उष्णकटिबन्धीय जलवायु

उष्णकटिबन्धीय जलवायु कोपेन जलवायु वर्गीकरणमा अन्तर्गतका पाँच प्रमुख जलवायु समूहहरू मध्येको एक हो। भूगोलका कर्कट र मकर रेखाहरूका बीचमा पर्ने ज्यादै गर्मी हुने भाग हो। उष्णकटिबन्धीय जलवायुहरूलाई सबैभन्दा चिसो महिनामा १८ °से (६४ °फ) वा सो भन्दा माथिको मासिक औसत तापक्रमद्वारा परिभाषित गरिएको छ, जसमा गर्मी युक्त तापक्रम र वर्षभरि उच्च आर्द्रता रहेको हुन्छ। उष्णकटिबन्धीय जलवायुहरूमा वार्षिक वर्षा सामान्यतः प्रचुर मात्रामा हुने र मौसम अनुसारको लय देखाउने भए तापनि, यसमा भिन्नता अनुसारको मौसमी सुख्खापन पनि हुन सक्छ।[१] उष्णकटिबन्धीय जलवायुहरूमा सामान्यतः दुई मात्र मौसमहरू हुन्छन्, एक चिसो (वर्षा/मनसुन) मौसम र एक सुख्खा मौसम। उष्णकटिबन्धीय जलवायुमा वार्षिक तापक्रमको दायरा सामान्यतया धेरै सानो हुन्छ जसमा जलवायुमा सूर्यको प्रकाश तीव्र हुन्छ।
उष्णकटिबन्धीय जलवायु समूहमा तीन प्रकारका आधारभूत उष्णकटिबन्धीय जलवायु पर्दछन् भूमध्यरेखीय जलवायु, उष्णकटिबन्धीय मनसुन जलवायु र उष्णकटिबन्धीय सभाना वा उष्णकटिबन्धीय बर्सात र सुख्खा जलवायु समावेश छन्, जुन ती क्षेत्रहरूमा सबभन्दा सुख्खा महिनाको वर्षणको स्तरद्वारा वर्गीकृत र पृथक गरिएका छन्।
कोपेन जलवायु वर्गीकरण
[सम्पादन गर्नुहोस्]कोपेन जलवायु वर्गीकरण सबैभन्दा व्यापक रूपमा प्रयोग हुने जलवायु वर्गीकरण प्रणाली हो।[२] यसले उष्णकटिबन्धीय जलवायुलाई यस्तो क्षेत्रको रूपमा परिभाषित गर्दछ जहाँ सबैभन्दा चिसो महिनाको औसत तापक्रम १८ °से (६४ °फे) भन्दा वा बराबर रहन्छ र यो ख-समूह जलवायुहरूको मापदण्डमा पर्दैन, यसलाई क-समूह (उष्णकटिबन्धीय जलवायु समूह)को रूपमा वर्गीकृत गरिन्छ।[३] क-समूह क्षेत्रहरू सामान्यतया उष्णकटिबन्धमा, दक्षिणी र उत्तरी गोलार्धमा २३.५ डिग्री अक्षांशको तल पाइन्छ; यसमा भूमध्य रेखा चारैतिरका क्षेत्रहरू, केन्द्रीय अमेरिका, दक्षिण अमेरिकाको उत्तर-मध्य भाग, केन्द्रीय अफ्रिका, एसियाको दक्षिणी भाग र उत्तर अस्ट्रेलिया र प्रशान्त महासागरका द्वीप क्षेत्रहरू समाविष्ट छन्।[४]
सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ "tropics", National Geographic Society (अङ्ग्रेजीमा), २०११-०१-२१, अन्तिम पहुँच २०२२-०४-२६। वेब्याक मेसिन अभिलेखिकरण २०२२-१२-०२ मिति
- ↑ "Köppen Climate Classification: Auxiliary Programs — EnergyPlus 9.4"।
- ↑ Kottek, Markus; Grieser, Jürgen; Beck, Christoph; Rudolf, Bruno; Rubel, Franz (२००६-०७-१०), "World Map of the Köppen-Geiger climate classification updated", Meteorologische Zeitschrift 15 (3): 259–263, आइएसएसएन 0941-2948, डिओआई:10.1127/0941-2948/2006/0130, बिबकोड:2006MetZe..15..259K, मूलबाट Jan २४, २०२४-मा सङ्ग्रहित। वेब्याक मेसिन अभिलेखिकरण २०२४-०१-२४ मिति
- ↑ "World maps of Köppen-Geiger climate classification", koeppen-geiger.vu-wien.ac.at, मूलबाट Feb ८, २०२४-मा सङ्ग्रहित।