ई.पू. ५७

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
यसमा जानुहोस्: परिचालन, खोज्नुहोस्

घटबिक्रम सम्बत को बारेमा हामीमा भएको भ्रम चिरौ कि बिक्रम सम्बत नेपालकै मौलिक सम्बत हो र यो नै विश्वकै सबैभन्दा पुरानो सम्बत हो भनेर -------[सम्पादन गर्ने]

हिमवत्खण्ड नेपाल विश्वको नैं प्राचीन सभ्यताको केन्द्रस्थल मानिन्छ । पूर्वमा ब्रम्हपुत्र, पश्चिममा हिन्दुकुश, उत्तरमा कैलास-मानसरोवर-हिमालय र दक्षिणमा गंगासम्मको भूभाग हिमवत्खण्ड हो भने गंगादेखि हिन्दमहासागरसम्मको भूभागलाई भारतखण्ड भनिन्छ । वशिष्ट ऋषिले वशिष्ट उपनिषद्मा भनेका छन्- 'भारतखण्डे उत्तरायणे, हिमालय तटे, हिमवत्खण्डे, स्वर्गभुमि र्स्वर्गभूमि ।' यही पूण्यभूमि- हिमवत्खण्ड नेपालमा जेठो संवत्कोरुपमा विक्रम सम्वत् चलिआएको छ । मीन राशि समाप्त भई मेष राशि प्रारभ्भ हुनासाथ वैशाख महिना शुरुहुन्छ । 'अथ र्सूयवंश प्रभावान्नेपाले किराँत राजन निजित्य लिच्छवि वंश प्रवर्ततेः।" अर्थात् र्सूयवंशी लिच्छवि राजाको प्रभावले किराँत राजालाई जिती लिच्छविवंश शुरुभएपछि लिच्छविवंशका पहिला राजा धर्मपाल, भूमिवर्मा विक्रमादित्य आदि उपाधिवाट पुकारिने र्सूयवंशी पराक्रमी चक्रवर्ती राजाले विशालनगर र बत्तीसपुतलीमा राजधानी स्थापना गरेर शासन गरेको बेलादेखि विक्रम संवत् चालु भएको मानिन्छ । लिच्छवि राजाले आफूलाई 'वैशालाधिपति' भनेर पशुपतिनाथको तपस्याले काशीको पनि राजा भई विश्वनाथ बाबाको मन्दिर संस्थापना गरेका केही प्रमाणहरु देवमाला वंशावली तथा हिमवत्खण्ड पुस्तकको १६२ अध्यायमा पाइन्छ । वैदिककालदेखि चल्दै आएका महिना, वार, थीतिहरु विक्रम संवत्सँगै अबद्ध हुँदै, हिमवत्खण्डका स-साना राज्यहरु सेनवंशी, बाइसी, चोबिसी तथा काठमाण्डौं उपत्यका लगायत ब्रम्हपुत्रदेखि गंगाको आसपास हुँदै उसबेला हिन्दुकुशसम्म विक्रम संवत् चलनचल्तीमा आएका प्रमाणहरु प्राप्तछन् । विक्रम संवत् लगायत इतिहासको फेरबदलमा नेपालमा चलिआएका शक संवत्, नेपाल संवत्हरु तिथिको आधारमा मात्र चलिरहेको र तिथिहरु गडबड भइरहने हुँदा शासन व्यवस्थामा असजिलो भएकाले सजिलो बनाउनको लागि चन्द्रशम्शेरले धेरै ज्योतिषीहरुको सल्लाह लिएर तीथि र बारहरुमा तलमाथि नगरी विक्रम संवत् १९६१ मेष संक्रान्ति वैशाखदेखि १ गते प्रारम्भ गरी गतेमा लेख्ने चलन चलाएका हुन् । इतिहासविद् श्री नयनाथ पौड्यालले नेपालको पुरातत्व विभाग राष्ट्रिय पुस्तकालयवाट प्रकाशित भाषा वंशावलीमा विक्रमादित्य राजा बारेमा किंवदन्तीहरु प्रस्तुत गर्दै बज्रयोगिनीवाट पारसमणी सहित आसिरवाद प्राप्त गरेको राजप्रसादको दक्षिणतर्फ(हालको नारायणहिटी) चतुमुर्ख नारायण स्थापित गरी जोडीधारा बनाई तिर्थस्थल समेत बनाई विक्रम संवत् चलाएको कुरा उल्लेख गरेका छन् । साँखु बज्रयोगिनीको मन्दिरदेखि केही माथि एक मन्दिरमा विक्रमादित्य राजाको टाउको रहेको र जस्को अध्यावधि बज्राचार्यवंशका पूजारी विक्रमादित्य राजाको टाउकाको पूजा गरेर बसेका छन् । यसबारेमा अनेकौं किम्वदन्ती छन् । विक्रमादित्यले यहाँ राज्य गरेका यो ज्वलन्त प्रमाण हो । उनैबाट काभे्र जिल्लाको नालामा उत्तरापुर राज्यको नाममा विक्रमादित्य राजाले राज्य गरेको किंवदन्ती प्रचलित छ । यसबारेमा काभ्रे नालामा विक्रमादित्यले शासन गरेको कुरा बाशुपाशाबाट काभ्रे सिन्धु वृतान्त पुस्तकमा र कविताराम श्रेष्ठले अनेकौ वेवसाइट र अन्नपूर्ण पोष्टमा लेख्नु भएकोछ । लिच्छवि शासनकालमा निर्मित हरिसिद्धि मंन्दिरमा विक्रम संवत् ७११ उल्लेख भएको वंशावली छ र विक्रम संवत् ९४५मा हरिसिद्धिनाटक मञ्चन भएको हरिसिद्धि उपपुराणमा उल्लेख छ । जयस्थिति मल्लको पालाको सुवर्ण्रापत्र मा 'विक्रम राजबर्ष १४४८ श्रीमत नेपालीकेः श्रेयोस्तु' उल्लेख छ । त्यसपछि त्यसरी नैं मल्लकालमा विक्रम संवत् चलनचल्तीमा भएको कुरा अभिलेखहरुमा प्राप्त छन् । मोरङ्गका राजा हरिश्चन्द्र सेन र बृषशेनको स्याहामोहरमा विक्रम संवत् १७१९ पौष वदी ४, मकवानपुरका राजा मानिकसेनले विक्रम संवत् १७८४ कार्तिक शुदी ७, विजैपुरमा बुद्धिकर्ण्र राईले विक्रम संवत् १८२४ नेपाली भाषामा लेखिएका कैयौं प्रमाणहरु भएको कुरा इतिहासविद् शंकरमान राजवंशीले पुरातत्व संग्रह (२०१८)मा प्रकाशित गराएका छन् । फर्पिङ्मा कनकेशरको ढोका फेरेर मुकुट चढाएको अंकित अभिलेखमा विक्रम संवत् १२९७ उल्लेख छ । गोरखाको रामेश्वर मन्दिरको रामशाहको अभिलेखमा विक्रम संवत् १६९३ उल्लेख छ । अछामको वरदादेवी मंदिरमा विक्रम संवत् १७७९ पौष उल्लेख छ । भक्तपुर दरबार नजिकैको गहिरो धाराको पश्चिमपट् भित्तामा विक्रम संवत् १७३५ र भक्तपुर दरबारको तलेजु चोकको देवद्वारको तोरणको स्वर्ण्रपट्टामा विक्रम संवत् १७४१ र भक्तपुरको डोलेश्वर महादेवको मन्दिरमा विक्रमाब्द १७६४ साथै नेपाल संवत् ८२८ माघ उल्लेख भएको र भक्तपुर राजदरबार कुमारी चोकमा जितामित्र मल्लको अभिलेखमा विक्रम संवत् १७३४ उल्लेख भएको कुरा नयनाथ पौडेललबाट अभिलेख संग्रहमा उल्लेख गरिएको छ । राजा भूपतेन्द्र मल्लले विक्रम संवत् १७६३ उल्लेख गरेको कुरा भुवनलाल प्रधानले उल्लेख गर्नु भएको र जयप्रकाश मल्लले विक्रम संवत् १८१४मा राष्ट्रनिर्माता पृथ्वीनारायण शाहलाई नेपाली भाषामा धर्मपत्र गरी दिएको कुरा इतिहासविद् नयराज पन्तले 'इतिहास संशोधनको प्रमाण प्रमेय' मा उल्लेख गर्नुभएको छ । विक्रम संवत् यसक्षेत्रको प्रचलित सम्वत्को रुपमा मानिएकाले राष्ट्रनिर्माता पृथ्वीनारायण शाहले उपत्यका विजय गरेपछि विक्रम संवत् १८२५को वसन्तपुर दरबारको अभिलेखमा- 'राजा पृथ्वीनाराण शाहको बंश गुहृयेकाली र पशुपतिका दुई पाउका धुलाका प्रसादले स्थिर भइरहोस्' भनेर विक्रम संवत् १८२५ उल्लेख गरेका थिए । जंगबहादुरले मुलुकी ऐनलाई संग्रह गरी त्यसमा विक्रम संवत् १९१०नैं उल्लेख भएको छ । इतिहासकार दिनेशराज पन्तले 'राजीवलोचन जोशीका बराज्यू' नामक पुस्तकमा विक्रम विक्रम संवत् १७२१मा लमजुङमा वीर्रमर्दन शाह राजा थिए र विक्रम संवत् १७४१मा लमजुङमा केहरिनारायण शाह राजा थिए । केहरिनारायणका नाती वीर्रमर्दन शाह हुन् । विक्रम संवत् १७९६मा पृथ्वीनारायण शाहसँग चेपेघाटमा सन्धि गर्ने लमजुङे राजा रिपुमर्दन शाह हुन् भनी (पूणिर्मा १० पूर्णाङ्कको ३९) उल्लेख गर्दै विक्रम संवत् १७२१ मा वीर्रमर्दन शाहका दरबारमा जोतिषी काम गरी विर्ता वितलप रागिनासमा पार्इर्र्बस्याका सदानन जोशी हुन् भनेर उसबेलामा विक्रम संवत् चलनचल्तीमा लोकप्रिय भएको कुरा उल्लेख छ । तर, कतिपय नेपालकै इतिहासकारहरुले विक्रम संवत् नेपालको होइन । यसको उठान भारतको उज्जयनीवाट भएको हो, भनेका छन् । इतिहास शिरोमणी बाबुराम आचार्यले लेख्नुभएको छ- 'जुनसमयर् इशापुर्व ५७ बर्षा यो संवत्को उठान भएको थियो उससमयमा उज्जयनीमा राजा विक्रमादित्यको अस्तित्व देखिँदैन । उज्जयिनीका खण्डहरुको उत्खनन् हुँदा पनि त्यस समयमा विक्रमादित्य रहेको चिन्ह भेटिएको छैन ।' विक्रमादित्य राजाको भारतमा उदय भएको थियो भने त्यस्ता प्रतापी चक्रवर्ती राजाको विषयमा त्यससमयका भारतका कवि वा कलाकारहरुले कहीं न कहीं त्यस्ता राजाको विषयमा चर्चा गर्थे होलान्, कहीं कतै गुनगान हुन्थ्यो, कहीं मूर्र्ति पनि बन्थ्यो होला । तर त्यस्तो कतै पाइँदैन । इ.पू.३००भन्दा अगाडि चन्द्रगुप्त मौर्यको शासनकालमा कौटिल्य जस्ता विद्वानले चन्द्रगुप्त मौर्यको शासनकालको बारेमा उल्लेख गरेका र चन्द्रगुप्त मौर्यको शासनकालको बिषयमा फाइयान र मेगस्थनीहरु जस्ताले आफ्नो यात्रा वृतान्तमा उल्लेख गरेका थिए । भने भारतमा सन् ३७६ बर्षपछाडि गुप्तकालमा राजा चन्द्रगुप्त विक्रमादित्यको विषयमा महाकवि कालीदासले वर्णनगरेका र भारतको गुप्त इतिहासमा अनेकौं उदाहरण पाइन्छ । तर भारतमा विक्रम संवत् प्रारम्भ गर्ने विक्रमादित्य नाम भएका राजाको भरपर्दा तथ्यहरु प्राप्त छैनन् । मगधका राजा चन्द्रगुप्त द्वितीयले उज्जयनी र अयोध्यालाई आफ्नो अधीनमा लिएपछि आफूलाई 'विक्रमादित्य' भनेर्रर् इ.सं. ४०० तिर अयोध्यालाई राजधानी बनाएर तामाको प्रचलित सिक्कामा-'विक्रमादित्य' अंकित गराएका थिए । त्यसोभन्दैमा तिनै विक्रमादित्यले नैं विक्रम संवत् चलाएका थिए भन्न सकिदैन । नेपाल पहिला अहिलेको भन्दा धेरै ठूलो थियो । चन्द्रगुप्त विक्रमादित्यका छोरा समुन्द्रगुप्तको प्रयागको अभिलेखमा-कामरुप (आसाम) र कर्कपुर (कुमाउ)को वीचको देशलाई नेपाल भनी लेखिएको कुरालाई हेर्दा प्राचीनकालमा नेपाल भन्नाले आजको भन्दा ठूलो र प्रभावशाली थियो भन्ने कुरा बुझिन्छ । नेपालका लिच्छवि राजाहरुसँग मगदका गुप्त राजाहरु अत्यन्तै प्रभावित भएकाले चन्द्रगुप्त प्रथमले आफ्नो मुद्रा्रमा 'लिच्छवयः' अंकित गरेका थिए । लिच्छवि कन्यासँग वैवाहिक सम्बन्ध कायम गरेपछि आफ्ना मुद्र्रामा 'लिच्छवि दौहित्री' गरेको र गुप्त राजाले लिच्छवि कन्यासँग वैवाहिक सम्बन्ध कायम गरेको कुटुम्वरी अवस्थाले गर्दा नेपालका र्सूर्यवंशी राजाहरुको प्रभावले चन्द्रगुप्तले आफूलाई पनि 'विक्रमादित्य' उपाधि ग्रहण गरेका थिए । तर, चन्द्रगुप्त द्वितीय बाहेकर् इशापूर्व ५७ वर्षअगाडि भारतमा विक्रमादित्य नाम भएका राजा कुनै पनि राजवंशमा छैनन् । संवत्हरुको विषयमा विक्रम संवत् १९३७ मा भारत गुजरातका विद्वान खोजकर्ता पं.भगवानलाल इन्द्रजी नेपालमा आई यहाँबाट २३वटा अभिलेख खोजी लगी लिच्छविकालमा उल्लेखित संवत्हरुलाई विक्रम सम्वत् ठहर्‍याएका थिए । त्यसैगरी कलकत्ता विश्वविद्यालय इतिहासका प्राध्यापक राधागोविन्द बासकले भारतको उत्तरपूर्व भागको इतिहासमा लेखेका छन-'मानदेवको सम्वत् ३८६को चाँगुको अभिलेखको संवत विक्रम संवत् हो । यसरी विक्रम संवत् ३८६ देखि प्रारम्भ भएर चपली गाउँमा रहेको अभिलेखमा लेखिएको संवत् ४८९ सम्मका सम्वत् विक्रम संवत् हुन् ।' यसैगरी नेपालका खोजकर्ता इतिहासविद् शंकरमान राजवंशीले पूर्व लिच्छविकाल र उत्तर लिच्छविकालका संवत्हरु शकसंवत् होइनन् भन्दै लिच्छविकालका अभिलेखमा उल्लेखित संवत्हरुलाई विक्रम संवत्नै मानेका छन् । लिच्छविकालमा उल्लेखित संवत्हरुलाई शक सम्वत् होइनन् (लिच्छवि संवत्को निर्ण्र नयराज पन्त-नेपाल राजकीय प्रज्ञाप्रतिष्ठान २०४३) भनेका छन् । नेपाल संवत् र शक संवत्मा बर्षा ३५४ दिन र तीथिबाट मात्र चल्ने र विक्रम संवत्को बर्षा ३६५ दिन, गते लगायत तीथि, बारमा आवद्ध रहँदै चल्दै आएको र शक संवत् भन्दा १३५ बर्षर नेपाल संवत् भन्दा ९३६ बर्षजेठो संवत् भएकाले यसको विशेष एतिहासिक गरिमा छ । ज्योतिषी पं. र्सूर्यप्रसाद ढुगेल भन्नुहुन्छ- 'विक्रम संवत् प्रकृतिसँग आवद्ध छ । दिन र रात र्सूर्यले नैं निर्धारण गर्ने र र्सूर्यले एकबर्षअर्थात ३६५ दिन १५ घडि ३१ पला ३१ प्रतिपला, यति समयमा एक चक्कर ३६० डिगरी पुरा गरेको हुन्छ । र्सूर्यले जव ३६० ड्रि्री अर्थात रासी, अंशा, कला, विकला ०० हुन्छ, त्यही समयमा मीन रासी समाप्त भई मेष रासी र्सूर्यमा प्रवेश गर्छन् र विक्रम संवत् अनुसार नयाँबर्षप्रारम्भ हुन्छ । यसैगरी ३० अंशको एक महीना हुनेहँदा पहिलो ३० अंश सिद्धिएपछि वैशाख सिद्धिएर जेष्ठ महीना प्रारम्भ हुन्छ । यहीक्रमबाट ३०।३० अंश काटेपछि बर्षपुरा हुन्छ ।' विक्रम संवत् नेपाल र भारतमा कतिपय स्थानमा इतिहासको प्रारम्भदेखि लोकप्रिय हुँदैआएको छ । अहिले पनि भारतका कतिपय ठाउँमा हिमवतखण्ड नेपालको प्रतावले विक्रम संवत्हरुलाई नैं आधार बनाएर पञ्चाङ्गहरु प्रकाशित भइरहेका छन् । १२ करोड जनसंख्या भएको भारतको बंगालमा विक्रम संवत् अनुसारको र्सूर्य सिद्धान्तमा आधारित पञ्चाङ्गहरु चल्नचल्तीमा छन् । भारतमा अरुण बंशलबाट सम्पादित दशौंलाख छापिने फूचर समाचार मासिक र डा. गीता शर्माबाट सम्पादित पञ्चाङ्गहरु पनि विक्रम संवत्लाई नैं आधार मानेर चलनचल्तीमा छन् ।

विक्रम संवत्को निरन्तरता नेपालको गौरवमय परिचय हो । विक्रम संवत्को प्रचलनले विदेशी प्रभावमा नेपाल नपरेको तथ्य उजागर गर्छ । विक्रम संवत् नेपालका उपज र युगयुगान्तरदेखि प्रचलित हुँदै आएको मौलिक संवत् हो । वास्तवमा विक्रम संवत् नेपाली जनमानसमा यति धेरै लोकप्रिय छ कि यसबारे जानकारी नराख्ने कोही नहोला । यसका महीना बार, तीथि र गते साधारण नागरिकहरु सबैलाई थाहा छ।[सम्पादन गर्ने]

जन्म[सम्पादन गर्ने]

विवरण
# व्यक्तिको नाम कार्यक्षेत्र जन्मेको मिति
1 - -
2 - -
3 - -

मृत्यु[सम्पादन गर्ने]

विवरण
# व्यक्तिको नाम कार्यक्षेत्र मृत्यु भएको मिति
1 - -
2 - -
3 - -

स्रोत[सम्पादन गर्ने]