उर्मिलादेवी विश्वकर्मा

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
Jump to navigation Jump to search

उर्मिलादेवी विश्वकर्मा (जन्म २० जनवरी १९६०) शिक्षिका¸महिला अधिकारवादी तथा राजनीतिज्ञ हुन्।[१] उनी हाल राष्ट्रिय महिला आयोगको सदस्यको रूपमा कार्यरत छिन्।

नथुनी विश्वकर्मा र उजेली विश्वकर्माकी छोरी उर्मिलादेवीका पति पदमलाल विश्वकर्मा पनि राजनीतिमा सकृय छन्। उर्मिलाले त्रिभुवन विश्वविद्यालयबाट नेपाली विषयमा एम ए सम्मको अध्ययन गरेकी छिन्।

इलाम जिल्लाको शान्तिपुर गाविसमा स्थायी घर भएकी उनी हाल काठमाडौंंको बल्खुमा बसोबास गर्छिन्।

लामो समयसम्म शिक्षण पेशा गरेकी विश्वकर्मा शिक्षकको पेशागत सँगठनहरूमा कार्यरत थिइन्। उनी २०६३ देखि नेपाल राष्ट्रिय दलित मुक्ति मोर्चाको केन्द्रीय सदस्य रहेकी छन्।

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]

बाह्य कडीहरू[सम्पादन गर्ने]