सामग्रीमा जानुहोस्

उपरिचर वसु

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
उपरिचर वसु
धर्मग्रन्थहरूपुराण, महाभारत
वंशावली
अभिभावकहरू
  • कृति (पिता)
जीवनसाथीगिरिका
सन्तानहरूप्रत्यग्रह, बृहद्रथ, कुसाम्बु, मावेल्ला, र यदु
मत्स्य (धर्मपुत्र), सत्यवती
वंशचन्द्रवंश

उपरिचर वसु हिन्दु धर्मग्रन्थहरूमा उल्लेखित एक पौराणिक पात्र तथा एक चन्द्रवंशीय राजा हुन्।[] उनी मगधका कुरुहरूका राजा हुन् भने उनले चेदी यादवहरूलाई पराजित गरेर उन्मूलन गरी चेदी राज्यमाथि विजय प्राप्त गरेका हुन्छन्। पुराणहरूमा उनलाई इन्द्रका मित्र र विष्णुका परम भक्तका रूपमा वर्णन गरिएको छ।[] उनको कथा महाभारतमा पनि वर्णन गरिएको छ। उनले चेदी अधिराज्यको कुरु वंशको स्थापना गरेका हुन्छन्।[]हिन्दु धर्मग्रन्थहरूमा चेदीका कुरुहरूलाई हस्तिनापुरका कुरुहरूसँग भ्रम नहोस् भन्नका लागि विशेषगरी चेदीको चन्द्रवंशीलाई ऐल वंश' भनेर चिनाइएको छ। उनका जेठा पुत्र प्रत्यग्रहले उनको उत्तराधिकारी बनेर चेदीको कुरु सिंहासन सम्हाल्छन् भने बृहद्रथले मगधको कुरु सिंहासन विरासतमा पाउँछन् जसले बृहद्रथ वंशको स्थापना गर्दछन्। उनको वंशमा महाभारतका प्रसिद्ध खलनायकहरू शिशुपालजरासन्धको जन्म भएको मानिन्छ।

उनको वास्तविक नाम वसु हो। इन्द्र उनीसँग प्रसन्न भएर उनलाई एउटा विमान (उड्ने रथ) उपहार दिएपछि उनले उपरिचर भन्ने उपाधि प्राप्त गरेको मानिन्छ। यस रथले उनलाई सबै मर्त्य (मानिस) भन्दा माथि (उपरि) हिँड्न वा विचरण गर्न (चर) समर्थ बनाउँछ।[][]

स्कन्द पुराणवायु पुराणका अनुसार उपरिचर वसु एकदमै धर्मी राजा हुन्छन् र उनले आफ्नो रथमा आकाश मार्गबाट यात्रा गर्न सक्षम हुन्छन्। एक पटक, यज्ञमा बलि दिइने सामग्रीका लागि प्रयोग गरिएको 'अज' शब्दको व्याख्यालाई लिएर देवताऋषिहरूबीच विवाद उत्पन्न हुन्छ। यस विवादको मध्यस्थताका लागि उनीहरू उपरिचर वसु कहाँ जाने निर्णय गर्छन्। ऋषिहरूले यज्ञमा अन्नको प्रयोग गर्नुपर्ने तर्क राख्छन् भने देवताहरूले बाख्रा जस्ता पशुको बलि दिनुपर्ने जिद्दी गर्छन्। राजाले देवताहरूको पक्षमा निर्णय सुनाउँछन्। राजाले अहिंसाको विरुद्धमा वकालत गरेकोमा क्रोधित भएर ऋषिहरूले उनलाई पाताल लोकमा खस्ने श्राप दिन्छन्।[] उनलाई विष्णुको निर्देशनमा गरुडले बचाउँछन् र स्वर्गमा लैजान्छन्। स्कन्द पुराणका अनुसार राजालाई सजाय दिइनुको अर्को कारणमा एकपटक पितृहरूको मानस पुत्री अच्छोदा र अद्रिका नामकी अप्सरालाई देखेका हुन्छन्। उनीहरूले एकअर्कालाई बाबु-छोरीको रूपमा हेरेका कारण, उनीहरूलाई पितृहरूले पृथ्वीमा जन्म लिन श्राप दिन्छन्।[]

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. Vyasa's Mahabharatam (अङ्ग्रेजीमा), Academic Publishers, २००८, पृ: 43, आइएसबिएन 978-81-89781-68-2
  2. Books, Kausiki (२०२१-१०-२४), Skanda Purana: Vaishnava Khanda: Vasudeva Mahatmya: English Translation only without Slokas (अङ्ग्रेजीमा), Kausiki Books, पृ: 28।
  3. Pandey, J. N.; Begum, Nasreen (२००९), "Review of ANCIENT INDIAN DYNASTIES", Annals of the Bhandarkar Oriental Research Institute 90: 197–201, आइएसएसएन 0378-1143
  4. Bhaṭṭācārya, Tārānātha TarkaVācaspati (१८७३) [१९६२], "उपरिचर" [Uparichara], वाचस्पत्यम् (बृहत् संस्कृताभिधानम्) [Vācaspatyam: A Comprehensive Sanskrit Lexicon.], The Chowkhamba Sanskrit Series Work No. 94 (संस्कृतमा) 2, Varanasi: Caukhambā, पृ: ३३१, "तुष्टेन शक्रेण तस्मै आकाशगं विमानं दत्तं तत्र चरणादुपरिचरनामेत्युक्तं"
  5. Dvaipāyana, (Vyāsa) Kṛṣṇa, "महाभारतम्-01-आदिपर्व-064" [Mahabharata - Volume 1 - Adi Parva - 064], विकिस्रोतः (संस्कृतमा), अन्तिम पहुँच २०२५-०१-२१, "देवताहरूले उपभोग गर्ने, आकाशमा कञ्चन जस्तै सुन्दर र दिव्य विमान, जुन मैले तिमीलाई अनुग्रहपूर्वक प्रदान गरेको छु उक्त विमान तिमीकहाँ आउनेछ। तिमी मात्र एक यस्तो मर्त्य हुनेछौँ जो यस श्रेष्ठ विमानमा बसेर सबैभन्दा माथि रहेर साक्षात देवताको स्वरूप जस्तै गरी विचरण गर्नेछौ।"
  6. Books, Kausiki (२०२१-१०-२४), Vayu Purana Part 1: English Translation only without Slokas (अङ्ग्रेजीमा), Kausiki Books, पृ: 23।
  7. www.wisdomlib.org (२०२०-०३-०१), "Uparicara Vasu Attains Liberation [Chapter 7]", www.wisdomlib.org (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०२२-१२-२६