कमल संघर्ष

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
(ई.पू. ५०७ बाट पठाईएको)
Jump to navigation Jump to search


कमल संघर्ष, जन्म : २०५१/०६/२९ राष्ट्रियता: नेपाली शिक्षा: स्नातक सक्रियता : कवि, गजलकार चिनारीको कारण :सहित्य

कमल संघर्ष (कमल प्रसाद भण्डारी )[१][सम्पादन गर्ने]

जन्मः २०५१ साल असाेज २९[सम्पादन गर्ने]

स्रोत[सम्पादन गर्ने]


कमल संघर्षकाे जन्म ठुलासैन, अछाममा भएकाे हाे । पिता भुमिराज भण्डारी र माता अमृता देवी भण्डारीकाे काेखबाट २०५१ साल, असाेज २९ गते जन्मिएका कमल प्रसाद भण्डारी नेपाली साहित्यमा कमल संघर्षका नामले चिनिन्छन् । संघर्षकाे 'सडक' गजलसङ्ग्रह (२०७३) प्रकाशित छ। उनी जाेगमाया गजल पुरस्कार (२०७४), अन्तरराष्ट्रिय नेपाली गजल प्रतियाेगिता (२०७१) प्रथम लगायतका पुरस्कार बाट पुरुस्कृत भइसकेका छन । आधुनिक नेपाली गजलमा पृथक पहिचान बनाउन सफल संघर्ष सामाजिक सञ्जाल, युट्युव तथा समकालीन सञ्चारमाध्यमहरूमा चर्चित छन्।

नेपालमा आयाेजना हुने गजल मुशायराहरूमा सर्वाधिक रूचाइएका सृष्टा कमल गजलीय भावभङ्गीमा नवीन बिम्बप्रतीक, चमत्कारिक कथन शैली, रोचक र स्पष्ट वाक्य गठन अनि सघन भाव सम्प्रेषण एवम् विचार चेतनासहित नेपाली गजलमा उपस्थित छन्।

गजलमार्फत विस्मयकारी गतिशीलता प्रस्तुत गर्ने कमल संघर्ष रदिफ प्रयोगका सन्दर्भमा निक्कै सिद्धहस्त ठहर्छन्। उनका गजलमा प्रयुक्त रदिफहरू हेर्दा वा सुन्दा/पढ्दा पाठकश्रोतालाई नयाँनयाँ दिशाबाट प्रत्येक शेरहरूमा फर्किन अभिप्रेरित गर्छन्। 'मुरद्दफ' शेरहरूका हरेक काफिया, रदिफ र बाँकी शेरतत्व बीच स्वाभाविक संयोजन गरेर भाव वा विचारलाई प्रभावकारी रूपमा पूरा गर्ने संघर्ष नेपाली गजलका महत्वपूर्ण सर्जक मानिन्छन्।

उनका केही गजलहरू

आफ्नाहरु पर्छन फेला जाने बेलामा

र थपिन्छ झन झमेला जाने बेलामा

आफैसंग छुट्टिएर हिडेको छु आज

तिमी हुन्थ्यौ कुनैबेला जाने बेलामा

बा खोजी ल्याउनु छ भर नपर्नु आमा

भन्न त आँउछु भनिएला जाने बेलामा

एउटा आश हुदो रैछ एक्लो मान्छलाई

कस्ले हात हल्लाई देला जाने बेलामा

*** *** *** ******

 ऐनासँग यो दुनियाँ अन्जान भैसकेछ

हेर्दा हेर्दै जमिन, आसमान भैसकेछ

बेलुन पनि छैनन् खेलौना पनि छैनन्

त्यो पसल म जस्तै जवान भैसकेछ

गुड्दा गुड्दा जिन्दगीको गति सकियो

भिर पनि रहेन भिर, मैदान भैसकेछ

न हावा बिना बल्छ न हावामा रहन्छ

जिन्दगी सोचेर दियो हैरान भैसकेछ

मजबुरीले कमल सडकमै फुल्न थाल्यो

बस्तीमा यहि हल्ला तुफान भैसकेछ