इराक
स्वरूप
(ईराकबाट अनुप्रेषित)
गणतन्त्र इराक جمهورية العراق Ǧumhūriyyat al-ʿIrāq كؤماری عێراق Komara Îraqê | |
---|---|
राजधानी | बगदाद |
सबैभन्दा ठुलो सहर | capital |
आधिकारिक भाषाहरू | Arabic, Kurdistani language |
रैथाने(हरू) | इराकी |
सरकार | Federal parliamentary republic |
स्वतन्त्र | |
• from the Ottoman Empire | १ अक्टोबर १९१९ |
• from the United Kingdom | ३ अक्टोबर १९३२ |
• Republic | १४ जुलाइ १९५८ |
१५ अक्टोबर २००५ | |
क्षेत्रफल | |
• जम्मा | ४,३८,३१७ किमी२ (१,६९,२३५ वर्ग माइल) (५० औंं) |
• पानी (%) | १.१ |
जनसङ्ख्या | |
• २००९ अनुमानित | ३१,२३४,०००[१] (३९ औंं) |
• घनत्व | ७१.५ /किमी2 (१८५.२ /वर्ग माइल) (१२५ औंं) |
कुल ग्राहस्थ उत्पादन (क्रय शक्ति समता) | २०१० लगत |
• जम्मा | $११३.३६६ विलियन [१] |
• प्रति व्यक्ति | $३,५३७[१] |
कुल ग्राहस्थ उत्पादन (साङ्केतिक) | २०१० लगत |
• जम्मा | $८२.१५० विलियन[१] |
• प्रति व्यक्ति | $२,५६२[१] |
मुद्रा | इराकी दिनार (IQD) |
समय क्षेत्र | अन्तर्राष्ट्रिय प्रमाणिक समय+३ (GMT+3) |
• ग्रीष्मकालीन (दिवाप्रकाश समय बचत) | अन्तर्राष्ट्रिय प्रमाणिक समय+३ (not observed) |
सडक प्रयोग | दायाँ |
टेलिफोन कोड | ९७४ |
इन्टरनेट डोमेन | .iq |
जनसङ्ख्या
[सम्पादन गर्नुहोस्]इतिहास
[सम्पादन गर्नुहोस्]मिति | घटनाक्रम |
---|---|
सन् १५३४–१९१८ | इराकमा अटोमन साम्राज्यको शासन । |
सन् १८९९ | अटोमन सरकारद्वारा इस्तानबुल–बगदाद रेलवे निर्माणको अधिकार जर्मनीलाई प्रदान। पश्चिम एसियामा युरोपली औपनिवेशिक आकांक्षाको बीजारोपण। |
सन् १९१४–१९१८ | पहिलो विश्वयुद्ध । इराकको अधिकांश भू–भाग बेलायतको कब्जामा। |
सन् १९१६ | बेलायत उक्साहटमा अरब मुलुकहरूद्वारा अटोमन शासन विरुद्ध विद्रोह। |
सन् १९१९ | प्रथम विश्वयुद्धको समाप्ति। पेरिस सन्धिद्वारा बेलायतलाई इराकमा शासन गर्ने अधिकार प्रदान। |
सन् १९२० | बेलायती आधिपत्यको विरोधमा इराकको असफल विद्रोह। |
सन् १९२१ | बेलायतद्वारा फैजललाई इराकको राजा नियुक्त। |
सन् १९२२ | पहिलो बेलायत–इराक सन्धि । इराकद्वारा तेल र विदेश नीतिमाथि लण्डनको औपचारिक नियन्त्रण स्वीकार । |
सन् १९२३ | कुर्दिसहरूको बाहुल्य भएको उत्तरको भूभाग इराकमै समाविष्ट । |
सन् १९२४ | इराकी संसदको पहिलो बैठक । |
सन् १९३० | इराक–बेलायतबीच नयाँ सन्धि । शासनमा बेलायतको आधिपत्य । |
सन् १९३२ | औपचारिक रूपमा इराक स्वतन्त्र राष्ट्रमा परिणत । ‘लीग अफ नेशन्स’ को सदस्यता ग्रहण । तर, विदेश मामिलामा बेलायतको नियन्त्रण कायम । |
सन् १९३३ | आधुनिक इराकका प्रथम राजा फैजलको निधन । २१ वर्षीय छोरा घाजी नयाँ राजा घोषित । |
सन् १९३६ | अरबको आधुनिक इतिहासमा पहिलो सैनिक विद्रोह, राजा घाजी विद्रोहीको पक्षमा । |
सन् १९३९ | सवारी दुर्घटनामा राजा घाजीको मृत्यु । गद्दीमा शिशु फैजल द्वितीय । |
सन् १९३९–१९४५ | दोस्रो विश्वयुद्ध । बेलायतसँगको सन्धिका कारण इराकद्वारा नाजी जर्मनीसँग सम्बन्धविच्छेद । |
सन् १९४० | सत्तामा राष्ट्रवादी रशिद अलीको सरकार । |
सन् १९४१ | रशिद अलीद्वारा सैनिक विद्रोह । र, इराकमा बेलायती सैनिक अधिकार कटौती । बेलायतद्वारा आक्रमण र आधिपत्य पुनस्र्थापना । |
सन् १९४८ | पोर्ट्समाउथ सन्धिद्वारा बेलायतलाई इराकको सैन्य शक्ति नियन्त्रण गर्ने थप अधिकार । |
सन् १९४८ | बेलायतको बढ्दो आधिपत्य विरुद्ध जन–विद्रोह । इराकद्वारा पोर्ट्समाउथ सन्धि मान्न अस्वीकार । |
सन् १९५२ | आन्तरिक नियन्त्रण र नयाँ पाइपलाइन जडानका कारण तेलबाट हुने आम्दानीमा उल्लेख्य वृद्धि । |
सन् १९५५ | ‘प्रो–वेष्ट बगदाद प्याक्ट’ (सम्झैता) मा इराकको प्रवेश । नागरिक असन्तुष्टिमा वृद्धि । |
सन् १९५६ | स्वेज संकट नहरमा बेलायत–फ्रान्स र इजरायलको संयुक्त आक्रमण । इराकी जनता झ्न् क्रुद्ध । |
सन् १९५८ | सैनिक विद्रोहद्वारा राजतन्त्र समाप्त । अब्द अल करिम कासिम शासनमा । |
सन् १९६०–६१ | कासिमद्वारा कम्युनिष्टहरूको दमन । |
सन् १९६१ | उत्तरी क्षेत्रमा सरकार र कुर्द विद्रोहीहरूबीच लडाइँ सुरु । |
सन् १९६१ | इरानले ओगटेका तटीय क्षेत्रहरू र कुवेत इराकको अङ्ग भएको कासिमको दावी । |
सन् १९६३ | बाथ पार्टीद्वारा गरिएको विद्रोहमा कासिम अपदस्थ । |
सन् १९६३ | सैनिक विद्रोहद्वारा तत्कालै वाथ पार्टी पनि सत्ताच्यूत । |
सन् १९६४ | कुर्द विद्रोही र सरकारबीच युद्धविराम । एक वर्ष नबित्दै फेरि युद्ध शुरू । |
सन् १९६५ | प्रधानमन्त्री आरिफ अब्द अर रज्जाकको विद्रोह असफल । |
सन् १९६६ | हेलिकप्टर दुर्घटनामा राष्ट्रपति आरिफको मृत्यु, उनको भाइमा सत्ता हस्तान्तरण । |
सन् १९६७ | (छ दिने युद्ध) इजिप्ट, सिरिया र जोर्डनमाथि इजरायलको भीषण हमला । |
सन् १९६८ | विद्रोहमार्फत पुन वाथ पार्टी सत्तामा । अहमद हसन अल बाखर नयाँ राष्ट्रपति । |
सन् १९७० | नयाँ सरकार र कुर्दबीचको शान्ति सम्झैता पुनः भङ्ग । |
सन् १९७३ | वाथ पार्टीभित्रैबाट सरकार विरुद्ध विद्रोहको प्रयास । |
सन् १९७५ | इराक र इरानबीच सहयोग सम्झैता सम्पन्न । |
सन् १९७९ | इरानमा क्रान्ति । इरानको सत्तामा कट्टरपन्थी शिया मुल्लाहहरूको पकड । |
सन् १९७९ | वृद्ध वाखरको अवकाश । इराकको नेतृत्व सद्दाम हुसेनको हातमा । |
सन् १९८० | इरानमा कट्टरपन्थीहरूको बढ्दो दवदवाबाट चिन्तित इराकद्वारा इरानमाथि हमला । |
सन् १९८०–१९८८ | इरान–इराक युद्धमा हजारौँको मृत्यु । इराकमाथि कुर्द नागरिक र इरानी सेनाविरुद्ध रासायनिक हतियार प्रयोग गरेको आरोप । |
सन् १९९० | कुवेतमा इराकको धावा । साउदी अरबमा अमेरिकी सेनाको अखाडा स्थापना । |
सन् १९९१ | संयुक्त राष्ट्रसंघको समर्थन र अमेरिकाको नेतृत्वमा बहुराष्ट्रिय सेनाद्वारा इराकमाथि जवाफी कारवाही । कुवेतबाट इराकी सेना फिर्ता । । अप्रिल १९९१ मा भएको युद्धविराम सन्धिअनुसार इराकले आफूसँग भएका जैविक, रासायनिक र आणविक हतियारहरूबाट नष्ट गर्नुपर्ने । |
सन् १९९१–१९९८ | राष्ट्र सङ्घीय टोलीद्वारा इराकको शस्त्र भण्डार निरीक्षण गर्ने प्रयास । इराकद्वारा असहयोग र अन्ततः शस्त्र निरीक्षकहरूलाई देश निकाला ।
लामो विवाद र दबावपछि गत वर्ष हान्स ब्लिक्सको नेतृत्वमा पुनः हतियार निरीक्षण कार्यको थालनी । २० मार्च २००३ मा अमेरिकी र बेलायती सेनाले आक्रमण गर्ने अघिल्लो दिनसम्म निरीक्षण जारी । |
सन् १९९६ | सद्दाम हुसेन विरुद्ध सीआईएको सहयोगमा भएको विद्रोह विफल । |
सन् २००१ | ११ सेप्टेम्बरको आक्रमणपछि सुरक्षालाई लिएर अमेरिकामा व्यापक चिन्ता । |
सन् २००२ सेप्टेम्बर–मार्च २००३ | इराकलाई निःशस्त्रीकरण गर्ने विषयमा राष्ट्र सङ्घ सुरक्षापरिषद्मा ६ महिनासम्म वार्ता र छलफल । अमेरिकी युद्ध योजना रोक्न तथा उसलाई इराकमाथि आक्रमण गर्ने अधिकार प्रदान गर्ने सहमतिमा पुग्न परिषद् असफल । |
सन् २००३ २० मार्चः | अमेरिकी, बेलायती र अष्ट्रेलियाली सैन्यबलद्वारा इराकमा चौतर्फी हमला शुरु । |
सन् २००५ जनवरी | हमला पछि इराकमा पहिलो निर्वाचन, अक्टोबरमा नयाँ संविधान जारी |
सन् २००६ | सद्दाम हुसेनलाई फाँसी |
सन् २०१७ सेप्टेम्बर | कुर्दिस स्वतन्त्रताको लागि लिएर इराकमा जनमत सङ्ग्रह। स्वतन्त्रताको पक्षमा ९२% मतदान। बग्दादको सङ्घीय सरकार द्वारा जनमत संग्रहलाई अवैधानिक घोषणा । |
सन् २०१८ | भ्रष्टाचार, बेरोजगारी लाई लिएर इराकमा प्रदर्शन सुरु, २०१९को अन्तसम्ममा हिंस्रक प्रदर्शनमा रुपान्तरण । |
भूगोल
[सम्पादन गर्नुहोस्]राज्यनीति
[सम्पादन गर्नुहोस्]अर्थतन्त्र
[सम्पादन गर्नुहोस्]धर्म
[सम्पादन गर्नुहोस्]जीवनशैली
[सम्पादन गर्नुहोस्]अरु सम्बन्धित विषयहरू
[सम्पादन गर्नुहोस्]सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]बाह्य कडीहरू
[सम्पादन गर्नुहोस्]विकिमिडिया कमन्समा इराक सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्।