इस्मा गाउँपालिकाको संक्षिप्त परिचय", इस्मा गाउँपालिका, गाउँ कार्यपालिकाको कार्यालय
  4. 1 2 "गुल्मी", मेची देखि महाकाली, भाग ३: ७२४।
  5. सुवेदी, राजाराम (वि. सं. २०५५), गुल्मीको ऐतिहासिक झलक, साझा प्रकाशन