उत्प्रेरणा

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search

उत्प्रेरनाको शाब्दिक अर्थ अग्रसर बनाउनु हो । सङ्गठनात्मक उद्देश्य हासिल गर्नका लागि सङ्गठनमा आबद्ध कर्मचारीहरूमा काम गर्ने तीव्र चाहना, इच्छा र जागरण अत्यावश्यक हुन्छ ।तसर्थ उत्प्रेरणाले कर्मचारीको सङ्गठनात्मक कार्य गर्न बल प्रदान गर्छ ।

उत्प्रेरणा मनोबैज्ञानिक मानवीय पक्ष हो । यो कर्मचारीलाई कामप्रति उत्सुकता जगाउने कार्य हो ।

व्यवस्थापनविज्ञहरूको परिभाषा[सम्पादन गर्ने]

william G Scott

उत्प्रेरणा भनेको लक्षित उद्देश्य प्राप्त गर्न मानिसहरूलाई काम गर्न उत्साहित गर्नु हो ।

Decenzo and Robbins

उत्प्रेरणा उच्च मेहनत गर्ने इच्छा हो; जुन प्रयास व्यक्तिगत उद्देश्य प्राप्त गर्ने शर्तमा गरिन्छ ।

Dalton E. McFarland

उत्प्रेरणाको धारणा विशेष गरी मनोबैज्ञानिक छ । यसले कर्मचारीहरूलाई निश्चित तरिकाले काम गर्न वा नगर्न तत्पर बनाउने सबै तत्वहरूसँग सम्बन्ध राख्छ ।

koontz and O'Donnell

उत्प्रेरणा भनेको उत्साह, इच्छा, आवश्यकता तथा त्यस्तै अन्य तत्वहरु प्रदान गर्नु हो; जसले मानिसहरूलाई काम गर्न प्रेरित गर्छ ।

Dale S Beach

उत्प्रेरणा लक्ष्य अथवा पुरस्कार प्राप्त गर्नका लागि शक्तिको विस्तार गर्ने तत्परता हो ।

उत्प्रेरणाका विशेषताहरु[सम्पादन गर्ने]

  1. मनोबैज्ञानिक प्रक्रिया
    उत्प्रेरणाको सम्बन्ध मानिसको आवश्यकता र चाहनाहरूसँग हुन्छ । यसले व्यवहारलाई मार्गदर्शन गर्छ ।

नियमित प्रक्रिया

जटिल तथा भविष्यवाणी गर्न

नसकिने सर्वव्यापी कार्य

व्यवहारमा प्रभाव

सम्पूर्ण व्यक्ति उत्प्रेरित

सकारात्मक वा नकारात्मक

लक्ष्योन्मुख

उत्प्रेरणाको महत्त्व[सम्पादन गर्ने]

  • नाफा हुने कार्य गर्ने
  • उच्च उत्पादकत्व
  • परिवर्तनको स्वीकार
  • मानव संसाधनको प्रभावकारी उपयोग
  • कर्मचारी सन्तुष्टि
  • विवाद र हड्तालमा कमी
  • समन्वयको आधार
  • कर्मचारी स्थायित्व
  • निरीक्षण खर्चमा कमी
  • सङ्गठनात्मक लक्ष प्राप्ति

उत्प्रेरणाको सिद्धान्तहरु[सम्पादन गर्ने]

आवश्यकता शृङ्खला सिद्धान्त[सम्पादन गर्ने]

अब्राहम मास्लोको यो सिद्धान्त निम्नलिखित मान्यताहरूमा आधारित छ ।

मानिसका आवश्यकता र उद्देश्य अनगिन्ती हुन्छन् ।

आवश्यकताको शृङ्खला हुन्छ ।

असन्तुष्ट आवश्यकताले कर्मचारीलाई उत्प्रेरित गर्छ ।

मानिसले विकास र विस्तार चाहन्छ ।

दुई तत्त्व सिद्धान्त[सम्पादन गर्ने]

कर्मचारी उत्प्रेरणाका तरिकाहरु[सम्पादन गर्ने]

१. वित्तिय सुविधा

२. सहभागिता

३. अधिकार प्रत्यायोजन

४. जागिरको स्थायित्व

५. कार्य समृद्धिकरण

६. कार्य आलोपालो

७. कार्य जीवनको गुण

[१]

सन्दर्भ[सम्पादन गर्ने]

  1. व्यवस्थापनको सिद्धान्त : डा. सन्तोषराज पौड्याल , गोपालमान प्रधान, केदारप्रसाद भण्डारी २०७०