ईशान
| ईशान | |
|---|---|
उत्तर-पूर्व (ईशान) दिशाका अधिपति[१] | |
| आबद्ध | शिव, देव |
| लिङ्ग | पुरुष |
| रानी | छिन्नमस्ता |
ईशान एक हिन्दु देवता र उत्तर-पूर्व दिशाका दिक्पाल हुन्। उनलाई प्रायः भगवान शिवका स्वरूपहरू मध्ये एक मानिन्छ,[२][३] र प्रायः एघार रुद्रहरू मध्ये एकमा गणना गरिन्छ।[३] उनको उपासना हिन्दु,[४][२][५] बौद्धका केही सम्प्रदाय[६] र जैन धर्ममा[७] गरिन्छ। वास्तु शास्त्रमा, जग्गाको उत्तर-पूर्वी कुनालाई "ईशान कोण" भनिन्छ।[८] ईशानले संहार भैरवसँग पनि गुणहरू साझा गर्छन् र त्यसैले उनलाई अष्ट भैरवको एक अंश मानिन्छ।
प्रतिमा लक्षण
[सम्पादन गर्नुहोस्]ईशानलाई तीनवटा आँखा भएका, शान्त स्वरूप र श्वेत (सेतो) वर्णका, सेतो कपडा र बाघको छाला पहिरिएका देवताको रूपमा वर्णन गरिएको छ।[९] उनको शिरमा जटा-मुकुट र त्यसको माथि अर्ध चन्द्रमा राखिएको हुनुपर्छ।[९] उनी सेतो साँढे (नन्दी) मा सवार भएको वा सामान्य रूपमा पद्मासनमा बसेका हुन्छन् यद्यपि साँढेमा विराजमान भएको स्वरूपलाई बढी प्राथमिकता दिइन्छ।[९]
यदि उलाई दुईवटा हात भएको देखाइन्छ भने, ती हातहरूले त्रिशूल र खप्पर लिएको देखाइन्छ वा एउटा हात (सामान्यतया देब्रे) 'वरदमुद्रा' मा हुनसक्छ; तर, यदि उनका चारवटा हात छन् भने, अगाडिका दुई हातहरू वीणा बजाइरहेको अवस्थामा र अन्य हातहरू 'वरद' र 'अभयमुद्रा' मा हुनुपर्छ।[९] गोपीनाथ रावले यो विवरण गलत हुन सक्ने सुझाव दिएका छन्, किनकि वीणा अगाडिका दुई हातले मात्र समात्नुपर्छ, जबकि ती हातहरू अनिवार्य रूपमा वरद र अभय मुद्रामा हुनुपर्ने हुन्छ।[९]
जब अन्य पञ्चब्रह्महरूसँग लिङ्गको रूपमा प्रतिनिधित्व गरिन्छ, उनको अनुहार (जुन नकुँदिएको हुनसक्छ) माथितर्फ फर्केको हुन्छ।[१०] लिङ्ग पुराणको एउटा श्लोकले ईशानलाई तीनवटा खुट्टा, सातवटा हात, चारवटा सिङ र दुईवटा टाउको भएको रूपमा वर्णन गरेको छ[११] भने शिव पुराणको एउटा श्लोकमा उनलाई "शुद्ध स्फटिक जस्तै" वर्णन गरिएको छ।[१२]
हिन्दु धर्ममा
[सम्पादन गर्नुहोस्]लिङ्ग पुराण
[सम्पादन गर्नुहोस्]लिङ्ग पुराणको एउटा श्लोकले ईशानलाई "सबैका सर्वव्यापी प्रभु" को रूपमा वर्णन गरेको छ।[१३] अर्को श्लोकमा, ईशानको मूर्ति बनाउने व्यक्ति "विष्णुको लोकमा सम्मानित हुने" भनिएको छ।[११] एउटा श्लोकमा उनले बञ्चरो समातेको भनिएको छ[१४] भने अर्कोमा उनलाई त्रिशूल धारण गरेको चित्रण गरिएको छ।[१५] ईशानलाई हरेक प्राणीमा 'वाक् इन्द्रिय' (बोल्ने अङ्ग) को रूपमा स्थित रहेको वर्णन गरिएको छ।[१६]
यस पुराणमा ईशानलाई दक्ष यज्ञमा उपस्थित देवताहरू मध्ये एकको रूपमा उल्लेख गरिएको छ, जसलाई वीरभद्रले आक्रमण गरेका थिए।[१७] उनलाई पार्वती र शिवको स्वयम्वरमा सहभागी भएको पनि वर्णन गरिएको छ।[१८]
सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ "Ishana, Īśānā, Īṣaṇa, Īsāna, Isana, Īśāna: 39 definitions", १२ अप्रिल २००९।
- 1 2 Gopinatha Rao, T. A. (१९१६), Elements Of Hindu Iconography, Vol. II Part II, पृ: 537।
- 1 2 Apte, Vaman Shivram (१९६५), The Practical Sanskrit-English Dictionary (Fourth Revised and Enlarged संस्करण), Motilal Banarsidass, पृ: २५२, आइएसबिएन 0-89581-171-5।
- ↑ Gopinatha Rao, T. A. (१९१६), Elements Of Hindu Iconography, Vol. II Part II, पृ: 515।
- ↑ Marie, Stella (9 March 2009). "4". The Significance of the Mūla Beras in the Hindu Temples of Tamil Nadu: With Special Reference To Bharatanatyam and Hindu Iconography (PhD). Bharathidasan University. https://hdl.handle.net/10603/5089. अन्तिम पहुँच मिति: 9 August 2021.
- ↑ English, Elizabeth (२००२-०६-१५), Vajrayogini: Her Visualization, Rituals, and Forms (अङ्ग्रेजीमा), Wisdom Publications, पृ: 313, 142, आइएसबिएन 978-0-86171-329-5।
- ↑ Bhattacharya, B. C. (१९३९), The Jaina Iconography (1939), Motilal Banarsidass, पृ: 115।
- ↑ Acharya, Prasanna Kumar (१९३४), Architecture Of Manasara Vol.5, पृ: 39।
- 1 2 3 4 5 Gopinatha Rao, T. A. (१९१६), Elements Of Hindu Iconography, Vol. II Part II, पृ: 537–538।
- ↑ "Five Powers of Siva : Sadasiva in the Agama Scriptures", Hinduism Today (Kapaa, Hawaii: Himalayan Academy): ५१, जुलाई २०१२, मूलबाट २५ सेप्टेम्बर २०१७-मा सङ्ग्रहित, अन्तिम पहुँच १० अगस्ट २०२१।
- 1 2 Shastri, J.L. (१९५१), Linga Purana - English Translation - Part 1 of 2, Motilal Banarsidass, पृ: 374।
- ↑ J.L.Shastri (१९५०), Siva Purana - English Translation - Part 4 of 4, Motilal Banarsidass, पृ: 2036।
- ↑ Shastri, J.L. (१९५१), Linga Purana - English Translation - Part 1 of 2, Motilal Banarsidass, पृ: 55।
- ↑ Shastri, J.L. (१९५१), Linga Purana - English Translation - Part 1 of 2, Motilal Banarsidass, पृ: 421।
- ↑ Shastri, J.L. (१९५१), Linga Purana - English Translation - Part 2 of 2, Motilal Banarsidass, पृ: 564।
- ↑ J.L.Shastri (१९५१), Linga Purana - English Translation - Part 2 of 2, पृ: 652।
- ↑ Shastri, J.L. (१९५१), Linga Purana - English Translation - Part 2 of 2, Motilal Banarsidass, पृ: 556।
- ↑ J.L.Shastri (१९५१), Linga Purana - English Translation - Part 2 of 2, Motilal Banarsidass, पृ: 563।