सामग्रीमा जानुहोस्

ऊर्जा संरक्षणको नियम

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

ऊर्जा संरक्षणको नियम भौतिकशास्त्रको एक अनुभवजन्य नियम हो।

यस अनुसार[]

पृथक प्रणालीको कुल ऊर्जा समयसँगै स्थिर रहन्छ। यसको अर्थ ऊर्जा न त सिर्जना गर्न सकिन्छ न त नष्ट गर्न सकिन्छ; केवल यसको रूप परिवर्तन गर्न सकिन्छ। उदाहरणका लागि, गतिज ऊर्जालाई स्थिति ऊर्जामा रूपान्तरण गर्न सकिन्छ; विद्युत ऊर्जालाई तापीय ऊर्जामा रूपान्तरण गर्न सकिन्छ; र यान्त्रिक कार्यले ताप उत्पन्न गर्न सक्छ। यसको अर्थ ऊर्जा अविनाशी छ।

तापगतिकी विज्ञानको पहिलो नियम पनि वास्तवमा ऊर्जा संरक्षणको नियमको परिमार्जित रूप हो।

ऊर्जाको अविनाशीताको सिद्धान्ततर्फ पहिलो अवधारणा न्युटनका समकालीन डच वैज्ञानिक क्रिस्चियन ह्युजेन्सले १६६९ मा दिएका थिए। आफ्नो एउटा पुस्तकमा ह्युजेन्सले भनेका छन् कि जब दुई पूर्ण रूपमा इलास्टिक पिण्डहरू ठोक्किन्छन्, तिनीहरूको द्रव्यमान र तिनीहरूको वेगको गुणनफलको योगफल टक्कर पछि पहिले जस्तै रहन्छ।

कतिपयको अनुमान अनुसार न्यूटनलाई यान्त्रिक ऊर्जाको अविनाशीताको सिद्धान्त थाहा थियो। यद्यपि, १७८८ मा यसलाई स्पष्ट रूपमा बताउने पहिलो व्यक्ति लाग्रान्ज थिए। लाग्रान्जका अनुसार, कुनै पनि बाह्य बलबाट प्रभावित नभएको प्रणालीमा, यान्त्रिक ऊर्जा, अर्थात्, स्थिति ऊर्जागतिज ऊर्जाको योगफल सधैं उस्तै रहन्छ।

गोटफ्राइड लेबनिज

१६७६ र १६८९ को बीचमा, गोटफ्राइड लेबनिजले पहिलो पटक गति (गति ऊर्जा) सँग सम्बन्धित ऊर्जाको गणितीय सूत्रीकरण गर्ने प्रयास गरे। ह्युजेन्सको टक्कर सम्बन्धी अवधारणाको प्रयोग गर्दै, लेबनिजले धेरै यान्त्रिक प्रणालीहरूमा ( द्रव्यमान mi, प्रत्येकको वेग vi सहित),, जबसम्म द्रव्यमानहरू अन्तर्क्रिया गर्दैनन् तबसम्म : संरक्षित हुन्छ भन्ने पत्ता लगाए।

ऊष्मागतिकीको प्रथम नियम

[सम्पादन गर्नुहोस्]

जूलको नियमानुसार ऊष्मागतिकी को प्रथम नियम ऊर्जा संरक्षणको नियम नै हो। निकायमा दिइएको ताप (ऊष्मा) सम्पूर्ण रूपमा कार्यमा परिवर्तित हुदैन। यसको केही भाग आन्तरिक ऊर्जा वृद्धिको लागि खर्च हुन्छ र बाँकी कार्यमा परिवर्तन हुन्छ। अत: प्रथम नियम यस प्रकार हुन्छ।

∆Q = ∆U + ∆W

(जहाँ, ∆Q = प्रणालीमा प्रवाहित ऊर्जा, ΔU = आन्तरिक ऊर्जा परिवर्तन, ∆W = प्रणालीद्वारा गरिने कार्य)

यो पनि हेर्नुहोस्

[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. Richard Feynman (१९७०), The Feynman Lectures on Physics Vol I, Addison Wesley, आइएसबिएन 978-0-201-02115-8