ऊर्जा भण्डारण

ऊर्जा भण्डारण भनेको ऊर्जाको माग र ऊर्जा उत्पादन बीचको असन्तुलन कम गर्न भविष्यमा प्रयोगको लागि एक पटकमा उत्पादन गरिएको ऊर्जाको सञ्चय गर्नु हो। [१] ऊर्जा भण्डारण गर्ने उपकरणलाई सामान्यतया एकुमुलेटर वा ब्याट्री भनिन्छ। ऊर्जा विभिन्न स्वरुपमा आउँछ, जस्तै विकिरण, रासायनिक, गुरुत्वाकर्षण सम्भाव्यता, विद्युत सम्भाव्यता, बिजुली, उच्च तापक्रम, अव्यक्त ताप, स्थिति, गतिज सहित धेरै रूपहरूमा आउँछ। ऊर्जा भण्डारण भनेको भण्डारण गर्न गाह्रो हुने स्वरूपबाट ऊर्जालाई अझ सुविधाजनक वा आर्थिक रूपमा भण्डारण गर्न सकिने स्वरूपहरूमा रूपान्तरण गर्नु समावेश छ।
केही प्रविधिहरूले छोटो अवधिको ऊर्जा भण्डारण प्रदान गर्छन्, भने अन्य केही धेरै लामो समयसम्म टिक्न सक्छन्। ठुलो मात्रामा ऊर्जा भण्डारण गर्ने प्रविधिमा परम्परागत र पम्प भण्डारण जलविद्युत को प्रभुत्व छ। ग्रिड ऊर्जा भण्डारण भनेको विद्युतीय पावर ग्रिड भित्र ठूलो मात्रामा ऊर्जा भण्डारणको लागि प्रयोग गरिने विधिहरूको संग्रह हो।
ऊर्जा भण्डारणका आम उदाहरणहरू रिचार्जेबल ब्याट्री हो, जसले मोबाइल फोन सञ्चालन गर्न सजिलै बिजुलीमा रूपान्तरण हुने रासायनिक ऊर्जा भण्डारण गर्दछ; जलविद्युत बाँधले गुरुत्वाकर्षण स्थिति ऊर्जाको रूपमा जलाशयमा ऊर्जा भण्डारण गर्दछ;। कोइला र पेट्रोल जस्ता जीवाश्म इन्धनहरूमा प्राचीन जीवहरूद्वारा सूर्यको प्रकाशबाट प्राप्त ऊर्जा भण्डारण भएको हुन्छ। यी जीवहरू मरेर पुरिएपछि लाखौं वर्षको अन्तरालमा इन्धनहरूमा परिणत हुन्छ। खाद्य पदार्थ (जुन जीवाश्म इन्धन जस्तै प्रक्रियाद्वारा बन्छ) रासायनिक स्वरूपमा भण्डारण गरिएको ऊर्जाको एक रूप हो।
विधी
[सम्पादन गर्नुहोस्]
सारांश
[सम्पादन गर्नुहोस्]निम्न सूचीमा विभिन्न प्रकारका ऊर्जा भण्डारण समावेश छन्::
- जीवाश्म ऊर्जा
- यान्त्रिक
- स्प्रिङ
- कम्प्रेस हावा
- फायरलेस लोकोमोटिब
- फ्लाइव्हिल
- Solid mass gravitational
- हाइड्रोलिक एकुमुलेटर
- पम्प भण्डारण जलविद्युत
- तापीय विस्तार
- विद्युतीय, विद्युत चुम्बकीय
- क्यापासिटर
- सुपरक्यापासिटर
- सुपर म्याग्नेटिक
- जैविक
- विद्युत रसायन
- ताप
- रसायनिक
- जैविक इन्धनs
- हाइड्रेट
- हाइड्रोजन पर अक्साइड
- पावर टु ग्यास (मिथेन, हाइड्रोजन, अक्सीहाइड्रोजन)
यान्त्रिक
[सम्पादन गर्नुहोस्]
Energy can be stored in water pumped to a higher elevation using pumped storage methods or by moving solid matter to higher locations (gravity batteries). Other commercial mechanical methods include compressing air and flywheels that convert electric energy into internal energy or kinetic energy and then back again when electrical demand peaks.
जलविद्युत
[सम्पादन गर्नुहोस्]जलाशय सहित्का जलविद्युत बाँधहरू उच्च मागको समयमा बिजुली प्रदान गर्न सञ्चालन गर्न सकिन्छ। कम मागको समयमा जलाशयमा पानी भण्डारण गरिन्छ र माग उच्च हुँदा छोडिन्छ।
जलविद्युत बाँधले अन्य प्रत्यक्ष रूपमा ऊर्जा भण्डारण गर्दैन, तर अन्य स्रोतहरूबाट उत्पादन घटाएर समान रूपमा व्यवहार गर्दछ। यस अवस्थामा, बाँधहरू ऊर्जा भण्डारणको सबैभन्दा कुशल रूपहरू मध्ये एक हो, किनभने यसको उत्पादनको समय मात्र परिवर्तन हुन्छ। जलविद्युत टर्बाइनहरूको सुरु हुने समय केही मिनेटको मात्र हुन्छ।[२]
पम्प जलविद्युत
[सम्पादन गर्नुहोस्]
विश्वव्यापी रूपमा, पम्प भण्डारण जलविद्युत (पिएसएच) सक्रिय ग्रिड ऊर्जा भण्डारणको सबैभन्दा ठूलो क्षमताको रूप हो। इलेक्ट्रिक पावर रिसर्च इन्स्टिच्युटको रिपोर्ट अनुसार २०१२ मार्च सम्म कि पम्प जलविद्युतले विश्वव्यापी रूपमा बल्क भण्डारण क्षमताको ९९% भन्दा बढी ओगटेको छ, जुन लगभग १२७,००० मेगावाट हो। [३] पम्प जलविद्युत ऊर्जा दक्षता व्यवहारमा ७०% र ८०% बीचमा हुन्छ,[३][४][५][६] यो दक्षता ८७% सम्म पुग्ने दाबि गरिएको छ।[७]
विद्युतको माग कम भएको समयमा, अतिरिक्त उत्पादनको क्षमता तलको जलाशयबाट माथिको जलाशयमा पानी पम्प गर्न प्रयोग हुन्छ। जब विद्युत माग बढ्छ, पानीलाई तलको जलाशयमा टर्बाइनको माध्यमबाट प्रवाह गराइन्छ र विद्युत उत्पादन गरिन्छ। उल्टाउन मिल्ने रिभर्सिबल टर्बाइन-जेनेरेटर एसेम्बलीले पम्प र टर्बाइन (सामान्यतया फ्रान्सिस टर्बाइन) दुबैको रुपमा काम गर्छ। लगभग सबै प्रणालीहरूमा दुई जलाशय बीचको उचाइ भिन्नता प्रयोग गरिन्छ।
सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ Clarke, Energy, "Energy Storage", Clarke Energy, मूलबाट जुलाई २८, २०२०-मा सङ्ग्रहित, अन्तिम पहुँच ५ जुन २०२०।
- ↑ Huggins, Robert A (सेप्टेम्बर १, २०१०), Energy Storage, Springer, पृ: ६०, आइएसबिएन 978-1-4419-1023-3।
- 1 2 उद्दरण त्रुटी: अवैध
<ref>चिनो; "EconomistPSH" नामको सन्दर्भका लागि कुनै पाठ प्रदान गरिएको छैन - ↑ उद्दरण त्रुटी: अवैध
<ref>चिनो; "thier" नामको सन्दर्भका लागि कुनै पाठ प्रदान गरिएको छैन - ↑ उद्दरण त्रुटी: अवैध
<ref>चिनो; "Levine" नामको सन्दर्भका लागि कुनै पाठ प्रदान गरिएको छैन - ↑ उद्दरण त्रुटी: अवैध
<ref>चिनो; "yang" नामको सन्दर्भका लागि कुनै पाठ प्रदान गरिएको छैन - ↑ उद्दरण त्रुटी: अवैध
<ref>चिनो; "heco" नामको सन्दर्भका लागि कुनै पाठ प्रदान गरिएको छैन