ईन्द्रावती गाउँपालिका
ईन्द्रावती गाउँपालिका | |
|---|---|
| निर्देशाङ्क: २७°४४′उ ८५°४७′पू / 27.733°N 85.783°E | |
| देश | |
| प्रदेश | बागमती प्रदेश |
| जिल्ला | सिन्धुपाल्चोक |
| स्थापित | २७ फागुन २०७३ |
| सरकार | |
| • अध्यक्ष | झम्कनाथ नेपाल (नेकपा (एमाले)) |
| • उपाध्यक्ष | शोभना तामाङ (नेकपा (एमाले)) |
| क्षेत्रफल | |
| • जम्मा | १०५.०९ किमी२ (४०.५८ वर्ग माइल) |
| जनसङ्ख्या | |
| • जम्मा | २५,३६५ |
| • घनत्व | २४०/किमी२ (६३०/वर्ग माइल) |
| समय क्षेत्र | युटिसी+५:४५ (नेपाली समय) |
| क्षेत्रीय सङ्केत | +९७७-०११ |
| केन्द्र | साविकको नवलपुर गाविसको कार्यालय |
| वेबसाइट | आधिकारिक वेबसाइट |
ईन्द्रावती गाउँपालिका सिन्धुपाल्चोक जिल्लाको ९ गाउँपालिकाहरू मध्येको एक गाउँपालिका हो। गाउँपालिका धोषणा गर्दा सिपाल काभ्रे, कुन्चोक, नवलपुर, बाडेगाउँ, सिपापोखरे, भोटसिपा र भीमटार गाविसहरू यसमा गाभिएका थिए। यस गाउँपालिकामा १२ वडाहरू रहेका छन्।
इन्द्रावती गाउँपालिका गाउँपालिका समुद्री सतहबाट ६५४ मिटर उँचाई देखि २८३५ मिटर सम्मको उँचाईमा अवस्थित छ । सिन्धुपाल्चोक जिल्लामा अवस्थित १०५.११ व.कि.मी. क्षेत्रफलमा फैलिएकोे यस इन्द्रावती गाउँपालिकाको उत्तरमा पाँचपोखरी थाङपाल गाउँपालिका र जुगल गाउँपालिका पश्चिमतर्फ मेलम्ची नगरपालिका, दक्षिणमा काभ्रे जिल्ला र पूर्वमा चौतारा साँगाचोकगढी नगरपालिका एवं जुगल गाउँपालिका रहेका छन्। पहाडी क्षेत्रमा पर्ने गाउँपालिकाको केही भागमा खेतियोग्य उर्वर जमिनले ओगटेको भए पनि अधिकांश भाग पहाडी भागले ओगटेको छ।
जनसङ्ख्या
[सम्पादन गर्नुहोस्]राष्ट्रिय जनगणना २०७८को जनगणना अनुसार ईन्द्रावती गाउँपालिकाको कुल जनसङ्ख्या २५,३६५ रहेको छ भने यहाँ ६,७८० घरधुरी रहेका छन्।[२]
सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ "स्थानीय तह निर्वाचन २०७९" (नेपालीमा), कान्तिपुर दैनिक, अन्तिम पहुँच ०९ साउन २०८१।
- ↑ २.० २.१ "जनसङ्ख्याको आकार र वितरण", राष्ट्रिय जनगणना २०७८ (नेपालीमा), राष्ट्रिय तथ्याङ्क कार्यालय, अन्तिम पहुँच २९ जेठ २०८१।
बाह्य कडीहरू
[सम्पादन गर्नुहोस्]- आधिकारिक वेबसाइट वेब्याक मेसिन अभिलेखिकरण २०२४-०८-०७ मिति