सामग्रीमा जानुहोस्

ऊर्मिला

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
ऊर्मिला
ऊर्मिला र लक्ष्मणको विवाह समारोह
देवनागरीऊर्मिला
आबद्धनागलक्ष्मीको अवतार
वासस्थानअयोध्या, वैकुण्ठ, क्षीर सागर
धर्मग्रन्थहरूरामायणयसका अन्य संस्करणहरू
लिङ्गमहिला
वंशावली
जन्म
मृत्यु
अभिभावकहरू
भाइबहिनीहरूसीता (धर्म दिदी)

माण्डवी (काकाकी छोरी)

श्रुतकीर्ति (काकाकी छोरी)
जीवनसाथीलक्ष्मण
सन्तानहरूअङ्गद, चन्द्रकेतु
वंशविदेह (जन्मद्वारा)
रघुवंश-सूर्यवंश (विवाहद्वारा)

ऊर्मिला एक हिन्दु देवी तथा हिन्दु धर्मग्रन्थ रामायण मा वर्णित विदेहकी राजकुमारी हुन्। उनलाई नागदेवी नागलक्ष्मीको अवतार मानिन्छ। ऊर्मिलाको विवाह लक्ष्मणसँग भएको हुन्छ भने उनी आफ्नो श्रीमान् प्रतिको समर्पण र त्यागका लागि चिनिन्छिन्।[][]

ऊर्मिलाको जन्म मिथिलाका राजा जनक र रानी सुनयनाकी छोरीको रूपमा भएको थियो। यस धर्मग्रन्थकी मुख्य पात्र सीता उनकी दिदी हुन्। आफ्नी दिदीको स्वयम्वर पछि उनको विवाह लक्ष्मणसँग भएको थियो। एक किंवदन्ती अनुसार, उनका श्रीमान् वनवासको समयमा राम र सीताको रक्षा गर्न ती वर्षहरूभरि जागा रहन सकून् भन्ने उद्देशले ऊर्मिला लगातार चौध वर्षसम्म सुतेकी थिइन्। उनी यो अतुलनीय बलिदानका लागि उल्लेखनीय छिन्, जसलाई 'ऊर्मिला निद्रा' भनिन्छ। हिन्दु धर्ममा भारतका विभिन्न स्थानहरूमा आफ्ना श्रीमानसँगै ऊर्मिलाको पूजा गरिन्छ।[]

व्युत्पत्ति

[सम्पादन गर्नुहोस्]

ऊर्मिला नाम संस्कृत मूलको हो, जसलाई 'ऊर्मि' अर्थात् लहर वा तरङ्ग र 'मिला अर्थात् मिलन हुनु वा जोडिनु गरी दुई भागमा बाँड्न सकिन्छ। यसरी उनको नामको अर्थ 'दम्पतीलाई जोड्ने प्रेमको लहर' भन्ने हुन्छ। उनको नामको अन्य अर्थ 'विनम्र' वा 'जादुमयी स्त्री' पनि हुन्छ।[]

पौराणिक कथा

[सम्पादन गर्नुहोस्]

जन्म र प्रारम्भिक जीवन

[सम्पादन गर्नुहोस्]

ऊर्मिलाको जन्म मिथिलाका राजा जनक र रानी सुनयनाकी छोरीको रूपमा भएको थियो।[] ऊर्मिलालाई शेषनागकी पत्नी नागलक्ष्मीको अवतार मानिन्छ। गर्ग संहितामा नागलक्ष्मीलाई क्षीर सागर भनिने दिव्य सागरको मानवीकरण मानिएको छ र उनलाई 'क्षीरा' भनिएको छ।[][]

आफ्नी दिदी सीतालाई उनका आमाबुबाले धर्मपुत्रीको रूपमा स्वीकार गरेपछि जया एकादशीका दिन ऊर्मिलाको जन्म भएको थियो।[] माण्डवीश्रुतिकीर्ति उनका काकाका छोरीहरू हुन् जो उनका बुबाका भाइ कुशध्वज र उनकी पत्नी चन्द्रभागाबाट जन्मेका थिए।[] पौराणिक कथाहरूका अनुसार उनी एक विदुषी (विद्वान्) र कलाकार थिइन्।[१०]

लक्ष्मणसँगको विवाह

[सम्पादन गर्नुहोस्]
अन्य तीन दाजुभाइ र दिदीबहिनीहरूसँगै ऊर्मिला र लक्ष्मणको विवाह समारोह। १८औँ शताब्दीको प्रारम्भिक साङ्ग्री रामायणको चित्र। राष्ट्रिय सङ्ग्रहालय, नयाँ दिल्ली

रामले सीताको स्वयम्वर जितेपछि उनीहरूको विवाह तय हुनेछ। राजा दशरथ आफ्ना छोराको विवाहका लागि मिथिला आएका बेला लक्ष्मणको ऊर्मिलाप्रति आकर्षण रहेको कुरा थाहा पाएउँछन् तर परम्परा अनुसार जेठो दाजु भरत र माण्डवीको विवाह पहिले हुनुपर्ने थियो।[११][१२] त्यसपछि राजा दशरथले भरतको माण्डवी र शत्रुघ्नको श्रुतकीर्तिसँग विवाहको व्यवस्था मिलाएपछस लक्ष्मण र ऊर्मिलाको विवाह सम्भव हुन पुग्छ। अन्ततः चारै दिदीबहिनीको चारै दाजुभाइसँग विवाह हुन्छ र यसरी यी दुई राज्यबीचको सम्बन्ध प्रगाढ बन्छ।[१३] विवाह समारोह शतानन्दको मार्गनिर्देशनमा सम्पन्न भएको थियो। अयोध्या फर्कने क्रममा विष्णुका अर्का अवतार परशुरामले रामलाई विष्णुको धनुष शार्ङ्गमा ताँदो चढाउने सर्तमा युद्धका लागि चुनौती दिए। रामले सफलतापूर्वक ताँदो चढाएपछि परशुरामले रामलाई विष्णुको रूपमा स्वीकार गरे र तपस्याका लागि महेन्द्र पर्वततर्फ प्रस्थान गर्छन्।[१४][१५] त्यसपछि विवाह टोली भव्य उत्सवका साथ अयोध्या प्रवेश गर्छ।[१६]

विश्वामित्रका अनुसार ऊर्मिला र लक्ष्मण "शालीनता र विरासत" मा एकअर्काका लागि योग्य थिए।[१७] ऊर्मिला र लक्ष्मणका अङ्गदचन्द्रकेतु नामका दुई छोराहरू थिए। लक्ष्मण रामप्रति समर्पित रहेजस्तै ऊर्मिला पनि सीताप्रति समर्पित रहेको वर्णन गरिएको छ।[१८]

तुलसीदासको रामचरितमानसमा आधारित एक किंवदन्ती अनुसार, सीता र लक्ष्मणको मृत्यु तथा राम, भरत र शत्रुघ्नको समाधिपछि, माण्डवी र श्रुतकीर्ति आफ्ना पतिहरूको समाधिपछि सती गएका थिए।[१९] आफ्नी दिदी सीतालाई दिएको वचन अनुसार, ऊर्मिला आफ्ना छोराहरू अङ्गद र चन्द्रकेतु, तथा सीताका छोराहरू लवकुशको हेरचाह गर्न अयोध्यामै बसिन्। केही वर्षपछि, ऊर्मिलाले सरयू नदीमा समाधि लिएकी थिइन्।[२०]

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. www.wisdomlib.org (२०१२-०६-२४), "Urmila, Urmilā, Ūrmilā: 9 definitions", www.wisdomlib.org (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०२२-०९-१०
  2. Agarwal, Shubhi (२० अप्रिल २०२२), LakshmiLa : The Eternal Love Story, Om Books International, आइएसबिएन 978-93-92834-21-9
  3. Moor, Edward (१८१०), The Hindu Pantheon (अङ्ग्रेजीमा), J. Johnson, पृ: 316।
  4. "Ramayana | Summary, Characters, & Facts", Encyclopedia Britannica (अङ्ग्रेजीमा), मूलबाट १२ अप्रिल २०२०-मा सङ्ग्रहित, अन्तिम पहुँच २०२०-०२-१८
  5. Mishra, V. (१९७९), Cultural Heritage of Mithila, Allahabad: Mithila Prakasana, पृ: 13, अन्तिम पहुँच २८ डिसेम्बर २०१६
  6. Garga Saṁhita (अङ्ग्रेजीमा), Rasbihari Lal & Sons, २००६, आइएसबिएन 978-81-87812-98-2
  7. Raj, Selva J.; Dempsey, Corinne G. (१२ जनवरी २०१०), Sacred Play: Ritual Levity and Humor in South Asian Religions (अङ्ग्रेजीमा), State University of New York Press, आइएसबिएन 978-1-4384-2981-6
  8. Dictionary of Hindu Lord and Legend (आइएसबिएन ०-५००-५१०८८-१) by Anna Dhallapiccola
  9. Raychaudhuri, Hemchandra (२००६), Political History of Ancient India, Cosmo Publications, आइएसबिएन 81-307-0291-6
  10. "Sita's Sisters: Conversations On Sisterhood Between Women Of Ramayana", Outlook India, अन्तिम पहुँच २६ अक्टोबर २०२३
  11. Praśānta Guptā (१९९८), Vālmīkī Rāmāyaṇa, Dreamland Publications, पृ: 32, आइएसबिएन 9788173012549
  12. www.wisdomlib.org (२०१२-०६-२९), "Lakshmana, Lakṣmaṇa, Lakṣmaṇā: 34 definitions", www.wisdomlib.org (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०२२-१२-२३
  13. Debroy, Bibek (२००५), The History of Puranas (अङ्ग्रेजीमा), Bharatiya Kala Prakashan, आइएसबिएन 978-81-8090-062-4
  14. Bhalla, Prem P. (१ जनवरी २००९), The Story Of Sri Ram, Peacock Books, आइएसबिएन 978-81-248-0191-8
  15. Valmiki, The Ramayana, पृ: 126–145।
  16. Swami Parmeshwaranand (२००१-०१-०१), Encyclopaedic Dictionaries of Puranas, Sarup & Sons, पृ: 1210–1220, आइएसबिएन 978-81-7625-226-3, अन्तिम पहुँच ३१ जुलाई २०१२
  17. "Book 1 (Bala-kanda): Chapter 72 - The marriage of the four sons of King Dasaratha", www.wisdomlib.org, अन्तिम पहुँच २१ डिसेम्बर २०२३
  18. Dawar, Sonalini Chaudhry (२००६), Ramayana, the Sacred Epic of Gods and Demons (अङ्ग्रेजीमा), Om Books International, आइएसबिएन 9788187107675
  19. MacFie, J. M. (१ मे २००४), The Ramayan Of Tulsidas Or The Bible Of Northern India, Kessinger Publishing, आइएसबिएन 978-1-4179-1498-2
  20. Richman, Paula (१ जनवरी २००१), Questioning Ramayanas: A South Asian Tradition, University of California Press, आइएसबिएन 978-0-520-22074-4