उच्चैःश्रवा
| उच्चैःश्रवा | |
|---|---|
![]() सात टाउको भएको उच्चैःश्रवाको चित्रण गरिएको एक चित्र | |
| वासस्थान | स्वर्ग |
| धर्मग्रन्थहरू | महाभारत रामायण |
हिन्दु धर्ममा उच्चैःश्रवा (अनु. 'लामो कान भएको वा ठूलो स्वरले हिनहिनाउने')[१] सातवटा टाउको भएको एक उड्ने घोडा हो, जसको उत्पत्ति समुद्र मन्थनको क्रममा भएको थियो। यसलाई घोडाहरूको राजा र सर्वश्रेष्ठ नमूना मानिन्छ।[१] उच्चैःश्रवालाई प्रायः इन्द्रको वाहन को रूपमा वर्णन गरिन्छ, तर कतै यसलाई असुरहरूका राजा बलिको घोडाको रूपमा पनि उल्लेख गरिएको छ। उच्चैःश्रवा हिउँ जस्तै सेतो रङ्गको हुने बताइन्छ।
साहित्य
[सम्पादन गर्नुहोस्]महाभारत
[सम्पादन गर्नुहोस्]महाभारत मा उल्लेख भएअनुसार उच्चैःश्रवाको उत्पत्ति समुद्र मन्थनबाट भएको थियो र स्वर्गका राजा इन्द्रले यसलाई समातेर आफ्नो वाहन बनाएका थिए। यो अश्व (घोडा) समुद्रबाट अन्य रत्नहरूसँगै बाहिर निस्किएको हुन्छ जसमा भाग्यकी देवी लक्ष्मी (जसले विष्णुलाई आफ्नो वरको रूपमा रोजिन्) र अमृत (जीवनको अमृत) पनि थिए।[२] क्षीर सागरबाट उच्चैःश्रवा उत्पन्न भएको यो कथा विष्णु पुराण, रामायण, मत्स्य पुराण, वायु पुराण आदिमा पनि पाइन्छ। विभिन्न स्रोतहरूले समुद्र मन्थनबाट निस्किएका रत्नहरूको फरक-फरक सूची दिएतापनि, धेरैजसो स्रोतहरू उच्चैःश्रवा तीमध्ये एक थियो भन्ने कुरामा सहमत छन्।[३][४]
महाभारत मा ऋषि कश्यपका पत्नीहरू र दिदीबहिनीहरू—विनता र कद्रु—बीच उच्चैःश्रवाको पुच्छरको रङ्गलाई लिएर भएको बाजीको पनि उल्लेख छ। गरुड र अरुणकी आमा विनताले यो सेतो भएको दाबी गरिन् भने कद्रुले यो कालो भएको बताइन्। हार्ने व्यक्ति जित्नेको दास बन्नुपर्ने शर्त थियो। कद्रुले आफ्ना नाग छोराहरूलाई घोडाको पुच्छर ढाक्न र यसलाई कालो देखाउन लगाइन्, जसले गर्दा कद्रुले बाजी जित्छिन्।[२][३]

भगवान् कृष्णले अर्जुनलाई दिएको उपदेश भगवद गीता (१०.२७, जुन महाभारतको अंश हो) मा पनि उच्चैःश्रवाको उल्लेख गरिएको छ।[५]
विष्णु पुराण
[सम्पादन गर्नुहोस्]विष्णु पुराण का अनुसार जब पृथुलाई पृथ्वीको पहिलो राजाको रूपमा अभिषेक गरिन्छ तब अन्यलाई पनि शासनको जिम्मेवारी दिइएको हुन्छ। त्यसबेला उच्चैःश्रवालाई घोडाहरूको राजा बनाइन्छ।[६]
गैर-धार्मिक कृतिहरू
[सम्पादन गर्नुहोस्]बाह्रौँ शताब्दीको कृति हरिहरचतुरङ्ग का अनुसार, एकपटक सृष्टिकर्ता देवता ब्रह्माले एउटा यज्ञ अनुष्ठान गर्छन् जसबाट उच्चैःश्रवा नामक पखेटा भएको सेतो घोडा उत्पन्न हुन्छ। उच्चैःश्रवा पुनः ब्रह्माण्डको क्षीर सागरबाट प्रकट हुन्छ र यसलाई असुरहरूका राजा बलिले लिएर यसको प्रयोगबाट धेरै असम्भव कार्यहरू सम्पन्न गर्छन्।[७]
कालिदासद्वारा रचित कुमारसम्भवम् मा वर्णन गरिएअनुसार घोडाहरूमा सर्वश्रेष्ठ र इन्द्रको महिमाको प्रतीक उच्चैःश्रवालाई असुर तारकासुरले स्वर्गबाट चोरी गरेका हुन्छन्।[८]
सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- 1 2 Doniger, Wendy (२००४), Hindu Myths: A Sourcebook Translated from the Sanskrit (अङ्ग्रेजीमा), Penguin UK, आइएसबिएन 9780141903750।
- 1 2 Mani, Vettam (१९७५), Puranic Encyclopaedia: A Comprehensive Dictionary With Special Reference to the Epic and Puranic Literature, Delhi: Motilal Banarsidass, पृ: ८००, आइएसबिएन 0-8426-0822-2।
- 1 2 Beér, Robert (२००४), The encyclopedia of Tibetan symbols and motifs, Serindia Publications, Inc., पृ: 65, 109।
- ↑ Horace Hayman Wilson (१८४०), "The Vishnu Purana: Book I: Chapter IX", Sacred Texts Archive, मूलबाट ९ सेप्टेम्बर २००६-मा सङ्ग्रहित, अन्तिम पहुँच १४ जुलाई २०१०।
- ↑ Radhakrishnan, S. (जनवरी १९७७), "10.27", The Bhagavadgita, Blackie & Son (India) Ltd., पृ: २६४।
- ↑ Horace Hayman Wilson (१८४०), "Vishnu Purana: Book 1: Chapter XXII", Sacred Texts archive, मूलबाट ८ डिसेम्बर २०१०-मा सङ्ग्रहित, अन्तिम पहुँच १४ जुलाई २०१०।
- ↑ Dikshitar, V. R. Ramachandra (१९९९), War in Ancient India, Cosmo Publications, पृ: १७५, आइएसबिएन 81-7020-894-7।
- ↑ Devahar, C R, सम्पादक (१९९७), "2.47", Kumāra-Sambhava of Kālidāsa, Motilal Banarasidas Publishers, पृ: २५।
