सामग्रीमा जानुहोस्

उत्तर अमेरिकामा महिला स्वतन्त्रता आन्दोलन

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
उत्तर अमेरिकामा महिला स्वतन्त्रता आन्दोल
महिला स्वतन्त्रता आन्दोलनको भाग
नियमन्टिक राज्य महिला कारागारबाट ब्ल्याक प्यान्थर पार्टीका छ जना सदस्यहरूको रिहाइको माग गर्दै प्रदर्शन गरिरहेको चार महिलाहरू देखाउने पोस्टर, सन् १९७२ कनेक्टिकट
मितिसन् १९६० - १९८० को दशक
स्थान
कारणसंस्थागत लैङ्गिक भेदभाव
लक्ष्यमहिलाहरूका लागि समान अधिकार
विधि
  • जनचेतनामूलक कार्यक्रम
  • प्रदर्शन
  • सुधार


उत्तर अमेरिकामा महिला स्वतन्त्रता आन्दोलनले सन् १९६० को दशकको अन्त्यदेखि सन् १९८० को दशकसम्मको नारीवादी आन्दोलनलाई जनाउँदछ।[]नागरिक अधिकार आन्दोलन, विद्यार्थी आन्दोलन र युद्ध-विरोधी आन्दोलनबाट प्रेरित महिला स्वतन्त्रता आन्दोलनले नागरिक अधिकारको विचारलाई अँगाल्दै भेदभावको शिकार भएकाहरूलाई दमनबाट छुटकारा दिलाउन आफ्नो दृष्टिकोण तयार गरेको थियो। यस आन्दोलन विद्यमान सामाजिक संरचनामा सुधार ल्याउनमा केन्द्रीय नभई समाज र परिवारमा महिलाको स्थान र महिलाको स्वायत्ततासम्बन्धी धारणामा परिवर्तन ल्याउनमा केन्द्रीत थियो। सबै महिलाहरूले समान रूपमा भाग लिन सक्ने गरी गठन भएका अधिकांश समूहहरूले सहकार्यात्मक ढाँचामा काम गर्दा उनीहरूले पदानुक्रमात्मक संरचनालाई अस्वीकार गरेका थिए। सामान्यतया, महिलाको स्वतन्त्रताका निम्ति आन्दोलन गरिरहेका सम्बन्धित समूहहरूले जनचेतना बृद्धि गराउनका लागि बैठकहरूको आयोजना गर्दथे जहाँ महिलाहरले आफ्ना चिन्ता र अनुभवहरू व्यक्त गर्दै आफ्ना मुद्दाहरूलाई राजनीतिक रूपमा अघि बढाउन सिक्दथे। लैङ्गीक भेदभावको अन्त्य गरि महिलालाई दिइएको दोस्रो दर्जाका नागरिकको स्थिति हटाउनु महिला स्वतन्त्रता आन्दोलनका सदस्यहरूका लागि सबैभन्दा महत्वपूर्ण लक्ष्य थियो।

उत्तर अमेरिकी देश संयुक्त राज्यक्यानडामा महिला स्वतन्त्रता आन्दोलन लगभग एकैसाथ सुरु भएको र यसका उद्देश्यहरू व्यक्त गर्ने पहिलो लेखहरू सन् १०६५ मा प्रकाशित भएका थिए। सन् १९६७ सम्म अमेरिकी र क्यानडेली प्रमुख सहरहरूमा महिला सङ्गठनहरू गठन भइ त्यसको एकवर्ष भित्र दुवै देशभर व्यापक रूपमा त्यसमा सञ्जालहरू फैलाइसकेका थिए। सन् १९७१ बाट अर्को देश मेक्सिकोमा पनि आन्दोलनले लय लिन पुग्दा त्यहाँ विभिन्न सङ्गठनहरू गठन हुने प्रक्रियामा पुगेका थिए। पुरुषद्वेषी र कट्टरवादी भनेर वर्णन गरिएको उत्तर अमेरिकाकी महिला स्वतन्त्रता आन्दोलन सन् १९७० को मध्यसम्म संयुक्त राज्य अमेरिका र क्यानडामा र सन् १९८० को सुरुमै मेक्सिकोमा बढी उदार सुधारकहरूको दिशामा अगाडि बढेको देखिन्छ।

दासप्रथा उन्मूलनबाट महिला मताधिकार आन्दोलन सुरु भएजसरी नै महिला स्वतन्त्रता आन्दोलन नागरिक अधिकारको सङ्घर्षबाट सुरु भएको थियो।[] महिला स्वतन्त्रता आन्दोलन अन्तर्गत पितृसत्तालाई चुनौती दिनु र पितृसत्ताविरोधी सन्देश फैलाउनुलाई उदारवादी मानिन्थ्यो तर यो नारीवादको प्रारम्भिक समयमा एक मात्र वा पहिलो उदारवादी आन्दोलन भने थिएन।[] संयुक्त राज्य अमेरिकामा महिलाहरूलाई कानुनी समानताको सट्टामा नैतिक र सामाजिक वातावरण परिवर्तन हुनु अत्यावश्यक रहेको महिला अधिकारकर्मीहरूले भनाइ थियो। कुनै राष्ट्रिय छत्र सङ्गठन सदस्यता नलिई अधिकांश समूहहरू स्वतन्त्र रूपमा सञ्चालन भएका थिए। आन्दोलनमा सहभागी महिलाहरूलाई एकता दिने समान दर्शनहरू थिए। पितृसत्तालाई चुनौती दिन र समाजको यस्तो पदानुक्रमात्मक संरचनालाई चुनौती दिन जसले महिलालाई अधीनस्थको रूपमा परिभाषित गर्छ, आन्दोलनमा सहभागीहरूले विश्वास गरे कि महिलाहरूले आफ्नै व्यक्तिगत पहिचान मानव समाजको भागको रूपमा स्वतन्त्र रूपमा परिभाषित गर्न सक्नुपर्छ। महिलालाई अधीनस्थको रूपमा परिभाषित गर्ने पदानुक्रमात्मक संरचना र पितृसत्तालाई चुनौती दिन महिलाहरूले मानव समाज अन्तर्गत रहेर आफ्नै व्यक्तिगत पहिचानलाई स्वतन्त्र रूपमा परिभाषित गर्न सक्नुपर्छ भन्ने विश्वास आन्दोलनमा सहभागिता जनाएकाहरूको थियो।[]

सन् १९७० को जुन महिनामा स्थापित महिला स्वतन्त्रता आन्दोलनको विचारसँग सम्बन्धित पहिलो मेक्सिकी समूह मुहेर एन आक्टियोन सोलिदारिया थियो जसको गठन मेक्सिको सहरमा अनौपचारिक रूपमा गरिएको थियो।[][] संयुक्त राज्य अमेरिकामा भएको विद्यार्थी आन्दोलन र महिला आन्दोलनले आवश्यक शैक्षिक सुधार र सामाजिक असमानता जस्ता विषयहरूमा आवश्यक सुधार ल्याउनुका साथै यसले राजनीतिक प्रणाली र शक्ति संरचनाहरू अधिनायकवादी र दमनकारी रहेको र पुनर्संरचना आवश्यक रहेको बुझ्न पनि मद्दत गरेको थियो। सुरुमा यस संस्थाका सदस्यहरूले अनौपचारिक रूपमा भेटघाट गर्दै मेक्सिकी समाजमा महिलाको भूमिकाबारे प्रश्न उठाउँदथे।[] सन् १९७१ अप्रिल मा माग्दालेना सापियनले मातृ स्मारकमा विरोध प्रदर्शन गर्न अनुमति लिने प्रयास असफल भएको थियो। विरोध प्रदर्शन अघि बढाउने निर्णय गर्दै यस संस्थाको पहिलो सार्वजनिक कदम सन् १९७१ को मातृ दिवसमा विरोध प्रदर्शन आयोजना गर्दै चालेको थियो।

यो पनि हेर्नुहोस्

[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. "The Women's Liberation Movement- A Profile of Feminism in the 1960s and 1970s" (अङ्ग्रेजीमा), thoughtco.com, २०२५ अप्रिल २९। 
  2. २.० २.१ Wiegers 1970, पृष्ठ 50.
  3. Thompson 2002, पृष्ठ. 344–345.
  4. Lau 2003, पृष्ठ 69.
  5. González Alvarado 2002, पृष्ठ 58.
  6. González Alvarado 2002, पृष्ठ 56.