सामग्रीमा जानुहोस्

ईन्द्रावती गाउँपालिका

ईन्द्रावती गाउँपालिका
ईन्द्रावती गाउँपालिका सिन्धुपाल्चोक जिल्ला-को अवस्थिति
ईन्द्रावती गाउँपालिका
ईन्द्रावती गाउँपालिका बागमती प्रदेश-को अवस्थिति
ईन्द्रावती गाउँपालिका
ईन्द्रावती गाउँपालिका नेपाल-को अवस्थिति
ईन्द्रावती गाउँपालिका
निर्देशाङ्क: २७°४४′ उत्तर ८५°४७′ पूर्व / २७.७३३° उत्तर ८५.७८३° पूर्व / 27.733; 85.783
देश नेपाल
प्रदेशबागमती प्रदेश
जिल्लासिन्धुपाल्चोक
स्थापित२७ फागुन २०७३
सरकार
  अध्यक्षझम्कनाथ नेपाल (नेकपा (एमाले))
  उपाध्यक्षशोभना तामाङ (नेकपा (एमाले))
क्षेत्रफल
  जम्मा१०५.०९ किमी (४०.५८ वर्ग माइल)
जनसङ्ख्या
  जम्मा२५,३६५
  घनत्व२४०/किमी (६३०/वर्ग माइल)
समय क्षेत्रयुटिसी+५:४५ (नेपाली समय)
क्षेत्रीय सङ्केत+९७७-०११
केन्द्रसाविकको नवलपुर गाविसको कार्यालय
वेबसाइटआधिकारिक वेबसाइट

ईन्द्रावती गाउँपालिका सिन्धुपाल्चोक जिल्लाको ९ गाउँपालिकाहरू मध्येको एक गाउँपालिका हो। गाउँपालिका धोषणा गर्दा सिपाल काभ्रे, कुन्चोक, नवलपुर, बाडेगाउँ, सिपापोखरे, भोटसिपाभीमटार गाविसहरू यसमा गाभिएका थिए। यस गाउँपालिकामा १२ वडाहरू रहेका छन्।

इन्द्रावती गाउँपालिका गाउँपालिका समुद्री सतहबाट ६५४ मिटर उँचाई देखि २८३५ मिटर सम्मको उँचाईमा अवस्थित छ । सिन्धुपाल्चोक जिल्लामा अवस्थित १०५.११ व.कि.मी. क्षेत्रफलमा फैलिएकोे यस इन्द्रावती गाउँपालिकाको उत्तरमा पाँचपोखरी थाङपाल गाउँपालिकाजुगल गाउँपालिका पश्चिमतर्फ मेलम्ची नगरपालिका, दक्षिणमा काभ्रे जिल्ला र पूर्वमा चौतारा साँगाचोकगढी नगरपालिका एवं जुगल गाउँपालिका रहेका छन्। पहाडी क्षेत्रमा पर्ने गाउँपालिकाको केही भागमा खेतियोग्य उर्वर जमिनले ओगटेको भए पनि अधिकांश भाग पहाडी भागले ओगटेको छ।

जनसङ्ख्या

[सम्पादन]

राष्ट्रिय जनगणना २०७८को जनगणना अनुसार ईन्द्रावती गाउँपालिकाको कुल जनसङ्ख्या २५,३६५ रहेको छ भने यहाँ ६,७८० घरधुरी रहेका छन्।[]

इन्द्रावती गाउँपालिकाको वडागत विवरण
नयाँ वडासमावेश गाविसहरूजनसङ्ख्याक्षेत्रफल (वर्ग कि.मी.)जनघनत्व (प्रति वर्ग कि.मी.)
सिपाल काभ्रे१,९९६१८.३६१०८.७१
कुन्चोक (१-४)२,४०८६.९८३४४.९९
कुन्चोक (५-९)१,३६२७.०८१९२.३७
नवलपुर३,२५६१६.६७१९५.३२
बाडेगाउँ (४, ६-९)२,६२२११.४२२२९.६०
बाडेगाउँ (१-३, ५)१,६०२८.६६१८४.९९
सिपापोखरे (१, ४-८)१,५०६४.७३३१८.३९
सिपापोखरे (२, ३, ९)१,६३८५.७९२८२.९०
भोटसिपा (१-४)१,४२८५.८२२४५.३६
१०भोटसिपा (५-९)२,४४९८.८१२७७.९८
११भीमटार (१,९)१,८४०३.५३५२१.२५
१२भीमटार (२-८)३,२५८७.३३४४४.४७
जम्मा२५,३६५१०५.०९२४१.३६

सन्दर्भ सामग्रीहरू

[सम्पादन]
  1. "स्थानीय तह निर्वाचन २०७९" (नेपालीमा), कान्तिपुर दैनिक, अन्तिम पहुँच ०९ साउन २०८१
  2. 1 2 "जनसङ्ख्याको आकार र वितरण", राष्ट्रिय जनगणना २०७८ (नेपालीमा), राष्ट्रिय तथ्याङ्क कार्यालय, अन्तिम पहुँच २९ जेठ २०८१

बाह्य कडीहरू

[सम्पादन]