ईशा फाउन्डेशन

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

जग्गी वासुदेव सद्गुरुद्वारा स्थापित ईशा फाउन्डेशन एक लाभरहित मानव सेवा संस्था हो जो मानिसहरूको शारीरिक मानसिक एवं आन्तरिक कुशलताको लागि समर्पित छ । यस फाउन्डेशनलाई दुइ लाख पचास हजार भन्दा धेरै स्वयंसेवि हरूबाट चलाइन्छ । यसको मुख्यालय ईशा योग केन्द्र कोयम्बटुर मा छ । ग्रीन ह्यान्ड परियोजना ईशा फाउन्डेशन को पर्यावरण सम्बन्धी प्रस्ताव हो । पुरै तमिलनाडु मा लगभग १६ करोड रुखहरु रोप्ने, परियोजनाको घोषित लक्ष्य हो । अहिलेसम्म ग्रीन ह्यान्ड परियोजनाले तमिलनाडु र पुदुच्चेरी मा १८०० भन्दा अधिक समुदायमा २० लाख भन्दा धेरै मानिसहरूबाट ८२ लाख वृक्षारोपणको आयोजना गरेको छ । यस संगठनले १७ अक्टोबर २००६ मा तमिलनाडु का २७ जिल्लामा एकसाथ ८.५२ लाख वृक्षारोपण गरेर गिनीज वल्र्ड रेकर्ड बनाएको थियो । पर्यावरण सुरक्षाको लागि गरिएको यस महान् कार्यको लागि यसलाई वर्ष २००८ मा इन्दिरा गान्धि पर्यावरण पुरस्कार दिइएको थियो । वर्ष २०१७ मा अध्यात्मको लागि यसलाई पद्मविभूषणबाट पनि सम्मान गरिएको थियो । अहिले रेली फर रिभर नामक अभियान नदि संरक्षका लागि यस फाउन्डेशनले चलाइरहेको छ ।

ईशा योग केन्द्र[सम्पादन गर्नुहोस्]

ईशा योग केन्द्र, ईशा फाउन्डेशन को संरक्षणमा स्थापित संस्था हो । यो बेलिंगिरि पर्वत को तराईमा १५० एकड को हराभरा भूमि मा स्थित छ । घना वन ले घेरिएको ईशा योग केन्द्र नीलगिरि जीवमन्डल को एक हिस्सा हो, जहाँ भरपूर वन्य जीवन छ । आन्तरिक विकासका लागि बनाइएको यो शक्तिशाली स्थान योग का चार मुख्य मार्ग ज्ञान, कर्म, क्रिया र भक्ति लाई सम्पूर्ण मानव समक्ष पुर्याउनको लागि तत्पर र अर्पित छ । यसको परिसरमा ध्यानलिंग योग मन्दिरको प्राण प्रतिष्ठा गरिएको छ ।

यो पनि हेर्नुहोस्[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]