उपाध्याय बाहुन

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search

प्राचिन व्यवस्था अनुसार जैसी ब्राह्मण (जैशी बाहुन) बाट उपाध्याय बाहुन भिन्न गरिएको थियो। जैसी बाहुनका थरहरू जैसी, शर्मा, आचार्य,आदि हुन् । खासगरी खस आर्यन सम्प्रदायमा यो थर भएका व्यक्तिहरु परम्परागत रुपमा हिन्दु धर्मावलम्बी सदाचारी ज्योतिष, सनातन हिन्दु धार्मिक क्रियाकलापहरु वेद, कर्मकाण्ड, पूजा-पाठ, हवन-यज्ञगर्ने पेशा अंगालेका विद्वान ब्राम्हण हुने भएता पनि हाल विभिन्न अन्य पेशाहरु पनि अपनाएका छन्। प्राचिन आर्यन हिन्दु धर्म ग्रन्थहरुका अनुसार ब्रह्मगुण / ब्राह्मत्व (ब्राहमणहरूले पालना गर्नु पर्ने विशेष आचार नियमहरू) भ्रष्ट भएको समूह जसले अत्यन्त शुद्ध ब्राहमणहरु (जसलाई कालान्तरमा जैसी बाहुनको नामले चिनियो) माझ उपध्रो, उत्पात मच्चाउने (जसलाई कालान्तरमा उपाध्याय नामले चिनियो, उत्पात शब्द अपभ्रंश भई कालान्तरमा उपाध्याय बनेको) समूह भएकोले जैसी बाहुनहरुबाट उपाध्याय बाहुनहरुलाई भान्छाबाट पर सारिनुका साथै तिनलाई सनातन हिन्दु धार्मिक क्रियाकलापहरु वेद, कर्मकाण्ड, लगाएतका संस्कृतसंग सम्बन्धित कुनैपनि धार्मिक क्रियाकलापहरु, पूजा-पाठ, हवन-यज्ञ गर्न बाट बञ्चित गराईन्छ किन भने यिनिहरू अशुद्ध, स्थर खसेका समूह मानिन्छन्। यिनीहरु कतिपय स्थानहरुमा आफै हलो जोत्छन् भने हाल आएर आफ्नो जिवीकोपार्नका लागि  धार्मिक तथा अन्य पेशाहरु पनिअपनाएका छन्। उपाध्यायहरुले आफ्नो थर उपाध्यायनै लेख्ने गरेको पाईन्छ भने यिनीहरुको सामीप्यता आर्यन खस क्षत्रीय तथा खस दलित जातिहरु संग हुनेभएकोले नेपालका विभिन्न ठाउँहरुमा यिनीहरुबीच बिहावारी समेत हुने गरेको पाइन्छ।

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]

बाह्य लिङ्कहरू[सम्पादन गर्ने]