उकु कोट
स्वरूप

उकु कोट दार्चुला जिल्लाको मालिकार्जुन गाउँपालिकामा अवस्थित एक ऐतिहासिक एवम् पुरातात्त्विक महत्व बोकेको एक प्रचाीन स्थान हो।
दरवार
[सम्पादन गर्नुहोस्]दार्चुला जिल्लाको मलिकार्जुन गाउँपालिका अन्तर्गत महाकाली किनारमा अवस्थित उकु एउटा ऐतिहासिक स्थल र मध्यकालिन कत्युरी राजाहरूको राजधानी थियो। यहाँ कोटघर, देवस्थल, दरवारका पक्का किल्लाहरू, ढुङ्गामा कुदिएका विभिन्न भगवानको मुर्तिहरू रहेका छन्। महाकाली नदीको पूर्वीतटमा कलाकृतिपूर्ण ढुङ्गाहरूबाट निर्मित उकु कोटको खण्डहर छ। यो कोट १२औँ शताब्दी पूर्व निर्माण भएको मानिन्छ। त्यहाँको अवस्था र देवी देवताहरूको मान्यता अनुसार कार्तिकेयपुर राज्य कब्जागर्न क्राचल्ल राजाको नेतृत्वमा दुल्लुबाट गएको सैन्य वलले उकु दरवार ध्वस्त गरेको अनुमान गर्न सकिन्छ।[१]
सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ "अध्ययन,अनुसन्धान र संरक्षणको पखाईमा ऐतिहासिक उकु दरवार" (नेपालीमा), दृष्टिकोण दैनिक, अन्तिम पहुँच २६ साउन २०७५।