उपरदांगगढी

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search


उपरदांगगढी ढुङ्गाले बनाइएको चित्तार्कषक गढी हो। यो गढी पृथ्वी नारायण शाहको कान्छा छोरा राजकुमार बहादुर शाहको छोरा शत्रुभन्जन शाहले बनाएका थिए। यो गढी भर्खरै नेपालको एकीकरण हुँदै गर्दा नेपालअङ्ग्रेजसँग हुनसक्ने सम्भावित भिडन्तलाई ख्याल गरी बनाइएको थियो। निर्माणपछि प्रशासनिक र व्यापारिक केन्द्र बनेको उपरदांगगढी चितवन जिल्लाको पुरानो सदरमुकाम रहेको गढी हो। पहाडको टाकुरामा रहेको गढी र यातायातको असुविधाले गर्दा वि.सं. २०१८ सालदेखि वि.सं. २०२४ साल सम्ममा यहाँबाट सदरमुकाम भरतपुर सारिएको थियो।