उत्तर आधुनिकतावाद

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
(उत्तरआधुनिकतावाद बाट पठाईएको)
Jump to navigation Jump to search

उत्तरआधुनिकतावाद आधुनिकताको सबैभन्दा नवीनत्तम उपागम जनाउने शव्द हो।

उत्तरआधुनिकतावादको परिचय र विकास[सम्पादन गर्ने]

सन् १९३४मा फेडरिको डि ओनिसले सर्वप्रथम postmodernismo शब्दको प्रयोग गरेका छन्। त्यसपछि आर्नोल्ड टोयन्बीले A Study of Historyको पाँचौँ भाग (१९३९)मा postmodernism शब्दको प्रयोग दुई विश्वयुद्धका बीचको समय (१९१८–१९३९) जनाउनाका लागि गरेका छन्। यसरी उत्तरआधुनिक÷उत्तरआधुनिकता÷उत्तरआधुनिकतावाद शब्दको प्रयोग अगिबाटै भएको पाइए तापनि यसको खास विकास दोस्रो विश्वयुद्धपछिका दशकहरूमा भएको हो। उत्तरआधुनिकतावादको थालनी कसैले सन् १९४५ देखि, कसैले सन् १९६० देखि, कसैले सन् १९६८ देखि, कसैले सन् १९७० देखि र कसैले सन् १९८० देखिमाने तापनि यसको उठान मोटामोटी सन् १९६० पछिको समयमा भएको मानिन्छ।

  • विज्ञान र वस्तुवादको विपरीत चिन्तन धारा
  • सापेक्षवाद (कुनै वस्तु, विचार, घटनालाई गति, काल र स्थानको सापेक्षतामा हेर्ने) को विरोध
  • यसका अनुसार दृष्टिकोण विशिष्ट हुँदैन र वस्तुगत ज्ञान प्रभावकारी रूपमा अप्राप्य छ ।
  • आधुनिकताको विरोधमा आएको प्रवृत्ति
  • आधुनिकताबाट विकसित, आधुनिकताकै विस्तार र निरन्तरताको कडी
  • आधुनिकताले स्थान पाएको त कतिपय अवस्थामा नयाँ धारण समावेश भएको वाद
  • यो व्यापक क्षेत्र जस्तै ः कला, वास्तुकला, सङ्गीत, नृत्य, दर्शन, मानवशास्त्र, इतिहास, राजनीतिशास्त्र, विज्ञान, मनोविश्लेषण आदिसँग समेटिएको छ ।
  • सन् १९३४ मा फेडरिको डि ओनिसले यो शब्दको प्रयोग
  • उत्तरआधुनिक÷उत्तरआधुनिकता÷उत्तरआधुनिकतावाद शब्द प्रयोग हुँदै तिथिमिति ठ्याक्कै नभनिएकाले मोटामोटी सन् १९६० बाट प्रारम्भ भएको
  • यसको विकासमा मूलतः ज्या फ्रास्वाँ ल्योटार्डको सर्वोपरि भूमिका रहेको
  • टमस पिन्चन र इहाव हसनको विशेष भूमिका रहेको

दृष्टिकोण्[सम्पादन गर्ने]

उत्तरआधुनिकताको विकारबारे निम्नलिखित तीन प्रमुख दृष्टिकोणहरू रहेका छन् ः (१) उत्तरआधुनिकता आधुनिकताको विरोधमा आएको प्रवृत्ति हो। यसले आधुनिकतालाई समाप्त पारेको छ। (२) यो आधुनिकताबाट विकसित भएको हो। यो आधुनिकताकै विस्तार र निरन्तरताको कडी हो। (३) यो केहीमात्रामा आधुनिकता हो र केहीमात्रामा नयाँ प्रवृत्ति हो। यसमा कतिपय आधुनिकताका धारणाले स्थान पाएका छन् भने कतिपय नयाँ धारणाहरू समाविष्ट हुन आएका छन्।

दोस्रो विश्वयुद्धपछि उत्तरआधुनिकता

  • दोस्रो विश्वयुद्धपछि खासगरी सन् १९६० तिर अमेकाली र युरोपेली नवीन अनुभूतिले जन्म लिएको
  • युद्धपछि बढेको जातिय कटुता, सूचना प्रविधि, कटुता, विभेदकारी शितयुद्ध, सांस्कृतिक विनास, नागासाकी र हिरोसिमामा भएको भयावह पीडा, चरम दमन, प्रकृतिको सर्वनाश, आणविक द्वन्द्वबाट प्रकृति माथि प्रहार भएका आदि घटना र जटिलताका विरुद्धमा उत्रिएको एउटा आवाज
  • केही पनि अन्तिम सत्य हुँदैन, त्यो आभास मात्र हुन्छ । विषय र प्रयोगको अत्यन्त विविधता र नवीनता यो वादको विषेशता नै हो (शर्मा र लुइटेल, २०६३ ः ३५४) ।
  • गोरा, पुरुष, उच्चवर्गलाई केन्द्रमा नमानी काला, नारी, समलिङ्गी, दलित, अल्पसङ्ख्यकलाई केन्द्रक मानेर बहुकेन्द्रियतामुखी बनेको वाद

उत्तरआधुनिकवादका मान्यता/विशेषता

  • ज्ञान वा अनुभवका क्षेत्र अनुसार सङ्कथनहरू भिन्न हुन्छन् (वैज्ञानिक, दार्शनिक, धार्मिक आदि सङ्कथन) जसको आफ्नै पूर्णता हुन्छ ।
  • कुनै पनि ज्ञान वा अनुभवको कथ्य शब्द नै सङ्कथन हो । प्रत्येक सङ्कथनमा भाषाको खेलका आधारमा भाषाको विविधता हुन्छ ।
  • बहुत्ववादी प्रवृत्ति र एकत्वको विरोध तथा सबैलाई समान मूल्य प्रदान
  • परम्परालाई सुधार्ने दृष्टिकोण तथा प्राचीन मूल्यलाई भत्काउने मान्यता
  • प्रयोगको नवीनता तथा लेखनमा स्वतन्त्रताको अनिवार्यता
  • तथ्य, कल्पना र स्वैरकल्पनाको मिश्रणबाट नयाँ वास्तविकताको उद्घाटन गर्दै नवीन लोकको सृष्टि
  • निम्न संस्कृति र पर्दापछिको लाई अघि ल्याएर प्रश्रय नपाएकालाई प्रश्रय दिन्छ ।
  • प्राचीनतातिर फर्कने स्वभावले इतिहासतिरको पुनप्र्रवेश
  • प्राविधिक संस्कृतिले विश्वलाई भूमण्डलीकरण भएको मान्ने तथा अन्तर्राष्ट्रिय वैयक्तिक पहुँचभित्र हराएका कारण ग्रामीणीकरणको सोचाइलाई अघि सारेको
  • सबै साइबरमा गाँसिएकाले अबको युगलाई प्राविधिक संस्कृतिको साइबर युग मानिएको
  • अन्तर्पठनात्मकताका कारण एउटा कृति अर्कोसँग सम्बन्धित रहन्छ भन्ने मान्यता ।


आलोचना/विवेचना[सम्पादन गर्ने]

उत्तरआधुनिकतालाई कसैले सार्थक शब्द र कसैले निरर्थक शब्दमानेका छन्। त्यस्तै कसैले यसलाई उदारवादी आन्दोलन, कसैले रूढिवादी आन्दोलन र कसैकसैले नवरूढिवादी आन्दोलन पनि भनेका छन्। कसैकसैले यसलाई नवअग्रसर (new avant-garde) वाद र केवल आधुनिकतावाद पनि भनेका छन्। आधुनिकता र उत्तरआधुनिकतामा स्पष्ट सीमारेखाकोर्न सम्भव नभएकाले पनि उत्तरआधुनिकता शब्दको प्रयोगमा अस्थिरता देखिएको हो। यसको अर्थ ठाउँ, सभ्यता र संस्कृतिअनुसार भिन्नभिन्न हुन्छ र यसलाई परिभाषित गर्न कठिन छ। उत्तरआधुनिकतावादको थालनी कलाका क्षेत्रबाट भएकोमानिन्छ। यसको प्रथम र प्रारम्भिक प्रयोग आधुनिकतावादी कलाबाट विच्छेदका रूपमा भएको छ। कलाक्षेत्रबाट यसको प्रसार सामाजिक–सांस्कृतिक सिद्धान्तका क्षेत्रमा हुन गएको देखिन्छ।

फैलावट[सम्पादन गर्ने]

उत्तरआधुनिकतावादले अत्यन्त ठूलो क्षेत्र ओगटेको छ। उत्तरआधुनिकतावादको ठूलो छाताभित्र साहित्य सिद्धान्त तथा समालोचनाका विनिर्माणवाद, नारीवाद, नवइतिहासवाद, नवव्यावहारिकतावाद, नवमाक्र्सवाद आदि पर्छन्।यो साहित्यका अतिरिक्त कला, सङ्गीत, नृत्य, दर्शन,मानवशास्त्र, इतिहास, राजनीतिशास्त्र, मनोविश्लेषण, विज्ञान, स्थापत्य, न्याय आदि ज्ञानविज्ञानका सबैजसो क्षेत्रमा फिंजिएको छ, जस्तै—

कला------------------रेसनबर्ग, वारहोल, जोजेफ बाइज

वास्तुकला----------- जेन्क्स, एन्तुरी, बोलिन

सङ्गीत-------------- जनकेज, लरी एन्डर्सन, स्टक हाउजेन

नृत्य------------------मेरिडिथ मोङ्क

दर्शन----------------- जाक डोरिडा, बद्रिलर्ड, फ्राँस्वाँ ल्योटार्ड, रोर्टी

मानवशास्त्र---------- क्लिफोर्ड,मार्कुस

इतिहास------------- मिसेल फुको

राजनीतिशास्त्र------ ह्याबर्मास

मनोविश्लेषण-------- लकँ, ब्राउन

विज्ञान--------------- कुन

सन्दर्भ सामग्री[सम्पादन गर्ने]

बह्याकड़ी[सम्पादन गर्ने]