उषाकला राई

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search



मा. उषाकला राई खोटांग जिल्लाबाट ने.क. पा.एमालेको समानुपातिक तर्फको सभासद हुनुहुन्छ | माता लक्ष्मी राई र पिता रुद्र कुमार राईको एक्लो छोरी उषाकला राईको जन्म खोटांग जिल्ला, खाल्ले गा. बि.स. वार्ड नम्बर ५मा २०२६ साल श्रावन २९ गते भएको हो | प्रारम्भिक शिक्षा गाउँमा नै लीनु भएका वहाँले Botanyमा M.Sc. गर्नुभएको छ | वहाँले Sociology/Anthropologyमा स्नातकोत्तर र कानुनमा एल. एल. बि. समेत गर्नु भएको छ | राजनीतिक कार्यकर्ता शेर बहादुर तामांगसँग बिबाह गर्नुभएको वहाँको कृति कन्चन तारा र उन्नयन कन्चन तारा दुई छोराहरू छन् | सभासद हुनु अघि त्रि -चन्द्र कलेज र अमृत साईन्स कलेजमा प्राध्यापन गर्नुभएको वहाँ विभिन्न सँग संस्थाहरूसँग पनि संलग्न हुनुहुन्छ | २०४७ सालमा ने. क. पा. एमालेको संगठित सदस्यता पाउनुभएको वहाँ अहिले अनेमासंघको केन्द्रीय सदस्य समेत हुनुहुन्छ | अधिकारको सवालमा प्रस्ट वक्ता वहाँ अहिले संविधानसभामा १९७ महिला सभासदहरूको समूह महिला ककसको अधक्ष्य हुनुहुन्छा | संविधानसभा मौलिक अधिकार तथा निर्देशक सिधान्त समितिको सदस्य भै सो समिति अन्तर्गत लैंगिक उप-समितिको संयोजकको भूमिकामा रही संविधानसभामा योगदान पुरयाईरहनुभएको छ | संविधानमा महिलालाई वंशको अधिकार हुनुपर्छ भनी पहिलो पटक लविंग गर्ने सभासदको रूपमा वहाँले आफ्नो परिचय बनाउनुभएको छ | महिलालाई वंशको अधिकार, अंशको अधिकार र राज्यका हरेक निकायमा समानुपातिक सहभागिताको अधिकार सुनिस्चित गर्न सक्यौ भने धेरै अधिकार सुनिस्चित हुने वहाँको धाराणा रहेको छ |