सामग्रीमा जानुहोस्

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय (नेपाल)

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालय[]
निकाय विवरण
अधिकार क्षेत्रनेपाल सरकार
प्रधान कार्यालयसिंहदरबार, काठमाडौँ, नेपाल
आदर्श वाक्यनिजामती सेवाको मान्यता: अनुशासन, इमान्दारिता र नैतिकता
मन्त्री


कूल कृषि भूमिको उल्लेख्य प्रतिशतलाई सिञ्चित गर्न सक्ने र प्रशस्त मात्रामा जलविद्युतको उत्पादनगर्न सक्ने सम्भाव्यताका कारण नेपालको मुख्य चुनौतिको रूपमा रहेको गरीबी निवारणमा महत्त्वपूर्ण भूमिका खेल्न सक्ने जलस्रोतको परिचालन र व्यवस्थापन गर्ने जिम्मेवारी यसमन्त्रालयमा रहेको छ।

देशमा औद्योगिक एवम् आर्थिक क्रियाकलाप बिस्तार गर्न आवश्यक उर्जाको उत्पादन रआपूर्ति सम्बन्धी व्यवस्था गर्नु, कृषि प्रणालीमा अपेक्षित सुधारको प्रयासमा सहयोग पुर्‍याउनु सिँचाई प्रविधि सम्बन्धी नीति तर्जुमा र कार्यान्वयन गर्नु यस मन्त्रालयको उद्देश्य रहेको छ।

कार्यक्षेत्र र जिम्मेवारी

[सम्पादन गर्नुहोस्]

नेपाल सरकार (कार्य विभाजन) नियमावली, २०५७ अनुसार यस मन्त्रालयका कार्यर्हहरू निम्न छन् :

  • जलस्रोतको संरक्षण तथा नियन्त्रण र उपयोग सम्बन्धी नीति, योजना र कार्यान्वयन सम्बन्धी,
  • जलस्रोत र यसका उपयोग सम्बन्धी सर्भेक्षण, अनुसन्धान तथा सम्भाव्यता अध्ययन सम्बन्धी,
  • जलस्रोत सम्बन्धी बहुमुखी योजनाहरूको निर्माण, सञ्चालन तथा सम्भार र प्रबर्द्घन सम्बन्धी,
  • जलस्रोत सम्बन्धी जनशक्तिको विकास सम्बन्धी,
  • विद्युत र विद्युत सम्बन्धी कम्पनी एवम् सस्थासँग सम्बन्धित विषयहरू सम्बन्धी,
  • विद्युत विकासमा निजी क्षेत्रको प्रबर्द्घन सम्बन्धी,
  • जलस्रोत र त्यसको उपयोग सम्बन्धी, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सेमिनार, गोष्ठी तथा सर्म्पर्क सम्बन्धी,
  • जलस्रोत र त्यसको उपभोग सम्बन्धी द्विपक्षीय वा बहुपक्षीय वार्ता, सन्धि, सम्झौता सम्बन्धी,
  • सिँचाइ सुबिधा शुल्क सम्बन्धी,
  • जलस्रोतसँग सम्बन्धित बिषयमा अन्य निकायहरूसँग समन्वय गर्ने सम्बन्धी,
  • इन्जिनियरिङ्ग सेवा अर्न्तर्गत इलेक्टि्रकल, मेकानिकल, र मेटेरियोलजी समूह तथा हाइड्रोपावर,
  • हाइड्रोलोजी र इरिगेसन उपसमुह सम्बन्धी नियुक्ति, सरुवा, बढुवा, सुरू नियुक्तिको न्यूनतम शैक्षिक योग्यता र बढुवामा गणना हुने सम्बन्धित विषयको शैक्षिक योग्यताको निर्धारण तथा विभागीय कारवाही आदि सम्बन्धी।

मन्त्रालय अर्न्तर्गतका निकायहरू

[सम्पादन गर्नुहोस्]

आधिकारीक वेबसाईट

[सम्पादन गर्नुहोस्]

www.mowr.gov.np

  1. "About the Ministry", Ministry of Energy, अन्तिम पहुँच २० मार्च २०१८ अभिलेखिकरण २५ मार्च २०१८ वेब्याक मेसिन