उभयराज वज्राचार्य

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search



नेपालको पहिलो छापाखाना आजभन्दा करीब सयअगाडि आविस्कार गरिएको थियो। यसका आविष्कारक थिए- उभयराज वज्राचार्य। उभयराजको अर्को बोलाईने नाम हो- दुरुकाजी बज्राचार्य। उनको जन्म वि.सं. १८९९ काठमाडौंंको पाको- पोखलडयांगमा भएको थियो। उनले आविष्कार गरेको उक्त प्रेस नेपालको पहिलो हाते-प्रेस हो। यसलाई हट्टा तानेर चलाईन्थ्यो। उक्त प्रेसमा १२ इन्च x १६ इन्च साइजको कागजमा छाप्न सकिन्थ्यो। यो प्रेस वि.सं. १९७५ सम्म बुद्ध प्रेसको नामबाट पाको पोखलडयांगमा चालू रहेको थियो। यो प्रेसबाट नेपाल भाषा र संस्कृत भाषामा बुद्ध धर्मसम्बन्धी पूस्तक छापिएको थियो। यो प्रेस बन्नुभन्दा अगाडि नै वीर शमशेरको शासनकालमा गेहेन्द्र शमशेरले "नारायण प्रेस" नामक प्रेस बनाएर जमलमा राखिछाडेको पनि बुझिएको छ। तर त्यो प्रेस नेपाल मै बनेको हो कि होइन भन्ने कुनै टुँगो लागेको छैन। यो हाते प्रेसको निर्माणपछि पं. निष्ठानन्द वज्राचार्यले लिथो मेशिन बनाएका थिए।

हुन त नेपालमा प्रेसहरूको आविष्कार भएको १ सय वर्षभन्दा धेरै भएको छैन। यो समय भनेको बेलायत, फ्रान्सजस्ता पश्चिमी मुलुकमा छापाखानाको आविस्कार भएर ठूला अत्याधुनिक प्रयोग भइसकेको पछिको समय हो। तापनि यसको आविष्कारले नेपालमा पनि किताब छाप्ने कार्यको थालनीको ढोका खोली दिएको देखिन्छ। यसले नेपालको सांस्कृतिक परिवर्तनमा ठूलो योगदान दिएको देखिन्छ।