सामग्रीमा जानुहोस्

उत्तर र मध्य अन्डमान जिल्ला

निर्देशाङ्कहरू: १२°५५′१२″उ ९२°५४′००″पू / 12.92000°N 92.90000°E / 12.92000; 92.90000
विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
उत्तर र मध्य अन्डमान जिल्ला
उत्तर र मध्य अन्डमान जिल्ला मा पर्दछ अन्डमन र निकोबार द्वीपसमूह
उत्तर र मध्य अन्डमान जिल्ला
उत्तर र मध्य अन्डमान जिल्ला मा पर्दछ भारत
उत्तर र मध्य अन्डमान जिल्ला
निर्देशाङ्क: १२°५५′१२″उ ९२°५४′००″पू / 12.92000°N 92.90000°E / 12.92000; 92.90000
देश भारत
केन्द्र शासित प्रदेश अन्डमान र निकोबार टापुहरू
गठन१८ अगस्ट २००६
मुख्यालयमायाबंदर
समय क्षेत्रयुटिसी+५:३० (भारतीय मानक समय)
वेबसाइटnorthmiddle.andaman.nic.in

उत्तरी र मध्य अन्डमान जिल्ला बङ्गालको खाडीमा अवस्थित भारतीय केन्द्र शासित प्रदेश अन्डमान र निकोबार द्वीपसमूहको ३ जिल्लाहरू मध्ये एक हो। मायाबन्दर सहर जिल्ला सदरमुकाम हो। यस जिल्लाले ओगटेको क्षेत्रफल ३२५१.८५ वर्ग किलोमिटर रहेको छ।

यो जिल्ला १८ अगष्ट २००६ मा तत्कालीन अन्डमान जिल्लालाई विभाजन गरेर बनाइएको थियो, जसमा यस जिल्लाको मायाबन्दर सब-विभाजनका सबै तीन तहसिलहरू सामेल थिए। उत्तर र मध्य अन्डमान जिल्लाले ३,२२७ वर्ग किलोमिटर (१,२४६ वर्ग मील) क्षेत्र ओगटेको छ।[]

जनसाङ्ख्यिकी

[सम्पादन गर्नुहोस्]

सन् २०११ को जनगणना अनुसार उत्तर र मध्य अन्डमान जिल्लाको जनसङ्ख्या १,०५,५९७ रहेको छ जुन लगभग टोङ्गा राष्ट्रको बराबर हो। यसले यसलाई भारतमा ६१४औँ स्थान (कुल ६४० मध्ये) प्रदान गर्दछ। यस जिल्लाको जनघनत्व ३२ बासिन्दाहरू प्रति वर्ग किलोमिटर (८३/वर्ग माइल) रहेको छ। सन् २००१-२०११ को दशकमा यसको जनसङ्ख्या वृद्धि दर -०.०७% थियो। उत्तर र मध्य अन्डमानमा प्रति १० पुरुषमा ९२५ महिलाको लिंग अनुपात छ, र साक्षरता दर ८४.२५% छ।[]

बङ्गाली उत्तर र मध्य अन्डमान टापुहरूमा सबैभन्दा बढी बोलिने भाषा हो। सन् २०११ को जनगणना अनुसार, बङ्गाली लाई यस जिल्लाको जनसङ्ख्याको ५३.७९ प्रतिशतले पहिलो भाषाको रूपमा बोल्दछन्, त्यसपछि सदरी (११.०६%), तेलगु (६.४७%), उराँव (६.१७%), हिन्दी (५.९९%), तमिल (५.९४%), मलयालम (३.१६%), निकोबारी (०.५७%) र अन्य।[]

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. Law, Gwillim (२०११-०९-२५), "Districts of India", Statoids, अन्तिम पहुँच २०११-१०-११ 
  2. "District Census 2011", Census2011.co.in, २०११, अन्तिम पहुँच २०११-०९-३० 
  3. "C-16 Population By Mother Tongue", Census of India 2011, Office of the Registrar General।