सामग्रीमा जानुहोस्

इस्मा राज्य

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
पाल्पा राज्य
इस्मा
वि.सं. १५५०–वि.सं. १८४३
राजधानीइस्माकोट
आम भाषाहरूखस भाषा (नेपाली),
धर्म
हिन्दु,
सरकारराजतन्त्र
राजा 
• वि.सं. १५५०
अंगदसिंह रावा (प्रथम)
• 
गोविन्दसिंह राठौर (अन्तिम)
इतिहास 
• शासन सुरु
वि.सं. १५५०
• पाल्पा राज्यमा विलय
वि.सं. १८४३
उत्तरवर्ती
पाल्पा राज्य
अचेल नेपाल

इस्मा राज्य चौबिसी राज्यको एउटा सानो राज्य यो एउटा पहाडको टुप्पोमा अवस्थित थियो । यसको राजधानी इस्माकोटमा थियो। राजधानीमा त्यहाँ लगभग २५० घर थिए।[] चार हजार कुरियाले बनेको इस्मा राज्यका चौबीस मौजा हुनाले चौबीस मौजा इस्मा पनि भनिन्थ्यो । पूर्वमा मुसीकोटको सिमाना, पश्चिममा अग्लुङको उकालोदेखि झिमरुक खोलासम्म, उत्तरमा बाग्लुङको ग्वालीचौर र दक्षिणमा धुर्कोट राज्यको सिमानासम्म इस्मा राज्य फैलिएको थियो ।[]

चौबिसे राज्यहरु अन्तरगत इस्मा प्रारम्भमा ७०० कुरिया र २४ मौजाले बनेको थियो । शुरुवाती समयमा यस राज्यमा अर्याल जातिको शासन रहेको थियो भने गोरखा राज्यमा विलय हुनुपूर्व ठकुरी जातिको शासन रहेको इतिहासमा पाउन सकिन्छ । इस्मा राज्य वि.सं. १८४३ साल असोज ४ गते गोरखा सँगको लडाइमा पराजित भएपछि पाल्पा राज्यमा विलय भएको थियो ।[] राजा गोविन्द सिंह स्वयं लडेका थिए तर विजय नहुने देखेर सल्यान तिर भागे।[]

अर्ज्याल राज्य

[सम्पादन गर्नुहोस्]

भट्ट पद धारण गरेका अर्ज्याल ब्राहमणहरुले राज्य साचालनको कार्य गर्दै आएका थिए। राजा प्रभाकर निसन्तान भएकै कारणले उनले त्यती बेलाको शक्तिशाली र प्रसिद्ध राज्य गुल्मी चारपालामा भारतको कर्णाटक राज्यबाट आई राजनितिक शरण लि बसेका सुरथसिंह नामक राजपुतलाई धर्मपुत्र बनाई शिक्षा दिक्षा र मन्त्रदान समेत गरे । यिनै सुरथसिंह लाई अङ्गदसिंह रावा भन्ने पद दिई इस्मा राज्यको सम्पूर्ण कार्यभार सुम्पे।

अर्याल राजाहरूको नामावली यसप्रकार छ:

  1. च्व्यनराज भट्ट अर्ज्याल
  2. कूशाराज भट्ट अर्ज्याल
  3. विष्णुदास भट्ट अर्ज्याल
  4. प्रभाकर भट्ट अर्ज्याल

ठकुरी राज्य

[सम्पादन गर्नुहोस्]

बि.स. १५५० देखि इस्मा राज्यमा चन्द्रवंशी काश्यप गोत्रीय सिंह थर भएका रायठौर घरानाका राजाहरूको शासन सुरु भयो। छैठो ठकुरी राजा गोविन्दसिंह रायठौरको समयमा नेपाल एकीकरणको अभियान पश्चिममा पुगेको थियो । सोही क्रममा बहादुर शाहले चौबीसी राज्यमाथि हमलाका साथ बिजय प्राप्त गरिरहेका थिए । नेपाली सेनाले बि.सं १८४३ साल आश्विन ४ गते इस्मा राज्यमाथि हासिल गर् यो ।

  1. अंगदसिंह रावा
  2. पृथ्वीराजसिंह रावा
  3. रामराजसिंह रावा
  4. रुपसिंह रावा
  5. तिलक बिक्रम राठौर
  6. गोविन्दसिंह राठौर

पाल्पामा विलय

[सम्पादन गर्नुहोस्]

वि.सं. १८४३ आश्विन मा नेपाली र पाल्पाली संयुक्त सेनाले आक्रमण गर्‍यो । उक्त युद्धमा पुगनपुग २०० इस्माली सिपाही र ५० जना नेपाली सिपाहीहरुले ज्यान गुमाएको कुरा इतिहासकार राजाराम सुवेदीले उल्लेख गरेका छन्[] भने कतै गोरखाली फौजतर्फ ५० र इस्मालीतर्फ ५३ खड्का क्षेत्री, २२ ठकुरी र १० जना सार्की गरी ८५ जनाले वीरगति प्राप्त गरेको उल्लेख पाइन्छ (भुसाल, २०७८) । कतिपय लेखकहरुले गोरखालीसँगको युद्धमा १०० जना इस्माली सिपाही मारिएको उल्लेख गरेका छन् ।

इस्मा राज्यका अन्तिम राजा गोविन्दसिंह युद्धबाट जेनतेन उम्केर आफ्ना सन्तति लिई ससुरालीस्थल सल्यानको बडागाउँतिर गई बसोबास गरे (रामिरेज, सन् २०००) । नेपालका राजा र पाल्पाली राजाबीचको आपसी सम्झौताअनुसार इस्मा राज्यलाई पनि पाल्पाको जिम्मा लगाई सो संयुक्त फौज प्यूठानतर्फ लाग्यो (भुसाल,२०७८) ।

आर्थिक अवस्था

[सम्पादन गर्नुहोस्]

इस्माका राजाको अधीनमा समथर जग्गा थिएन। राज्यभर करीब २,५०० घरहरू थिए। राजस्व बार्षिक रु. २,००० थियो. उक्त राज्य खानीहरू थिएनन्। []

यो पनि हेर्नुहोस्

[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. Hamilton, Francis Buchanan (१८ जुलाई २०२०), The Kingdom of Nepal (अङ्ग्रेजीमा), BoD – Books on Demand, पृ: 168, आइएसबिएन 978-3-7523-2238-5 
  2. टुडे, गुल्मी (२०२४-१०-०८), "इस्मा राज्यको संक्षिप्त इतिहास" (en-USमा), अन्तिम पहुँच २०२५-०१-१९ 
  3. "इस्मा गाउँपालिकाको संक्षिप्त परिचय", इस्मा गाउँपालिका, गाउँ कार्यपालिकाको कार्यालय 
  4. ४.० ४.१ "गुल्मी", मेची देखि महाकाली, भाग ३: ७२४। 
  5. सुवेदी, राजाराम (वि. सं. २०५५), गुल्मीको ऐतिहासिक झलक, साझा प्रकाशन