उपेन्द्रविक्रम शाह
| उपेन्द्रविक्रम शाह | |||||
|---|---|---|---|---|---|
१८७० को दशकमा उपेन्द्र विक्रम शाह | |||||
| जन्म | हनुमान ढोका, काठमाडौँ, नेपाल अधिराज्य | ||||
| |||||
| वंश | शाह वंश | ||||
| बाबु | राजेन्द्र विक्रम शाह | ||||
| आमा | महारानी साम्राज्य राज्य लक्ष्मी | ||||
| धर्म | हिन्दु | ||||
उपेन्द्र बिक्रम शाह एक नेपाली राजकुमार थिए। उनी राजा राजेन्द्रका माहिला छोरा तथा राजा सुरेन्द्रका भाइ थिए। उनलाई महिला साहेबज्युको उपनामले पनि परिचित थिए।
जीवनी
[सम्पादन गर्नुहोस्]उपेन्द्रविक्रम शाहको जन्म काठमाडौँको हनुमान ढोकामा राजा राजेन्द्रविक्रम शाह र महारानी साम्राज्य लक्ष्मी देवीको दोस्रो छोराको रूपमा भएको थियो।[१]
अलौपर्व
[सम्पादन गर्नुहोस्]फौजसहित राजा राजेन्द्र नेपालतर्फ आएको थाहा पाउनेबित्तिकै जङ्गबहादुरले बडाकप्तान सनकसिंह टन्डन लाहुरीक्षेत्रीलाई ठुलो फौज सहित त्यसतर्फ पठाएका थिए। जङ्गबहादुरले राजा सुरेन्द्रको प्रतिनिधिको रूपमा माहिला सहेबज्यूलाई पनि अलौ पठाएका थिए। नेपालको सीमा नजिकै अलौ भन्ने ठाउँमा दुई फौजबीच सामान्य भिडन्त हुँदा राजेन्द्रको फौज सजिलै पराजित हुन पुगी राजा राजेन्द्रलाई कैदीको रूपमा काठमाडौँ ल्याइएको थियो।[२]
जङ्गबहादुरको हत्या योजना
[सम्पादन गर्नुहोस्]वि.सं. १९०७ फागुन ६ गते बेलायत भ्रमण समाप्त गरी फर्किएका जङ्गबहादुरको हत्या गर्ने षड्यन्त्र बनेको थियो। सो षड्यन्त्रमा बमबहादुर, बद्री नरसिंह, जयबहादुर, करवीर खत्री, माहिला साहेबज्यू उपेन्द्रविक्रम सहभागी थिए। जङ्गबहादुरको हत्या गरी उप्रेन्द्र विक्रमलाई श्री ५, बमबहादुरलाई प्रधानमन्त्री र बद्रीनरसिंह कमान्डर इनचिफ बन्ने षडयन्त्र बनेको थियो। बमबहादुरले सो षड्यन्त्रको भण्डाफोर गरेको कुरा प्रमाणित भएकोले भारत, इलाहावादको कारागार चलान गरी तीन जनालाई सजाय दिइएको थियो।[३]
राजा सुरेन्द्र तथा प्रधानमन्त्री जङ्गबहादुर विरुद्ध षड्यन्त्र रचेको अभियोगमा उनी लगायत उनका समूहलाई पक्राउ गरी ब्रिटिस भारतको इलाहाबाद चुनारको किल्लामा नजरबन्दमा राखिएको थियो। [४] वि.सं. १९१० भाद्रमा जयबहादुरको मृत्यु प्रयाग किल्लाभित्र भएको थियो। जङ्गबहादुरकी आमा गणेशकुमारी आफ्ना भाइ माथवरसिंह थापाको हत्यारासँग बाचा हुँदाहुँदै पनि थुनामा परेका छोरा बद्रीनरसिंह र माहिला साहेबज्यूलाई छुटाउन आग्रह गर्दै रुँदारुँदै बेहोस भएकी थिइन्। तदनुसार श्री ३ जङ्गले पुस महिनामा निजहरूलाई कडा सुरक्षाका साथ काठमाडौं झिकाएका थिए। बद्रीनरसिंहलाई केदारनरसिंहको रेखदेखमा पाल्पा र माहिला साहेबज्यू उपेन्द्रविक्रमलाई पहिले भक्तपुर दरबार र पछि बागदरबारमा निगरानीसाथ राखिएको थियो। [५][६]
तन्त्र
[सम्पादन गर्नुहोस्]उपेन्द्रविक्रम शाह एक तान्त्रिक पनि थिए।[७]
सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ Battles of the New Republic: A Contemporary History of Nepal, १२ जनवरी २०१४।
- ↑ नेपालको तथ्य इतिहास राजाराम सुवेदी पृष्ठ २३८
- ↑ प्रा. डा. राजाराम सुवेदी (फागुन २०६१), नेपालको तथ्य इतिहास, साझा प्रकाशन, पृ: २३९, आइएसबिएन 99933-2-406-X।
- ↑ The History of Ancient and Medieval Nepal in a Nutshell: With Some Comparative Traces of Foreign History, १९७२।
- ↑ http://www.royalark.net/Nepal/lamb2.htm
- ↑ Poudel, Keshab (१० सेप्टेम्बर २०१७), "Demolition of Bagh Durbar Erased History", SpotlightNepal (अङ्ग्रेजीमा), अन्तिम पहुँच २६ नोभेम्बर २०२१।
- ↑ Bhattarai, Madan Kumar (१२ डिसेम्बर २०२०), "Unravelling the life of a forgotten Rana General", The Kathmandu Post (Englishमा), अन्तिम पहुँच २६ नोभेम्बर २०२१।