उर्वशी
| उर्वशी | |
|---|---|
आफ्नो पति पुरूरवालाई छोडेर जाँदै गरेकी उर्वशी, राजा रवि वर्माद्वारा चित्रित | |
| देवनागरी | उर्वशी |
| आबद्ध | अप्सरा |
| वासस्थान | स्वर्ग |
| लिङ्ग | महिला |
| वंशावली | |
| जीवनसाथी | पुरुरवा |
| सन्तानहरू | |
उर्वशी हिन्दु धर्मशास्त्रहरू जस्तै वेद, महाकाव्य रामायण र महाभारतका साथै पुराणहरूमा उल्लेख गरिएकी सबैभन्दा प्रमुख अप्सरा हुन्। उनलाई सबै अप्सराहरूमध्ये सबैभन्दा सुन्दरी र एक कुशल नर्तकीको रूपमा मानिन्छ।
उर्वशी धेरै हिन्दु पौराणिक कथाका घटनाहरूमा चित्रित छिन्। उनी ऋषि नारायणको तिघ्राबाट प्रकट भएकी थिइन् र देवताहरूका राजा तथा स्वर्गका शासक इन्द्रको दरबारमा एक विशेष स्थान ओगटेकी थिइन्। उनी पौराणिक चन्द्रवंशका प्रथम राजा पुरुरवासँगको विवाहका लागि प्रसिद्ध छिन्, जसलाई उनले पछि त्यागिदिएकी थिइन्। हिन्दु धर्मका दुई अत्यन्त पूजनीय ऋषिहरू वशिष्ठ र अगस्त्यको जन्ममा पनि उनको महत्त्वपूर्ण भूमिका छ। उर्वशीको कथा विभिन्न कला, प्रदर्शन र साहित्यका लागि प्रेरणाको स्रोत बनेको छ। कवि कालिदास (चौथो-पाँचौँ शताब्दी ईस्वी)ले आफ्नो नाटक विक्रमोर्वशीयम् मा उर्वशी र पुरूरवालाई मुख्य पात्रको रूपमा रूपान्तरण गरेका छन्।[१][२]
शाब्दिक अर्थ
[सम्पादन गर्नुहोस्]संस्कृत नाम "उर्वशी" जरा - उरु र अश - बाट लिइएको हो। यसको धेरै अर्थ हुन सक्छन्।[३] भारतविद् मोनियर मोनियर-विलियम्सका अनुसार यस नामको अर्थ 'व्यापक रूपमा व्यापक' हो र उनी वैदिक धर्मग्रन्थहरूमा यसको पहिलो उपस्थितिमा उर्वशी प्रभातको मानवीकरणको रूपमा भएको सुझाव दिएका छन्।[३] दिव्य-ऋषि नारायणको उरु - 'तिघ्रा' - बाट जन्मेकाले देवीभागवत पुराण अनुसार, अप्सरालाई उर्वशी भनेर चिनिन्छ।[४] केही विद्वानहरू भने यो नाम आर्य-इतर मूलको भएको विश्वास गर्छन्।[५]
साहित्यिक पृष्ठभूमि
[सम्पादन गर्नुहोस्]लगभग १९००-१२०० ईसा पूर्वमा रचना गरिएको सबैभन्दा पुरानो हिन्दु धर्मशास्त्र ऋग्वेदमा विशेष रूपमा उनको नाम उल्लेख गरिउको छ। ऋग्वेदको १०औँ मण्डलको ९५औँ सूक्त उनी र उनका पति पुरुरवा बीचको संवादमा समर्पित छ।[६][७][८] उर्वशी पछिल्ला ग्रन्थहरूमा पनि एक प्रमुख पात्रको रूपमा रहिरहिन्। उनको पौराणिक कथालाई शतपथ ब्राह्मण, बृहद्देवता, महाभारत, रामायण, हरिवंश, वायु पुराण, विष्णु पुराण, मत्स्य पुराण, भागवत पुराण, देवीभागवत पुराण, पद्म पुराण र स्कन्द पुराण जस्ता धेरै पछिल्ला हिन्दु शास्त्रहरूमा पुन: व्याख्या र विस्तार गरिएको छ।[४][९][१०]
उर्वशीलाई धेरै कवि र लेखकहरूले नाटकीय रूप दिएका छन् र रूपान्तरण गरेका छन्। तीमध्ये सबैभन्दा लोकप्रिय संस्कृत कवि कालिदासको नाटक विक्रमोर्वशीयम् हो। यस नाटकले उर्वशी र पुरुरवाको प्रेमलाई चित्रण गर्दछ, तर यसको कथावस्तु शास्त्रहरूमा बताइएको भन्दा धेरै फरक छ। भारतीय कवि रवीन्द्रनाथ ठाकुर (सन् १८६१–१९४१) ले पनि उर्वशीको बारेमा एक कविता लेखेका छन्।[११][१२]
टिप्पणीहरू
[सम्पादन गर्नुहोस्]- ↑ नामहरूको वैकल्पिक सूची—आयु, श्रुतायु, सत्यायु, रय, विजय र जय
सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ Eck, Diana L. (२०१२-०३-२७), India: A Sacred Geography (अङ्ग्रेजीमा), Harmony/Rodale, पृ: 337, आइएसबिएन 978-0-385-53191-7।
- ↑ Gupta, Shakti M. (२००२), Indian Mythology: Myths and Legends (अङ्ग्रेजीमा), B.R. Publishing Corporation, पृ: 133, आइएसबिएन 978-81-7646-276-1।
- ↑ ३.० ३.१ Monier-Williams, Sir Monier; Leumann, Ernst; Cappeller, Carl (१८९९), A Sanskrit-English Dictionary: Etymologically and Philologically Arranged with Special Reference to Cognate Indo-European Languages (अङ्ग्रेजीमा), Motilal Banarsidass Publishing House, पृ: 218, 637, आइएसबिएन 978-81-208-3105-6।
- ↑ ४.० ४.१ Vemsani, Lavanya (२०२१), "Urvashi: Celestial Women and Earthly Heroes", Feminine Journeys of the Mahabharata, पृ: 229–241, आइएसबिएन 978-3-030-73164-9, डिओआई:10.1007/978-3-030-73165-6_12।
- ↑ Jamanadas, K. (२००७), Devadasis: Ancient to Modern (अङ्ग्रेजीमा), Kalpaz Publications, आइएसबिएन 978-81-7835-547-4।
- ↑ Varadpande, Manohar Laxman (२००६), Woman in Indian Sculpture (अङ्ग्रेजीमा), Abhinav Publications, आइएसबिएन 978-81-7017-474-5।
- ↑ Gaur, R. C. (१९७४), "The Legend of Purūravas and Urvaśī: An Interpretation", Journal of the Royal Asiatic Society of Great Britain and Ireland 106 (2): 142–152, जेएसटिओआर 25203565, डिओआई:10.1017/S0035869X00131983।
- ↑ Pattanaik, Devdutt (२० जनवरी २०१९), "Three Vedic women", Mumbai Mirror।
- ↑ Kantawala, S. G. (१९७६), "Purūravas-Urvaśī Episode: A Study in Vedico-Purāṇic Correlates", Annals of the Bhandarkar Oriental Research Institute 57 (1/4): 49–58, जेएसटिओआर 41692233।
- ↑ Doniger, Wendy (१९९३-०२-२३), Purana Perennis: Reciprocity and Transformation in Hindu and Jaina Texts (अङ्ग्रेजीमा), SUNY Press, आइएसबिएन 978-0-7914-1382-1।
- ↑ Dalal, Roshen (२०१०), Hinduism: An Alphabetical Guide (अङ्ग्रेजीमा), Penguin Books India, आइएसबिएन 978-0-14-341421-6।
- ↑ George, K. M. (१९९२), Modern Indian Literature, an Anthology: Surveys and poems (अङ्ग्रेजीमा), Sahitya Akademi, आइएसबिएन 978-81-7201-324-0।