उपन्यास तरङ्गिणि (पत्रिका)

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search


उपन्यास तरङ्गिणि (पत्रिका) एक नेपाली भाषाको पत्रिका हो। यो पत्रिकाको सम्पादन कार्य एस.एस. शर्मा सदाशिव अधिकारीद्वारा भएको छ। यो पत्रिकाको प्रकाशक ढुण्डिराज ऋषिकेश उपाध्याय हो। यसको प्रकाशन वनारसमा मासिक अवधिमा हुन्छ। यसको पहिलो प्रति १९५९ साउनमा प्रकाशित भएको थियो। [१]

बदमास नारायन द्वारा रचित एक उपन्यास पुरा पढ्न मन भए Twitter मा @badmash_nl मा सम्पर्क गर्नुहोला

Facebook Lite बाट पुरा पढ्न नमिल्ने भएकाले Opera mini प्रयोग गर्नु होला....

लघु उपन्यास उनी र म

अहिले सम्म... . . यहा लेखीएका कथा, घटना तथा पात्रहरु काल्पनिक हुन कसैको जिवनसँग मेल खाएमा संयोग मात्र हुनेछ.....

NL बदमासको

म र उनी एक प्रेम कथा......

भाग—१

“लक्ष्मी” “प्रेजेन्ट सर” सरले लक्ष्मी भन्नासाथ सेतो रंगको कुर्तामा रातो फुलबुट्टे र रातो सुरुवाल लगाएकी, कपाल काला सर्लक्क परेका, घिच्चुकदेखी अली तलसम्म आएको युवतीले “प्रेजेन्ट सर" भनेको देखेँ | मैले उस्को अनुहार अघिल्तिरबाट देखीन| उ अघिल्लो बेन्चमा ३ जना केटीहरुसँग बसेकी थीइ |म उस्को देखी २ बेन्च पछाडी थीए | मेरो यो धुलाबारी क्याम्पसको छैटौँ दिन | BBS को क्लास बल्ल सुरु हुन लागेकोले त्यती राम्ररी पढाइ सुरु भएको थिएन | हिजो एकदिन म क्याम्पस आइन | सायद हिजोबाट नै त्यस अगाडि बेन्चका Ladies ग्रुप आएको हुनुपर्छ | आज मेरा साथीहरु क्याम्पस आइपुगेका थिएनन | त्यसैले एक्लोपन दुर गर्न एकछिन मुहारपुस्तीका ‘FACEBOOK’ खोलेर बसेको थिए | सायद लक्ष्मीहरु त्यसैबेला आएर बसेछन | मैले उनीहरुको ग्रुपका कसैको अनुहार देखीन | पछाडीबाट हेर्दा अरुको तुलनामा एउटी अलि मोटी देखिन्थी जसले जिन्सको पाइन्ट सेतो Ladies भेस्ट लगाएकी थिइ | मैले लक्ष्मीलाइ हेर्दै सम्झीए “पछाडीबाट हेर्दा त उ बाहेक अरु कसैलाइ देखीन उसको मुहार देख्दा झन मेरो के हालत होला" सायद मलाइ प्रेमरोगका किटाणुहरुले आफ्नु कब्जामा लिइसकेका थिए |

हाँजीर हुँदा हुँदै मेरा ३ अल्लारे केटाहरु कक्षामा प्रवेश गरे | तिन मध्ये नविनले लक्ष्मी ग्रुपतिर एकपटक आँखा लगायो | बाँकी २ सरासर आएर मेरो छेउमा बसे | हिजो हामी ४ नै कक्षामा अनुपस्थीत थीयौ | हामीले अझै एडमिसन नगरेकोले हाँजीर सुरु भएको थिएन |

मेरा ३ साथीहरु आशीष‚नविन र प्रदिप | आशीष अलि पुड्के लुते, गालामा डन्डीफर फुटेर काला धब्बा बसेको, कपाल छोटो तल सर्लक्क अगाडि झरेको, कुरो गर्दा कुनै कुरा अलि बढी जोड लगाउनुपर्दा ओठलाइ नाकमै लगेर जोड्थ्यो.. नढाँटी भन्दा त्यसबखत उ ठ्याक्कै सुँगुर झै देखिन्थ्यो |

नविन उ अलि अग्लो तर उस्तै लुते नाक अलि लामो, कुनै कुरामा जित्नुपर्दा आँखा अलि चिम्सा बनाउँथ्यो | हाँस्दा मुखभित् भ्यागुतो छ र भाग्छ झै गरी मुख बन्द गरेर नै ...“ हे हे हे " गर्ने गर्छ |

यसमध्ये अलि बलियो र हट्टखट्ट भनेको प्रदिप नै थियो | सानो कपाल जेलले दुम्सीको काँडाझै ठाडा पारेको | हिँड्दा खसी पारेको बोको झै गरी खुट्टा फारेर हिँड्थ्यो र कुरामा जित्नुपर्दा मुख भन्दा बढी हात खुट्टा चलाउँथ्यो|

पहिलो English पढीयो दोस्रो P.M. त्यसपछी १५ मिनटको ब्रेक थियो | सबै तँछाड मझाड गर्दै बाहिर निस्कीए | लक्ष्मीहरु पहिले नै निस्कीसकेका थिए | म भने लक्ष्मीहरु फर्केर आउँदा उसको अनुहार देख्छु भन्ने आसमा त्यही क्लासमा बसिरहने मास्तरप्लान बनाएँ | म अलि लजालु, प्रदिप नि म जस्तै..उहि ड्यांगको मुला, आशीष गफाडी तर हामीसरह लजालु.., हामी ४ मध्ये नविन केटीहरुसँग निर्धक्क बोल्ने गर्थ्यो | खै उसमा कुन त्यस्तो तत्व थियो जुन हामीमा थिएन | कतिपटक त संका लाग्थ्यो कतै मलाइ गाइनोफोबीया ( केटीदेखी डर लाग्ने रोग ) त छैन | धेरै समय सँगै रहेपछी भने म केटीहरुसँग मज्जाले बोल्न सक्छु तर आँखामा आँखा जुधाएर अहँ सक्दिन |

म १५ मिनटको ब्रेकमा कक्षामा नै बस्ने निर्णय सुनाए तर मेरा साथीहरु सज्जन थिएनन् तान्दै क्यानटिन तिर लान थाले | मैले ३ जनासमक्ष नै एक प्रश्न फ्याकिदिए :- “ त्यो पहिलो ब्रेन्चमा बस्ने केटीहरु नयाँ रहेछन नि ?" आशिष र प्रदिपको एकै जवाफ “खै मैले त यादै गरीन |" तर नविनको भिन्न जवाफ :-“ नया नै रहेछन तर यार सबै च्वांक छन " म थोरै मुस्काए....

आशिष र प्रदिप ६ कक्षादेखी म सँगै पढेका तर नविन १ कक्षादेखी नै | हाम्रो सम्पुर्ण आनीबानी एकअर्कालाइ राम्ररी थाहा थियो | क्यान्टीन पुगेर चिया मगायौ र चिया पिउन थालिउँ .... एक्कासी १ ठुलो हाँसो हाम्रो कानमा आएर ठोक्कीयो |म र नविन पश्चीम फर्केर बसेका थियौँ भने आशिष र प्रदिप पुर्व | यो आवाज हामी भन्दा पछाडी बसेका लक्ष्मीहरुको ग्रुपको थियो | मैले पछाडी फर्केर हेरेँ .....

१ जना अलि मोटी, आँखामा गाजल अलि बढी नै लगाएकी, रातो लिपिस्टीक दलेकी र हातमा Evil रुमाल बोकेकी...भन्नै पर्दा नक्कली थिइ | अर्कि लुती, आँखा साना, माथील्लो ओठमा कालो सानो कोठी, बेला बेला आफ्नो अघिल्तीर झरेको केशलाइ समातेर कानमा अल्झाउँथी.... अरु २ जना जो विपरीत दिशातिर फर्केका थिए.... एउटीले निलो कुर्ता र हरियो सुरुवाल लगाएकी, कपाल फुर्र छाडेकी थिइ .... अर्की उही सेतो कुर्तामा रातो फुलबुट्टे लगाएकी मैले चिनिहालेँ....“ लक्ष्मी "

हामी चुप थियौ , उनीहरुको नि हाँसो कम भैसकेको थियो | हाम्रो मौनता भंग गर्न नविनले मुख खोल्यो.... “ हैन के साह्रो हाँसेको हौ , हामीलाइ पनि भनन हामी नी हाँस्न सघाइ दिन्छौ "

" जे सुकै कुरामा हाँसे नी तिम्लाइ के मतलब, तिमीहरु को हौ र भन्नैपर्ने " त्यो मोटीले दह्रो जवाफ फर्काइ.. मलाइ लागेथ्यो नविन चुप बस्छ तर नविन हामी जस्तो थिएन.." लौ न त फ्रेन्डसिप गरौँ ... अनि मिलेर सँगै हाँसौला..तिमिहरुनि ४ हामि पनि ४ "

लक्ष्मीले सायद नकरात्मक बुझी क्यार सानो स्वरले चिरविराइ “ चुप यी केटाहरुसँग के बोल्नु " आफु त परियो डरपोक मैँले नविनलाइ भने “ नविन लक्ष्मी भनेर बोला न " सायद मेरो स्वर ठुलो भएछ मोटीले सुनी छे, सायद उ हाम्रै कुरो सुन्न कान थापेर बसेकी थीइ होली |

“के हो लक्ष्मीलाइ मात्र बोलाउने हामी पनि छौँ त" मोटीले भनि... लक्ष्मीको हातले मोटीको हातमा प्याट्ट हानेको देखेँ... म यता फर्कीहालेँ.... अनुहारको रंग उडेर रातो कालो भैसकेको थियो |

नविन चुप बस्ने थिएन:- “ उस्ले लक्ष्मीको नाम लियो हामी छौ नी अरु ३ जनाको नाम लिने" त्यहीबेला घण्टी बज्यो...सबै उठेर क्लासतिर लागे | केटीहरुले पहिले नै पैसा तिरीसकेका रहेछन सिधै हिँडे | नविनको आवाज सुनीहालेँ “पर्ख न हो हामी पनि जाने हो त"

लक्ष्मीले फर्केर हेरी...उस्का आँखाले मलाइ नै खोज्दै थिए | उस्को रुप पहिलो चोटी देखेँ....आहा.... म टक्क उभिरहेँ... प्रदिपले भन्यो “के हेरीराखेको छिटो पैसा दे अनि जाउँ" पैसा दिँदै एकपटक नविनतिर हेरेँ जो विजयभावमा मुस्काइरहेथ्यो....

लक्ष्मीग्रुप लामो लामो खुट्टा चाल्दै अघि बढ्दैथिए र बेला बेला लक्ष्मी फर्केर मलाइ हेर्दै थिइन.... बेलाबेला एकअर्कालाइ प्याट्ट प्याट्ट नि पार्दैथिए....

हामी नि बाहिर गयौँ र क्लासतिर लाग्यौ...

+ +

यहा लेखीएका कथा, घटना तथा पात्रहरु काल्पनिक हुन कसैको जिवनसँग मेल खाएमा संयोग मात्र हुनेछ.....

NL बदमासको

म र उनी एक प्रेम कथा......

भाग—२

सरले पढाउँदै रहेछन हामी अली ढिला पुग्यौ | क्यान्टीनबाट सुसु गर्न जाँदा अलि ढिला भयो | सरले हामी पसेको देखेर भने :-“लौ हेर, आए गेस्टहरु, स्वागत गर त सबैले " सबैले हाँस्दै र कानेखुली गर्दै ताली बजाए तर लक्ष्मी र उनका साथीहरु न हाँसे न त ताली नै बजाए | उनीहरुले हामीमाथी दया देखाए

| क्याम्पसको छैटौँ दिनमा चौथो पटक नै हामीले यही मनोज सरबाट बेइज्जती भैसकेका छौ | आजको सहित गर्दा पाँचौँ पुग्यो | मनोज सर पढाउनमा एकदमै राम्रा, Account का सबै समस्याहरु बुझाएर समाधान गर्ने तर यदी कसैलाइ गाली गर्नुपरे मनमै पर्ने गरी गर्ने | सरको गोजीमा सँधै १०/१२ ओटा ५० पैसा पर्ने चकलेट हुन्छ

| अस्तीमात्र हामी भन्दा पछाडीको बेन्चमा बस्ने निरजले पढाउँदै गर्दा हल्ला गरेथ्यो सरले कक्षाको अगाडि उभ्याएर कक्षामा हल्ला गर्ने महान बिद्यार्थी भनी एउटा चकलेट दिए | त्यसदिनदेखी निरजले मनोज सरलाइ ठाडो शिरले हेरेको पनि छैन | कलेजको दोस्रो दिनमै मलाइ थाहा भैसकेको थियो ‘चकलेट सर' को उपनामले मनोज सर प्रख्यात छन |

हामी सरासर गएर आफ्नो ठाउँमा बस्यौ | हामी अघि बढ्दै गर्दा ठिक लक्ष्मीहरु बसेको बेन्चको सिधा पुग्दा लक्ष्मी अली पर सरेर मलाइ बस्न आह्वान(संकेत) गरे झै मलाइ भान भो तर म त लजालु र कायर परेँ | सरासर आफ्नै बेन्चमा गएर बसेँ |

Account को First lesson Work sheet सकेर भोली EP 1, 2, 3 Homework दिएर सर बाहिर निस्किए | सर निस्कना साथ शान्त कक्षा माछाबजारमा परिणत भयो | लास्ट क्लास खाली रहेछ अर्थशास्त्र पढाउने धिरज सर नआउने रे भनेर क्याम्पस कर्मचारी विरे दाइले जानकारी दिए | सबै ब्याग र किताब बोकेर बाहिर निस्किए | हामी भने कक्षामै थियौ| लक्ष्मी मीत्र मोटीले “जाने हैन” भनेर सोधी | हामी पनि “जाने हो” भन्दै हिड्यौँ | धुलाबारी क्याम्पसबाट मोड सम्म हिडेर नै जानुपर्ने भयो | सबै हिडेर जाने सहमति भएपछी साइकल डोर्याउन लागियो |

नबिन आफ्नो बानीबाट कहाँ पछी हट्थ्यो र बोलीहाल्यो :- “ नारायनले लक्ष्मीलाइ त चिनायो, अरु लाइ त चिनाएन नी " म कालो अनुहारलाइ अझ कालो बनाउँदै हिडीरहेँ | मोटी नी उस्तै बोली हाली :- “ म परिचय गराइहाल्छु नि अब मजनुलाइ लैलाको पो नाम थाहा हुन्छ उसका साथीहरुको नाम कहाँ थाहा हुन्छ, हैन अँ ......"

उसले मेरो नाम बिर्सिएकाले मैले नै सम्झाइदिए 'नारायन'

“अँ नारायन” उस्ले भनी |

नविनले भन्यो म नविन रिजाल, उ प्रदिप संकर, आषिस बस्नेत अनी उ चाहीँ मजनु सबै हाँसे| म थोरै मुस्काइदिए, लक्ष्मी नी थोरै हाँसीन | मैले आँफैले परिचय गर्ने उद्येष्यले लक्ष्मीको छेउमा साइकल लगेर हात बढाउँदै भने :-“ म नारायन लम्साल " लक्ष्मीले हात मिलाउँदै सुरीलो स्वरमा भनिन :- “ म लक्ष्मी फुह्याल "

पछाडी सबै कानेखुसी गर्दै हाँस्न लागे | अनि मोटीले भनी म निसा अर्याल, उ पुजा तिवारी अनि उ चाहीँ सुजता दाहाल |

छुट्टीने समय पनि आइसकेछ तर हामीलाइ यो समय नि थोरै लागी रहेको थियो | छुट्टिने समयमा सबैले बाइ बाइ गर्यौँ र भोली संगै जाने भनी ६ बजे यही ठाउँमा भेला हुने सहमती गर्यौँ | प्रदिपले मलाइ र आसिषले नविनलाइ साइकलमा ताने किनकी आउँदा हामीले तानेका थियौँ |

बाटोमा मैले भनेँ :-“ साँच्चै केटा हे मेरो लागी लक्ष्मी कस्ती छे हौ ?" केटाहरुले नि सहमती मनाए “ सुपप यार" आसिषले भन्यो:- “मलाइ त पुजा मन पर्यो " नविनले मुख खोलीहाल्यो :-“ चुप किस खाँदा नि मुडामाथी चड्नुपर्छ तँ त "

हामी सबै हास्यौँ.......

आसिष थोरै रिसाए झै गर्यो..... नविनले फेरी भन्यो:-“ मलाइ चाही सुजता"

मैले भने :-“प्रदिप तँ पनि ज्यांगो निसा पनि उस्तै तिमीहरुको जोडी बब्बाल"

उ हाँस्यो... मलाइ थाहा थियो मैले लक्ष्मीलाइ मन पराउँछु र उसको र मेरो बारेमा भने भनेर केटाहरुले जिस्केका थिए |

हाँसी ठट्टा गर्दै हामी खुट्टीडाँगी सम्म पुग्यौँ र प्रदिप र आसिष हिँड्दै चोकबाट पश्चीम लागे हामी साइकलमा पुर्व |

नविनको घर अगाडि पुगेपछी उस्ले भन्यो

-“ ओइ कर्कटे आइज खाना खाएर जा"

मैले “ घरमै पुगेर खान्छु" भने र लक्ष्मीलाइ सम्झदै घर पुगेँ, साइकल राखेँ, लुगा फेरेँ, खाना खाएँ र एक्छीन आराम गर्न फेन खोलेर खाटमा पल्टिए र पुन: लक्ष्मीको यादमा हराएँ |

+ +

यहा लेखीएका कथा, घटना तथा पात्रहरु काल्पनिक हुन कसैको जिवनसँग मेल खाएमा संयोग मात्र हुनेछ.....

NL बदमासको

म र उनी एक प्रेम कथा......

भाग—३

अघिल्लो दिनको रमाइलो कलेजको घटना सम्झदै सुतीरहेको थिएँ | आमाले “चिया खान उठ भन्नुभयो" उठेर चिया खाएँ र चकलेट सरको HOMEWORK गर्न लागेँ नत्र भोली चकलेट खानुपर्ला भन्ने डर..... त्यसदिन त्यसरी नै बित्यो दिन, खाना खाएर सुतेँ...|

बिहान ४ बजे मोबाइलमा 'Wake Up' भन्ने Alarm toun बज्न लाग्यो | हाइ काड्दै उठेँ... र Alarm बन्द गरेर बाहिर निस्किएँ..जीउ तन्काउन लागेँ...| त्यतीबेर सम्ममा गाउँका मेरा साथीहरु पनि आइपुगे | हामी Morning Walk को लागी खुट्टीडाँगीको चौर सम्म हिँड्छौ | मेरा गाउँका साथीहरु मनोज म भन्दा ३ वर्ष कान्छो, सन्दिप ४ वर्ष कान्छो र कुमार ३ वर्ष जेठो तर हामीमा एकदमै आत्मियता छ | दिउँसो धेरै घाम चर्केको बेला तास र चेस खेल्ने मेरा उरन्ठेउला साथीहरु यीनै हुन | Morning Walk बाट आएर नुहाएँ... र लुगा लगाएँ..|

मलाइ स्टाइल गर्न नआउने | दाह्री झ्याप्प, नकोरेको जिंग्रिंग कपाल र साधारण ड्रेसअप | चिया पिएँ र नविन, आसिष र प्रदिपलाइ Miss call गरेँ र पाइडलमा लात बजारेँ...|

उही खुट्टीडाँगी चोकमा म र नविनको लगभग १५ मिनटको प्रतिक्षापछी आसिष र प्रदिप आइपुगे...

“साला, गधा हो यत्रो ठिला गर्ने हो, छिटो आउन सकेनौ..." मैले झ्वाक्किएर भने...

“त्यही त भन्या यहाँ मजनुलाइ लैलासँग भेट्न कस्तो हतार भा'छ |" नविनले प्याच्च बोलीहाल्यो | सबै हाँसे...मैले नि दाह्रा देखाइदिए|

हुन पनि हो मलाइ हतार भाको नै थियो | मजाक ठट्टा गर्दै हिजो छुट्टिएको पिपलको बोट छेउमा साइकल रोक्यौ र लक्ष्मीहरु आउने बाटो हेर्न लाग्यौ...| ५ मिनटको पर्खाइ पछी पनि नआउँदा आशा निरासामा बदलियो |

“थुक्क! नम्बर मागेको भए " मेरो मुखबाट फुस्किहाल्यो |

“हेलो! निसा कहाँ छौ ?"

“ए ल ल! हामी आइहाल्यौ " नविनले फोन काट्यो |

“ ओइ नम्बर कहाँबाट पाइस ?" मैले सोधीहालेँ..

“ तँ जस्तो हो हिजो नै निसासँग FB chat मा गफ गरे अनि नम्बर नि लिएँ..." नविनले जवाफ फर्कायो |

“ ओइ लक्ष्मीको नम्बर मागिदेन ल " मैले भनेँ.. नविन हाँस्यो र भन्यो:-“उनिहरु कलेजमा छन अरे, फस्ट क्लास अफ छ अरे , क्यान्टीनमा छौँ भनेका छन | "

कलेज पुगेर साइकल वालमा अड्यायौँ, क्लासमा पुस्तक राखेर सिधै म गेटबाट निस्किन लाग्या थिएँ आसिषले बोलीहाल्यो :- “ ओइ मजनु मुत्न हिन आफ्नो यहाँ फुट्न लाग्या छ "

फेरी ३ हाँसे..मैले ४ बनाइ दिएँ | पिसाब गरीसकेर म फेरी सरासर हिड्न लाग्या थिए |

“ओइ, मजनु मुतेर हाथ त धो " भनेर फेरी केटाहरु हाँसे , म यसपटक थोरै रिसाइ दिएँ...|

आज धिरज सर आएका रहेछन | धिरज सर पहिलो दिनदेखी नै हामीसँग एकदमै Close भैसकेका थिए |

म उनकै छेउबाट उनलाइ वास्ता नगरी हीडेँ | मलाइ क्यान्टीनमा लक्ष्मीको रुपले खिचिरहेको थियो |

“ GOOD MORNING SIR " एकैसाथ नविन, प्रदिप र आसिषले अभिवादन गरे |

“MORNING" सरले फर्काए....

“ ओ नारायन सर के हो ? नबोली किन हिड्या" सरले खै किन हो मलाइ सर नै भन्ने गर्थे... म झसंग्ग भएँ

“MORNING SIR"

“MORNING"

“सर मजनुलाइ लैला भेट्नु छ क्या" प्रदिपले बोल्यो..

“चुप" मैले भने |

“के हो सर यत्ती छिट्टै लैला भेटीसक्नुभो, को हो भन्नुस न त ? आफुले त यी अझै भेट्या छैन " भनेर हाँस्नु भो...

“ए सर यी गफाडीहरुको के कुरा सुन्नुहुन्छ, क्यान्टीनमा चिया खान जान लाग्या नी " मैले बच्ने आशमा भनेँ...

“लौ हिड्नुस म नि उतै जान लाग्या" सरले मेरो काँधमा हात राखेर हिँडे...

“कबाबमा हड्डी" पछाडीबाट नविनले भन्यो...र ३ जना नै हाँसे..

“किन हाँस्छन हो केटाहरु" सरले सोधे...

“केही हैन" नविनले कुरो टार्यो...

निसा, पुजा, सुजता र लक्ष्मी क्यान्टीनमा नै रहेछन| यसो छड्के आँखाले हेरेको टेबल खाली रहेछ सायद हामीलाइ नै पर्खीरहेका रहेछन | तर साथमा थिए 'कबाबमा हड्डी'(धिरज सर) | लक्ष्मीहरुकै छेउको टेबलमा गएर बसियो |

“MORNING SIR" लक्ष्मी ग्रुपले अभिवादन गरे |

“MORNING" सरले नि फर्काए |

“खाजा खाना आएका ?" सरले प्रश्न गरे...

“हो सर, खै हामीलाइ पनि भन्दिनुस है |" निसाले प्याच्च बोली |

“सर तपाइले खुवाउने कुरामा Yes भन्नुभो भने पछुताउनु पर्ला है, ज्यान हेर्नुस न ज्यान" नविनले बोल्यो |

निसा रिसाएर कर्के आँखाले नविनलाइ हेरी.... नविनले पश्चतापमा कान समाएर सानो स्वरमा Sorry भन्यो |

“भै हाल्छ नि , जे-जे खान मन छ खानुस आजको बिल नारायन सरको तर्फबाट, लैला भेटेको उपलक्षमा" म घोसेमुन्टो लाएर बसिरहेको थिएँ, सरको कुराले एक्कासी मेरो टाउको उठ्यो|

सबै गलल्ल हाँसे | लक्ष्मी लाज र सरमले राती भइन, म डबल कालो रातो....

“सर रिसाउनुभो कि के हो ? " धिरज सरले भन्नुभो

“छैन रिसाको सर तर लैला भेटेर मात्र के गर्नु, लैलाले भन्नुपर्यो नि मजनु म तिम्रो लैला हुँ भनेर " मैले थोरै मुस्काएर भने र लक्ष्मी तिर हेरेँ |

“के हो सर कुरा सकिनै नपाउँदै उता हेर्नुभो त, लैला उतै छन कि के हो ?"

सबै हाँसे, म पनि हाँसिदिए.... सरले नै हामी सबैका लागी चिया र समोसा मगाइसकेका रहेछन... खाजा खाँदै एकछिन गफ गरीउँ, सरले नि हाम्रो प्रेमको बारेमा थाहा पाए | घण्टी नी बज्यो सरले जाने बेलामा भने:-“ ल है त लैला मजनु प्रेम गर्न त गर्नु पढाइ चाही नबिगार्नु नि " “हुन्छ सर" मैले भन्नै लागेको थिए लक्ष्मीले जवाफ दिइ....

सबै हाँसिउ, लक्ष्मी थोरै लजाएर घोसेमुन्टो लगाइ....

दोस्रो P.M. पढ्न उठेर क्लास तर्फ लाग्यौ, म र लक्ष्मी छेऊ छेऊमा थियौ... हाम्रो हातहरु ठोकिदैँ थिए.... मेरो मनको कुनै कुनामा काऊकुती लाग्दैथियो....

+ +

यहा लेखीएका कथा, घटना तथा पात्रहरु काल्पनिक हुन कसैको जिवनसँग मेल खाएमा संयोग मात्र हुनेछ.....

NL बदमासको

म र उनी एक प्रेम कथा......

भाग—४

कलेज शुरु भएको नि ६ महिना भइसकेछ अर्थात मेरो र लक्ष्मीको भेट भएको ! यस बिचमा हामी ८ को मित्रता एकदमै गाढा भैसकेको थियो | गएको महिनामा मात्रै पुजाको विवाह भैसकेको थियो तर उनि अझै पनि पढ्दै थिइन | सुजता र पुजा पहिले देखी नै कम बोल्ने, झन पुजाको विवाह भैसकेपछी उसलाइ जिस्काउन नपाइने उ नबोल्ने | सुजतालाइ बेलाबेला आशिषको नामले जिस्काइन्थ्यो, उ लजाउँथी | पुजाकै विवाहमा जन्ती आएका मध्ये एक युवतीले मसँग खुलेर हाँस्दै गफ गरेको देखेर लक्ष्मीले मलाइ तान्दै के के हो के के सोधेकी थिइन | त्यहीबाट उनले मलाइ प्रेम गर्छीन भन्ने थाहा भैसकेको थियो तर प्रतक्ष रुपमा प्रेम प्रस्ताव राख्नु थियो |

माघ महिनाको अन्त्यतिर कलेजबाट शैक्षीक भ्रमणका निम्ती पोखरा, गोरखा र काठमान्डौ जान ७ दिनको लागी हिँडियो |

पहिलो दिन लुम्बिनी पुगेर बस्ने चाँजो पाँजो मिलाइयो | राती साथीहरुले अल्कोहल खाने कुरा गरे | अल्कोहल खाँदै गइयो, अल्कोहलले हामीलाइ खाँदै गयो | जब हामिलाइ पुरा अल्कोहलले खायो मैले लक्ष्मीलाइ प्रेम प्रस्ताव राख्न मन लागेको तर डर र सरमले नसकेको कुरो गरेँ | प्रदिपलाइ हामिले निसाको नाम जोडेर जिस्काइन्यो | तर उ त एकदम सिरीयस रहेछ उसले नि निसालाइ प्रेम गर्ने कुरो बतायो | त्यस रात बेहोसीमै बित्यो | बिहान ८ बजे म उठेँ , सबै उठिसकेका रहेछन | टाउको टनटन गर्दै थियो | कोठाबाट बाहिर निस्केको साथीहरु सबै नुहाएर जान तयार भैसकेका थिए तर मेरो हालत बेहाल , मुख नि धोएको थिइन | सरसँग माफी माग्दै धारा तिर गए | लक्ष्मी धारामै रहीछन, म जानासाथ म तिर नफर्की उनले भनीन :-“डरपोक आँफै भन्न पनि नसक्ने " अनि हाँस्दै गाडीतिर बढिन | मैले मात्र दाँत र मुख धुन समय पाएँ | साथीहरुले ब्याग गाडीमा हालिदिसकेछन |

गाडीभित्र छिर्दा गाडीको सिट खाली नै थिएन | नविनको छेउमा ठाउँ थियो | लक्ष्मी र निसा बसेका थिए | म पस्ना साथ निसा हाँस्दै उठेर नविन सँग गएर बसी | हाम्रो ग्रुप मुस्काइरहेको थियो तर प्रदिप एक्कासी भावुक बनेको थियो | लक्ष्मी नी घोसेमुन्टो लाएर मुस्काइरहेथिन | म अलमल्लमा परे | धिरज सरले भने :-“बस्नु न सर"

म बसेँ लजाउँदै लजाउँदै |

लक्ष्मीले मेरो हातमा आफ्नो हात राखीन र कान छेउ आएर भनिन :- “I LoVe YoU ToO........."

म अचम्ममा परेँ, म मुर्ती भए |

उनले फेरी भनिन :-“ डरपोक आफुले प्रपोज राख्न नसकेर नविन सँग LoVeLeTtEr दिएर पठाउने " बल्ल कुरो बुझेँ..... नविनतिर हेरे, हास्दै थिए मेरो ग्रुप मैले बस्तारै ThAnKs भने ......

मेरो शैक्षिक भ्रमणमा मैले मेरी प्रेमीका भेटेँ...... दिनहरु बित्दै गए | हामी ४ boys group धुलावारी मोडको चौतारोमा बसेर Miss call गर्ने र Girls group आएपछी सँगै हिँड्दै जाने | पुजा उस्कै श्रिमानसँगै बाइकमा आउँथिन | केटीहरु धेरै नै रम्रिनु पर्ने भएकाले कति पटक उनिहरुलाइ धेरै बेर पर्खनुपर्ने र Class मा पहिलो कक्षा सकिन लाग्दा पुगिन्थ्यो |

शुक्रबारको दिन थियो | हामी ८ जना मिलेर क्यान्टिन मा खाजा खाइरहेको थियौँ | धीरज सर आउनुभयो र मेरो काँधमा धाप मार्दै भन्नुभयो :-“ के छ हो नारायन सर खबर, म पनि बस्न सक्छु नि ? "

“Good morning sir" सबैले एकैसाथ भन्यौँ....

“Good morning" सरले नी फर्काउनुभयो...

“आउनुस न सर बस्नुस" मैले मेरो कुर्सी छोडीदिएँ र पछाडीको टेबलतिर कुर्सि लिन हिडेँ |

“Excuse Me, खुट्टा हटाउ त " मैले भने

“किन तेरो बाऊको कुर्सि हो यो र छोड्नु " Third Year का केटाहरु जो आफ्नु खुट्टा Extra रहेको कुर्सीमाथी लम्पसार पारेर बसिरहेका थिए | मलाइ यस्तो जवाफ दिएर गलल्ल हाँसे...

“ओइ के भो, कता हराइस" प्रदिपले करायो ...

“ल ल आएँ" मैले जवाफ फर्काए र कुर्सी झड्काडेर ताने...... ओम प्रकासको खुट्टा अडिन नसकि भुइमा नमज्जाले बजारीयो | उसको अनुहारमा पिडा देखा पर्यो | ओम प्रकास, अम्रित, मनिस र रोसनले मलाइ आँखा तरेर हेरेँ र ‘पख्लास' भन्ने पाराले औला ठाडा पारे, मैले नि ‘यि खा' भन्ने पाराले जिब्रो देखाइदिएँ ...... उनिहरुको रिसको सिमा रहेन| ओमप्रकासले पानीको बतल यसरी समाएर कुच्चायो कि मेरो घाँटी नै निचोरेको होस |

“अनि साथीहरुको Class छैन र यहाँ बसिरहेको ?" धिरज सरले प्रश्न गर्नुभयो....

“छैन सर आज चकलेट सर आउनुभाछैन" निसाले जवाफ दिइ....

“को हो हँ चकलेट सर भनेको ? " सरले थोरै हाँसेर भन्नुभयो

“ए Account सर, मनोज सर " निसाले सच्चाइ...

" ए " सर हाँस्नुभयो ..... हामीले हाँसोमा साथ दियौँ....

“साथी हो यो १८ गते मेरो विवाह हो, अघिल्लो दिन नै आउनुपर्छ नि, सघाउनु पर्छ, जन्ति जाने पनि है " सरले हाँसेर भन्नुभयो...

“ल बधाइ छ सर" सबैले एकैसाथ भन्यौ....

“खै सर ...." म अड्किए...

“के भो नारायन सर ?" सरले सोध्नुभयो

“२२ गते देखी Test छ सर पढ्नु पर्छ" मैले भने...

सबैको होस उड्यो...

“ए सर आजदेखी पढ्नु २ दिन नपढ्दा के हुन्छ, झन साथी भनेको त" सर अलि निरास हुनुभयो...

सरको मित्रवत व्यवहारका सामु मैले हार मान्नै पर्यो | पुजाले सर म त आउन्न होला , खै दिनुहुन्न होला आउन भनिन सरले पुजाको श्रीमानको नम्बर लिनुभयो र कुरा गर्ने भन्नुभयो...

सर नि मेरो Class लिनु छ भन्दै हिँड्नुभयो.... मैले १ पटक ओम ग्रुपलाइ हेरेँ, उनिहरु कागजका डल्ला पार्दै लक्ष्मीलाइ हानीरहेका थिए सँगै निसा थिइ... उनिहरुको दिन बलियो रहेछ सोझि लक्ष्मीलाइ मात्र लागिरहेथ्यो निसालाइ लागेको थिएन... मैले “जाउँ Class " भनेँ र Class तर्फ लाग्यौँ....

+ +

यहा लेखीएका कथा, घटना तथा पात्रहरु काल्पनिक हुन कसैको जिवनसँग मेल खाएमा संयोग मात्र हुनेछ.....

NL बदमासको

म र उनी एक प्रेम कथा......

भाग—५

“ HeLlO " निन्द्रामै आँखा बन्द गरेर नै फोन उठाएँ |

“ओइ कहाँ छौ ?" सुरीलो स्वर मेरो कानमा गुन्जियो.....

हत्त न पत्त लुगा फ्याले र खाटबाट जुरुक्क उठेर आँखा मिच्दै भने:- “म घरमा नै छुँ त, किन लक्ष्मी ?"

“भर्खर उठेको की के हो ? " लक्ष्मीले प्रश्न गरीन...

“हो नै भन्नुपर्यो, शनिवारको मज्जा त लुट्नुपर्यो नि |" मैले जवाफ दिएँ...

“अल्छे....ए अनि कतिखेर जाने हो त ?" लक्ष्मीले पुन: प्रश्न गरीन....

“कहाँ?" मेरो प्रतिउत्तरमा प्रश्न..

“कस्तो भुलक्कड तिमी त, सरको भोली विहे होइन, १ दिन अघि नै जाने भनेको हैन ..." लक्ष्मीले भनिन...

“ए आम्मा हौ, यति बिहान जाने हो त ? ल ल म साथीहरुलाइ फोन गर्छु अनि भन्छु " मैले भनेँ....

“ल ल BYE!" लक्ष्मीले भनीन

“BYE" मैले भनेँ

“BYE" लक्ष्मील फेरीे भनीन

“BYE BYE" मैले दोह्याए

“OK BYE" पुन: लक्ष्मीले भनीन

“I LOVE YOU" मैले कुरो फेरीदिएँ....

“ के ? " लक्ष्मीको प्रश्न...

"केही हैन ..." मेरो उत्तर..

“पागल" लक्ष्मीले भनिन र फोन काटियो.... टुट....टुट....टुट....को आवाज आयो...

म बाथरुमतिर पसेँ | सबै साथीहरुको सल्लाह बमोजिम दिउँसो २ बजे तिर मोडमा भेला हुने कुरो भयो | २ बजे सबै हिरो हिरोइन भएर आएका थिए | कोहि भन्दा कोहि कम थिएन | सरले पुजाको श्रीमानलाइ नि भनेछन क्यारे, पुजा नि आएकी थिइन | म भने उहि झ्याप्प दाह्री, नकोरीएको जिँग्रिंग कपाल | “छ्या कस्तो भएर जान लागेको ?" लक्ष्मीले भनीन | “यसरी त सोल्टीनी पट्टीदैनन है Mr. LAMSAL " निसाले भनिन | निसा र नविनले दुइ हातको हत्केला जोडेर प्याट्ट बजाए र हाँसे....

“किन सोल्टिनी पट्टिनुपर्यो लक्ष्मी छँदैछिन नि मेरो लागी .." मैले हाँस्दै दाह्री सुमसुमाउँदै भने...

लक्ष्मीले मलाइ प्याट्ट पिटीन...|

“नारायनको दाह्री लक्ष्मीको लागी फुलबारी रे नि त " नविनले भन्यो... लक्ष्मीले प्याच्च बोलीहाली

- “फुलबारी हैन काँसघारी चै पक्का हो "

सबैको करकापमा छेउकै शैलुनमा गएर कपाल र दाह्री मिलाएर काटेँ... म नि हिरो भए १०० रुपैयाँमा | गाडी चडेर लागियो काँकरभिट्टातिर, काँकरभिट्टा बस स्टान्ड पुगेपछी बसबाट उत्रन लाग्यौ | बाहिर “भारु साट्ने छ " भन्ने स्वर गुञ्जीरहेकोथ्यो | निसाले प्याच्च बोली :- “साट्नु छ त आन्टी " ति भारु साटीदिने आन्टीले प्रश्न गरीन :-“कती ?" “१०" निसाको सरल उत्तर.... आन्टीको अनुहार चम्किलो भयो... निसाले गोजीबाट भारु १० को नोट निकालेर दिइ | आन्टी हेरेर रिसाइन र कराइन हामी हाँस्दै बाहीर निस्कियौँ |

मैले सरको नम्बर DiAl गरेँ, फोनको RiNg जान थाल्यो.... “ HeLlO" सरको आवाज आयो...

“ सर नमस्कार " मैले भनेँ..

“नमस्कार, अनि सर कहाँ हुनुहुन्छ ? सरले अभिवादन पछी प्रश्न गर्नुभयो |

“सर हामी काँकरभिट्टा आइपुग्यौ, कोशी होटलको छेउमा छौँ, कसैलाइ पठाइदिनुस न " मैले भने

“ल सर एकैछिन बस्दै गर्नुस, म भाइलाइ पठाइहाल्छु " सरले भन्नुभयो....

“ल त सर, अहिलेलाइ राखेँ " मैले भने फोन काटेँ, टुट.....टुट.....टुट.... को आवाज आयो...

हामी खाजा खान कोशी होटलभित्र गयौँ र म:म: मगाएर हसुर्न लाग्यौँ.... लगभग २० मिनटपछी होटलबाट बाहिर निस्कदाँ सरकै अनुहारको १ जना बाइकमा बसेको देखेउँ.... अड्कल लगायौँ यही नै हो सरको भाइ | गएर सोध्नुपर्ने भयो |

निसाले गएर सोधी:- “हजुर धिरज सरको भाइ हो ?" “हो त, हजुरहरु नै हो धुलाबारीबाट आउने ?" उनले उत्तर दिनासाथ प्रश्न गरे | अन्दाजी १९/२० वर्षका उनी ह्यान्डसम नै थिए | मैले हाँस्दै भने :- “हो त सर, लौ जाउ त्यसो भए " “ए ल ल जाउँ" धिरज सरको भाइले भने ‘तर' संयोजकको प्रयोग गर्दै उनले भने:-“ बाइक एउटा तपाइँहरु ८ जना एकैचोटी त सकिन्न है |"

“नाइँ के सबै एकैचोटी जाने "बोलक्कड निसाले जिस्किएर भनि | सबै हाँस्यौ | मैले भने:-“ठिक छ नि त २/२ जना गरेर जाउँ, पहिले Girls Group अनि Boys Group..."

लक्ष्मीलाइ सायद असुरक्षाको भान भएछ भनीहालीन :- “ यसो गरौँ न २ जना Boys अहिले जाउ आउँदा कसैको बाइक भेटीहालीन्छ लीएर आउ, हुन्न ?" सबैले सहमती जनायौ....

“भैहाल्छ नि, त्यसै गरौँ न त" सायद हाम्रो कुरो सरको भाइले बुझेछन, उनले फेरी भने :-“लौ को को जाने हो अहिले चडौँ "

म चड्न लागेको थिए लक्ष्मीले तानीहालीन....

नवीनले प्याच्च बोलीहाल्यो:-“भाग्दैन त हो नारायन सोल्टीनी लीएर...."

सरको भाइले फर्कीएर हेरे र मुसुमुसु हाँसे..... नविन र आसिष चडेपछी बाइक गुड्यो... अब म, लक्ष्मी, निसा, सुजता, पुजा र प्रदिप थियौ |

पुजा र सुजता त पहिले देखीनै कम बोल्ने.... हामी पुन: होटलभित्र छिर्यौ र चिया मगायौँ..... “ओइ प्रदिप तैँले निसालाइ खै के भन्छु भनेको हैन ?" मैले प्रदिपलाइ फँसाउने हिसाबले भने...

“ओइ, के कुरा ?" निसाले चाख दिइ...

“हैन म..मैले के भन्छु भनेँ....??" प्रदिप अन्योलमा पर्यो..

“कस्तो हौ तँ त ? मेरो छेउमा चाही भन्ने उसको अगाडि चाहीँ डराउने.." मैले अझ थपेँ..

“के हो भनन त .." लक्ष्मीले नि जोड गरी... निसाले प्रदिपको कलर समाती अनी थर्काएर भनी:-“के भन्न लागेको छिटो भन है नत्र ..." प्रदिप अलमल्लमा पर्यो...

“केही हैन हो, यसले तिमिलाइ मन पराउँछ रे" मैले भनेँ

“के ?" निसाले कलर छोडी, झस्कीएर ठुलो स्वरमा भनी | होटलका सबैले हामीतीर हेरे....

प्रदिपले “हैन..हैन" भन्दै टाउको हल्लायो...

“नढाँटी भन हो कि हैन ? " निसाले शान्त भएर भनी.... प्रदिपले बिस्तारै टाउको तलमाथी गर्यो...

“अब देखी यस्तो कुरो गरेउ भने मार्दिन्छु...मेरो अर्कै BF छ , काठमान्डौमा पढ्दैछ |"

उसले मोबाइल निकाली र Gallary खोलेर भनी:-“यी हेर फोटो" एउटा सुन्दर केटोको तस्बीर.... “अब देखी नी यस्तो कुरो गरेउ भने......."

निसा शान्त भइ प्रदिपको अनुहार मलिन भयो.....

+ +

यहा लेखीएका कथा, घटना तथा पात्रहरु काल्पनिक हुन कसैको जिवनसँग मेल खाएमा संयोग मात्र हुनेछ.....

NL बदमासको

म र उनी एक प्रेम कथा......

भाग—६

केही बेरपछी ३ ओटा बाइक आयो | एउटा सरको भाइले, अर्को नविन र अर्को आशिषले |

फेरी पर्यो फसाद ६ जना मात्र आँट्ने.... सरको भाइकोमा प्रदिप, नविनकोमा निसा र आशिषकोमा पुजा र सुजता.... २/२ जना जाने सोँच नबनाएको होइन तर निसाको ज्यानले त्यो सम्भव भएन....

फेरी पनि हामी २ ( म र लक्ष्मी ) बस्ने भयौँ | नविनले प्यच्च बोलीहाल्यो:- “एक्लै छौँ भनेर के के जाती गर्ने हैन नी"

लक्ष्मीले ठुलो आँखा पारेर हेरी |

धीरज सरको भाइले मतिर हेरेर पुन: मुस्काए, मैले नि दाह्रा देखाइदिएँ.....

त्यसपछी आवाज निकाल्दै बाइक गयो..

म र लक्ष्मी एकछीन दुवै चुप भयौँ | छेउमै भैयाले पानीपुरी बेचीरहेको थीयो | लक्ष्मीले भनीन :- “ आहा, पानीपुरी नारायन जाउँन खान" मलाइ पहिले देखीनै पानीपुरी मन नपर्ने, मैले भनेँ :- “के खानु हो त्यस्तो हेर्दै घिनलाग्दो" ....तर पानीपुरी त केटीहरुको सास नै रहेछ देखीसकेपछी | ठुस्स ठुस्कीन लक्ष्मी.... के गर्नु प्रेम गरेपछी निभाउनु त पर्यो नै | जानै पर्यो मन नपरे नि | लक्ष्मीको हात समातेर उठाए र ठेलातर्फ पाइला बढाएँ | लक्ष्मी हाँसीन, खुसी भइन |

“भैया २००/२०० को पानीपुरी दिनु त " मैले भने... लक्ष्मीले म तिर हेरीन.. म बिचरोलाइ के थाहा २०० को पानीपुरी कति आउँछ भनेर... नाक र मुख बिगार्दै खाएँ मैले, लक्ष्मी आँखा साना पार्दै स्वाद लिरहेकी थीइ...

त्यो पिरो झोलले झन्डै सर्केको मलाइ... जति खाए नी थपिदिएको थपिदियै... “भैया, भएन ?" मेरो प्रश्न

“भर्खर त १०० को हुँदैछ दाजु" उस्को उत्तर.. “लौ लिनुस २०० रुपैया पुग्यो " मैले २०० को नोट भैयातिर बढाउँदै भने |

लक्ष्मी फिस्स हाँसिन | सायद उनी प्रेमीको यो बानीदेखी खुसी छीन.... एकछीनपछी प्रदिप र नविन बाइक लिएर आए.. निसाको कुराले प्रदिपको अनुहार केही मलिन थियो..| मलाइ थाहा थिएन प्रदिपले साँच्चिकै निसालाइ प्रेम गर्दो रहेछ... भ्रमणमा त केवल अल्कोहलको मातमा बोलेको सम्झेका थियौ हामीले... म नविनको बाइक तर्फ बढे.. तर लक्ष्मी उभ्भीरहीन | मैले कुरा बुझेँ.. प्रदिपलाइ नविनकोमा चढ्न भने र मैले प्रदिप चढेको बाइक चलाउने भएँ...

लक्ष्मी सरासर आएर बाइकमा बसीन र हात मेरो काँधमा राखीन, मेरो मनको कुनै कुनामा थोरै काऊकुती लाग्यो.... बाइक कुद्यो....

नविनले हाँस्दै बाइकको Speed बढायो... हामी दुवैले बाटो देखेका थिएनै त्यसैले हामी नी Speed जानैपर्यो... नविनले घ्याच्च ब्रेक लगायो, मैले नी हतार हतार ब्रेक लगाएँ... लक्ष्मीका उठेका छाती म सँग नमज्जाले ठोक्किए | अगाडि नविन र प्रदिप मज्जाले हाँसे....

लक्ष्मी लाज मान्दै मलाइ प्याट्ट पारी :- “अलि बिस्तारो ब्रेक लाउनु पर्दैन" उनलाइ पनि थाहा थियो मेरो केही गल्ती थीएन....

विवाह घरमा पुगेर बाइक रोक्न पाएको थिएन, हाम्रो ग्रुप हामीतिरै झुम्मिन आए | साथमा थिए धिरज सर | मैले र लक्ष्मीले सरलाइ अभिवादन गर्यो, सरले नी अभिवादन फर्काए र भाइतिर हेर्दै भने :-“हेर मदन यीनीहरु मेरो विद्यार्थी नभएर साथी हुन, यीनीहरुलाइ केही अप्ठ्यारो नहोस |" मदनले हुन्छ भनी टाउको हल्लायो....

“तर सर हामी केटाहरुसँग........" निसाले पुरा कुरो नभनि रोक्की....

सरले भने:-“एकछीन पर्ख है त, काकी सोभा कहाँ छे ?"

एउटी अधवैँशे मोटी महिलाले उत्तर दिइन:- “भान्सामा छे, किन बाबु ?"

“ए यता पठाइदिनु त "

“ल ल "

हामी कोठामा बसेर गफ गर्दै थियौँ | एउटी १८/१९ जतिकी अति नै सुन्दर युवती कोठामा प्रवेश गरीन र भनीन :- “किन बोलाउनु भएको दादा ?" हामीले अनुमान लागाइहाल्यौ... ‘सोभा'

“ ए यीनीहरुलाइ एक्लै अपठ्यारो भो रे , तिमी यसो साथीहरुसँगै बस है त" सरले Ladies Group तिर देखाउँदै भने... सोभाले सबैलाइ एकपटक हेरी म र लक्ष्मी छेउ छेउमा थियौँ...सबैका आँखा ठुला थिए, खासगरी Boys Group का किनकी सोभा थिइन नै त्यती सुन्दर |

मैले एकटकले उसलाइ हेरीरहेको थिएँ होसै भएन सोभा नी एकटकले मलाइ नै हेरीरहेकी रहीछन....

लक्ष्मीले मेरो हातमा प्याट्ट हिर्काइन, म झसंग भएँ... लक्ष्मीलाइ रीस उठेछ क्यारे “ सोभा " अलि ठुलै स्वरमा कराइन, सोभा नि झस्किइ| लक्ष्मीले बाहीर जाउँ भनीन, Ladies Group सोभाको साथमा निस्किए... तर सोभा भने फर्की फर्की मलाइ नै हेरीरहेकी थीइन | धीरज सर बाहीर निस्कि सकेका थिए | मदनले हाँस्दै भने:- “तपाइको साथीलाइ रिस उठ्यो कि के हो ?"

हामी हाँस्यौँ......

“अनी सर हजुरको नाम ?" नवीनले प्रश्न गर्यो....

“ मदन " उनले जवाफ दिए ....

हामीले नी आफ्नो आफ्नो परीचय दियौँ र Ladies Group को पनि |

मदनले भने :- “कस्तो मिलेको N+L"

“के" मैले प्रश्न गरेँ...

त्यही बेला धिरजसरको बुबा आउनुभयो , हामीले चिनेका थिएनौँ, पस्नासाथ उनले प्रश्न गरे....

“के भन्छन हो N+L ?"

म अकमक्किएँ..... मदन नी थोरै Nervous भए...

“Narayan Lamsal भनेको अंकल , उस्को नाम " नवीनले म तिर देखाउँदै भन्यो...

मदनले बुबा भनेर चिनाए, हामी सबैले अभिवादन गर्यौ.....

हामी मदनको साथमा कोठाबाट बाहीर निस्कियौ | बाहीर Ladies Group को साथमा सोभा पनि बसेकी थिइन | उनीहरु हाँसीरहेका थिए | मदनले उतै जाने प्रस्ताव राखे हामीले पाइला बढायौँ.... सोभाले मलाइ देखीन, उनको हाँसो गायब भयो....

जती जती मेरो पाइला अघि बढ्थ्यो त्यती त्यती उनी राती हुन्थीन र मुन्टो निहुराउँथीन | जब हामी गएर उनीहरु अगाडिको कुर्सीमा गएर बस्यौ, सोभाको टाउको पुरै भुइँतिर झुकेको थियो र खुट्टाको बुढीऔँलाले माटो कोट्याउँदै थिइन....

नविनले भन्यो:- “हैन के साह्रो लजाको हौ....??"

उनले विस्तारै टाउको उठाइन र सानो स्वरमा जवाफ दिइन “ हैन "....

मैले गोजीबाट मोबाइल निकाले, ब्याट्टी ६% मात्र रहेछ... मैले भने :- “मोबाइल त स्वीचअफ हुन लागेछ , मदन चार्जर छ ?"

मदन केही बोल्नुअगाडि नै सोभाले उत्तर दिइहाली :- “हाम्रोमा छ ...जाउँ" उनी उठीहालीन...

मदन हाँस्दै थिए

म पनि उठे र उनको पछी लागेँ... बाटोमा निस्कने समयमा एकपटक फर्केर हेरेँ... सबै हाँस्दै थिए...तर लक्ष्मीको रीस र पिढा मिश्रित अनुहार सबैले पढ्न सक्थ्यो....

मैले वास्तै नगरी अघी बढे.... म बाटोबाट पश्चीम मोडीदै गए..... लक्ष्मीको नजरबाट गायब भएँ..........

To be continue....

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]