उदयपुर सिमेन्ट उद्योग लिमिटेड

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search



उदयपुर सिमेन्ट उद्योग लिमिटेड नेपालको सबै भन्दा ठूलो सिमेन्ट उद्योग हो। २०४५ सालमा जापान सरकारको आर्थिक तथा प्राविधिक सहयोगमा निर्मित यस उद्योग उदयपुर जिल्लाको त्रियुगा नगरपालिका ११ जलजले को बनक्षेत्रमा अबस्थित छ भने आवश्यक चुन ढुङ्गा जिल्लाकै उत्तरी भेग को सुकौराबाट रोपवे मार्फत ढुवानी गर्न पुर्वाधारहरु बनाईएको छ। एसियाकै ठूलो मध्येको एक भनिएको यस सिमेन्ट उद्योग चरम राजनीतिक हस्तक्षेप र चरम भ्रस्ट ब्यवस्थापनले अधोगतिको यात्रा तय गर्दै गरेको उद्योग हो । उद्योग का लागि आवश्यक चुन ढुङ्गा जिल्लाकै उत्तरी भेग को सुकौराबाट रोपवे मार्फत ढुवानी गरिदै आएकोमा संचालन असक्षमताका कारण उक्त रोपवे बिग्री रहने र समयमा मर्मत नगर्ने परिपाटिका कारण प्राय:भाडाका ट्रक मर्फट खानिबाट ढुङ्गा ढुवानी हुँदै आएको छ । यस उद्योग को उत्पादन गैडा छाप सिमेन्ट उच्च गुणस्तरको हुने भएकोले ग्राहकले सम्भव भएसम्म सोही सिमेन्टको खोजी गर्ने तर उत्पादन पुर्ण क्षमतामा नहुने बिडम्बना छ ।जापानको ब्यबस्थापनको र पछिका केही समय उधोग नाफामा सन्चालन भए पनि पछिका दसकौ बर्ष घाटामै चलिरहेको छ ।