एअर इन्डियाको उडान १७१ दुर्घटना
![]() छात्रावासको भवनसँग ठोक्किएर दुर्घटनाग्रस्त भएपछि लिइएको एक तस्वीर | |
दुर्घटना | |
---|---|
मिति | १२ जुन २०२५ |
सारांश | उडान भरेको ३० सेकेन्डमै दुर्घटनाग्रस्त भएको |
स्थल | सरदार बल्लभभाइ पटेल अन्तर्राष्ट्रिय विमानस्थल, अहमदाबाद, भारत |
मृतक सङ्ख्या | अन्दाजी २९४[१] |
घाइते सङ्ख्या | १ (निश्चित) |
विमान | |
![]() दुर्घटनाग्रस्त भएको विमान भिटी-एएनबी, सन् २०२४ मा लिइएको एक तस्वीर। | |
विमानको प्रकार | बोइङ ७१७-८ ड्रिमलाइनर |
सञ्चालक | एअर इन्डिया |
आइएटिए उडान सं. | एआइ१७१ |
आइसिएओ उडान सं. | एआइसी१७१ |
परिचयक चिह्न | एअर इन्डिया १७१ |
दर्ता नम्बर | भिटी-एएनबी |
विमान उडान | सरदार बल्लभभाइ पटेल अन्तर्राष्ट्रिय विमानस्थल, अहमदाबाद, भारत |
गन्तव्य | गेटविक विमानस्थल, लन्डन, संयुक्त अधिराज्य |
सिट सङ्ख्या | २४२ |
यात्रुहरू | २३० |
चालक दल | १२ |
मृत्यु | २४१ |
घाइतेहरू | १ |
हराइरहेका | अज्ञात |
जोगिन सफल | १ [२][३][४] |
Ground casualties | |
स्थलगत मृतकहरू | अन्दाजी ५३[१] |
स्थलगत घाइतेहरू | अज्ञात |
एअर इन्डियाको उडान १७१ भारतको अहमदाबादमा सरदार वल्लभभाइ पटेल अन्तर्राष्ट्रिय विमानस्थलबाट संयुक्त अधिराज्यको लन्डन गेटविक विमानस्थलका लागि निर्धारण गरिएको एक अन्तर्राष्ट्रिय हवाई उडान थियो जुन सन् २०२५ जुन १२ का दिन दिउँसोको १:३८ बजे (भामास) उडान भरेको ३० सेकेन्डपछि अहमदाबादको मेघाणी नगर क्षेत्रमा रहेको बिजे मेडिकल कलेजको छात्रावासमा ठोक्किन पुगि दुर्घटनाग्रस्त भएको थियो।[५] यो एक बोइङ ७८७-७ ड्रिमलाइनर विमान थियो जसमा २३० यात्री र १२ चालक दलका सदस्यहरू सवार थिए।[६]
यो विमान दुर्घटना सन् २०२० को दशकको सबैभन्दा घातक विमान दुर्घटना बन्न पुगेको थियो भने यस अघि जेजु एयर उडान २२१६ दुर्घटनालाई सबैभन्दा घातक विमान दुर्घटना मानिएको थियो। दुर्घटनास्थलबाट लगभग २९० जनाको शव बरामद गरिएको थियो जसमा विमानमा सवार यात्री र जमीनमा रहेका मानिसहरू दुवै सामेल छन्। विमानमा सवार २३० यात्रु र १२ चालकदलका सदस्यहरू सहित कम्तिमा २६९ व्यक्तिहरूको मृत्यु भएको थियोे भने ज्यान गुमाउनेहरूमा सवार २४१ र २८ सर्वसाधारणहरू सामेल छन्। यो घटनाबाट एकजना मात्र यात्रुले बाँच्न सफल भएका थिए।[७] यो दुर्घटना बोइङ ७८७ ड्रिमलाइनरमा संलग्न पहिलो घातक र विमान पूर्णरूपमा क्षतिग्रस्त भएको विमान दुर्घटना थियो।
पृष्ठभूमि
[सम्पादन गर्नुहोस्]विमानको विवरण
[सम्पादन गर्नुहोस्]
दुर्घटनामा परेको विमान ११ वर्ष पुरानो बोइङ ७८७-८ ड्रिमलाइनर थियो जसको दर्ता नम्बर भिटी-एएनबी र सिरियल नम्बर ३६२७९ थियो।[८][९] यो विमानलाई सन् २०१४ को जनवरीमा नयाँ अवस्थामै एअर इन्डियामा समावेश गरिएको थियो। यो विमान दुईवटा जनरल इलेक्ट्रिक जिएनएक्स-१बि६७ इन्जिनद्वारा सञ्चालित थियो। यो विमान दुर्घटना सन् २०११ मा बोइङ ७८७ सुरु भएयतादेखि यस मोडेलको पहिलो घातक र ठूलो क्षतिको घटना बनेको थियो।[१०][११] यो एअर इन्डियाको लागि पनि पहिलो ठूलो क्षति हो भने सन् १९८५ मा एअर इन्डियाको उडान १८२ मा बम आक्रमणपछि एअर इन्डियाले सन् २०१३ मा गेटविकबाट उडान रूट सञ्चालन गर्न सुरु गरेको थियो भने दुर्घटनाको समयमा संस्थाले हप्तामा १२ वटा उडान सञ्चालन गर्दै आइरहेको थियो जसमा पाँच वटा उडान अहमदाबाद विमानस्थलबाट हुँदै आएको थियो।[१२]
यात्री तथा चालकदलका सदस्यहरू
[सम्पादन गर्नुहोस्]राष्ट्रियता | यात्री | चालकदल | जम्मा |
---|---|---|---|
भारतीय | १६९ | १२ | १८१ |
बेलायती | ५३ | — | ५३ |
पोर्तुगाली | ७ | — | ७ |
क्यानडेली | १ | — | १ |
जम्मा | २३० | १२ | २४२ |
भारतको नागरिक उड्डयन महानिर्देशनालय र एअर इन्डियाको आधिकारिक प्रकाशित सामग्रीहरूका अनुसार एअर इन्डियाको उडान १७१ मा कुल २४२ जना सवार थिए जसमध्ये २३० यात्री र १२ चालकदलका सदस्यहरू थिए। यात्रीहरूमध्ये ११ बालबालिका र २ नवजात शिशु पनि थिए।[१३][१४] चालकदलमा २ विमानचालक र १० चालकदल सदस्यहरू थिए। सवार यात्रीहरूमध्ये १६९ जना भारतीय, ५३ जना बेलायती, ७ जना पोर्तुगाली र १ जना क्यानडेली नागरिक थिए। यात्रीहरूको सूचीमा भारतका पूर्व मुख्यमन्त्री विजय रुपानीको नाम पनि समावेश छ।[१५][१६][१७] उडानको नेतृत्व ५५ वर्षीया विमानचालक सुमीत सबरावलले गरेका थिए जोसँग ८,२०० घण्टाको उडान अनुभव थियो भने उनका सहायक पहिलो अधिकारी ३२ वर्षीया क्लाइभ कुन्दर थिए जोसँग १,१०० घण्टाको उडान अनुभव थियो।[१८][१९]
दुर्घटना
[सम्पादन गर्नुहोस्]
उक्त क्षेत्रको नक्सा |
एअर इन्डियाको उडान १७१ ले १३:३८ (भारतीय मानक समय) (०८:०८ युटिसी) मा सरदार वल्लभभाइ पटेल अन्तर्राष्ट्रिय विमानस्थलको रनवे २३ बाट लन्डन गेटविकका लागि उडान उडान भरेको थियो। मौसम सम्बन्धि प्रतिवेदनका अनुसार त्यस दिन मौसम स्थिर र दृश्यता स्पष्ट थियो।[२०]
विमानको एडिएस-बी ट्रान्सपोन्डरले अन्तिमपटक ०८:०८:५० (युटिसी) मा ६२५ फिट (१९१ मिटर) उचाइमा विमान पुगेपछि सङ्केत पठाएको थियो भने त्यसलगत्तै जडान विच्छेद भएको थियो। जडान विच्छेद हुनु पूर्व अहमदाबादको एअर ट्राफिक कन्ट्रोललाई विमानचालकहरूले मेडे कल गरेका थिए।[२१]
दुर्घटनाको एक भिडियोले विमानले सुरुवाती उचाई बढाउँदै गर्दा उचाइ क्रमिक रूपमा घट्दै गइरहेको देखाउँछ भने त्यसपछि क्रमिक रूपमा विमान तल खस्न थालेपछि विमान दुर्घटनाग्रस्त बनेको थियो। विमान एक भवनसँग ठोक्किएर दुर्घटनाग्रस्त बनेसँगै धुँवाको मुस्लो देखिएको थियो। दुर्घटनास्थल रनवेबाट १.५ किलोमिटर टाढा थियो।[२२]
मेघनीनगर क्षेत्रका साक्षीहरूले विस्फोट लगत्तै सूचनाहरू प्रवाह गर्न थालेका थिए।[२३][२४] विमान सिभिल अस्पताल परिसरको आवासीय क्षेत्रमा दुर्घटनाग्रस्त बनेको थियो। चिकित्सकहरूको आवासस्थल र अस्पतालको बिजी मेडिकल कलेजको विद्यार्थी छात्रावासको भवनमा विमान खसेको थियो। यो एअर इन्डियाको अहिलेसम्मकै सबै घातक र विमान पूर्णरूपमा क्षति भएको पहिलो घटना थियो भने यस अघि सन् १९८५ जुनमा एअर इन्डियाको उडान १८२ मा बम विस्फोटन भएको थियो।[२५]
उद्धार कार्य
[सम्पादन गर्नुहोस्]अहमदाबादको अग्नि तथा आपतकालीन सेवा विभागले विभिन्न सहरका थुप्रै विभाजनहरूबाट उद्धार एकाइहरूलाई तत्काल तैनाथ गरेको पुष्टि गरेको थियो।[२६] विमान दुर्घटना पछि नियन्त्रण कक्षमा पहिलो फोन कल १३:४५ (भारतीय मानक समय) मा प्राप्त भएको थियो। उद्धार कार्यका लागि नरोदाको गुजरात औद्योगिक विकास निगमबाट तत्काल दुई अग्निशामक टोलीहरू पठाइयो भने एक सैन्य विभागलाई पनि खटाइएको थियो। ३०० भन्दा बढी अग्निशामक, ६० अग्नि सवारीसाधन र २० वटा पानीका ट्याङ्करहरू आगो निभाउनका लागि तैनात गरिएको थियो। आपतकालीन सेवा सहित २० वटा एम्बुलेन्सहरूलाई घटनास्थलमा पठाइएको थियो।[२७] दुर्घटनास्थल र वरपरका सबै सडकहरू उद्धार कार्यलाई सहज बनाउनका लागि बन्द गरिएका थिए।
अहमदाबाद विमानस्थलको सुरक्षा जिम्मेवारी लिएको केन्द्रिय औद्योगिक सुरक्षा बल उद्धार कार्यमा सबैभन्दा पहिले खटेको थियो।[२८] उद्धार र राहत कार्यमा सहयोग पुर्याउन भारतीय सेना, सीमा सुरक्षा बल, केन्द्रिय रिजर्भ प्रहरी बल, राष्ट्रिय आपतकालीन प्रतिक्रिया बल र पश्चिमी रेलवेका टोलीहरू पठाइएका थिए भने एक सैनिक अस्पताल तत्पर अवस्थामा राखिएको थियो।[२९][३०][३१][३२] अहमदाबाद महानगरपालिका १५० भन्दा बढी गाडीहरू, जसमा ठूलाठूला मेसिन, डोजर, ट्रक र एक रोलर समावेश थिए जसले दुर्घटनास्लबाट भग्नावशेष हटाउन पठाइएको थियो। नगर निगमले इन्जिनियर र स्वास्थ्य विभागका कर्मचारीहरूलाई पनि पठाउनका साथसाथै नगर अस्पतालहरूलाई आपतकालीन अवस्थाका लागि तयार रहन आदेश दिएको थियो। दुर्घटना भएको केही समयपछि, विमानस्थलमा सबै उडान सञ्चालन निलम्बित गरिएको भगतापनि त्यसदिन सीमित क्षमतामा उडान पुनः सञ्चालन गरिएको थियो।[३३]
हताहत
[सम्पादन गर्नुहोस्]उक्त दुर्घटनामा विमानमा सवार २४१ जनाको मृत्यु भएको थियो भने विमान ठोक्किको छात्रावासको भवनमा कम्तीमा ३८ जनाको मृत्यु भएको थियो।[३४][३५] १३ जुन १३ सम्ममा प्रहरी अधिकारीहरूले बीबीसी समाचारलाई बताए अनुसार ६ शवहरूलाई उनीहरूका परिवारहरूलाई बुझाइएको थियो।[३६] पीडितहरूमध्ये गुजरातका पूर्व मुख्यमन्त्री विजय रुपाणी (सन् २०१६-२०२१) पनि थिए।[३७] अधिकांश अवशेषहरू जलेको अवस्थाका कारण पीडितहरूको पहिचानमा बाधा पुगेको थियो। दुर्घटनाको कारण तापक्रम अनुमानित १,५०० डिग्री सेल्सियस (२,७३० डिग्री फारेनहाइट) सम्म पुगेको थियो जसकारण पीडितहरूको डिएनए पहिचानमा समत बाधा पुगेको थियो। दुर्घटनाको तीन दिन पछि मात्र ३५ शवहरू आफन्तहरूलाई बुझाइएको गरिएको थियो।[३८][३९]
छात्रावासमा कम्तीमा ५० जना मेडिकल विद्यार्थीहरूलाई अस्पतालमा भर्ना गरिएको थियो। कलेजका डीनले विमानले भोजन कक्षमा ६०-८० जना विद्यार्थीहरू रहेको बेला ठक्कर दिएको र अधिकांश विद्यार्थीहरू भाग्न सफल भएतापनि १० देखि १२ जना आगोमा लपेतामा फसेको बताएका थिए।

४० वर्षीय बेलायती नागरिक विश्वाशकुमार रमेश विमान दुर्घटनामा बाँच्न सफल एकमात्र यात्री थिए।[४१] उनी आपतकालीन निकासको छेउमा रहेको ११ए सिटमा बसेका थिए।[४२] उनले बताए अनुसार, विमानको भाग छुट्टिएको र छात्रावासको ठोक्किन पुगेको थियो। आफ्नो सिट बेल्ट खुल्दै उनले भाँचिएको आपतकालीन निकासको छेउमा रहेको खुल्ला स्थानबाट हाम फालेका थिए।[४३][४४] उनलाई उपचार गरिरहेका डाक्टरहरूले बताए अनुार, उनलाई शरीरका विभिन्न भागहरूमा चोटपटक लागेको र एउटा हात जलेको भएतापनि उनी खतराबाट बाहिर थिए।[४५] उनीभन्दा फरक पङ्क्तिमा बसेका थिए उनका भाइले भने यस दुर्घटनामा ज्यान गुमाएका थिए।[४६]
यो विमान दुर्घटना सन् १९९६ मा दुईवटा विमान ठोक्किए भएको दुर्घटना पछि भारतमा घटेको सबैभन्दा घातक विमान दुर्घटना थियो भने एअर इन्डियाको सन् १९८५ को उडान १८२ मा बमविस्फोटपछिको सबैभन्दा खराब आपातकालिन अवस्था थियो।[४७]
अनुसन्धान
[सम्पादन गर्नुहोस्]दुर्घटनालाई भारतको हवाई दुर्घटना अनुसन्धान ब्युरोले अनुसन्धान गरिरहेको थियो।[४८] बेलायतको हवाई दुर्घटना अनुसन्धान विभाग र अमेरिकाको राष्ट्रिय यातायात सुरक्षा बोर्डले अनुसन्धानमा सहयोग पुर्याउनका लागि टोली पठाएको थियो।[४९] भारतको हवाई उडान प्राधिकरण र एअर इन्डियाले पनि दुर्घटनाको अनुसन्धान गरेको थियो।[५०] अमेरिकाको अन्तरिक्ष सुरक्षा सल्लाहकार एन्थनी ब्रिकहाउसले विमानको भिडियो हेर्दै ल्यान्डिङ गियरमा समस्य रहेको र सामान्यतया हटाइनु पर्ने बेला बाहिर आएको प्रतिक्रिया दिएका थिए।
प्रतिक्रिया
[सम्पादन गर्नुहोस्]
विमान दुर्घटना पछि प्रधानमन्त्री नरेन्द्र मोदीले एक्समा शोक व्यक्त गरेका थिए।[५१] उन जुन १३ का दिन दुर्घटनास्थलमा गए भने त्यसपछि अस्पतालमा गएर दुर्घटनामा एकमात्र जीवित यात्री र घाइतेहरूलाई भेटका थिए। गृहमन्त्री अमित शाहले दुर्घटनापछि गुजरातका मुख्यमन्त्री भूमि पाटेलसँग कुरा गरेका थिए।[५२] पटेलले अधिकारीहरूलाई “तत्काल उद्धार र राहत कार्य” सञ्चालन गर्न निर्देशन दिइएको र परिस्थितिलाई सामना गर्न योजना अनुसार उपायहरू अपनाइँदै गरेको प्रतिक्रिया दिएका थिए।
सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ १.० १.१ "Air India Dreamliner crashes into Ahmedabad college hostel, kills over 290", Reuters, १२ जुन २०२५, अन्तिम पहुँच १२ जुन २०२५।
- ↑ Yadav, Danita (१२ जुन २०२५), "Air India Ahmedabad plane crash LIVE: Ex-Gujarat CM Rupani on board, confirms Naidu; 1 survivor reported in Ahmedabad", Hindustan Times (अङ्ग्रेजीमा), अन्तिम पहुँच १२ जुन २०२५।
- ↑ "Air India plane crash latest: 'Air India plane crash latest: Briton 'miraculously survives crash' after hundreds killed on London flight'", The Independent, १२ जुन २०२५, अन्तिम पहुँच १२ जुन २०२५।
- ↑ "Air India plane crash: Briton reportedly survives as more than 290 passengers and bystanders killed in Ahmedabad – latest updates", The Guardian, १२ जुन २०२५, अन्तिम पहुँच १२ जुन २०२५।
- ↑ "भारतमा भएको विमान दुर्घटनामा २४१ यात्रुको निधन भएको पुष्टि, एकमात्र जीवित यात्रुले के भने", बीबीसी नेपाली (नेपालीमा), १२ जुन २०२५, अन्तिम पहुँच १२ जुन २०२५।
- ↑ पाण्डेय, उपेन्द्रराज (१२ जुन २०२५), "२४२ यात्रुसहित एयर इन्डियाको विमान दुर्घटना", इ-कान्तिपुर (नेपालीमा), अन्तिम पहुँच १२ जुन २०२५।
- ↑ "One survivor, 241 passengers dead on the London-bound plane", द वासिङ्टन पोस्ट, १२ जुन २०२५, अन्तिम पहुँच १२ जुन २०२५।
- ↑ "Gujarat Air India Plane Crashed Into Ahmedabad Doctors' Hostel, 25 Doctors Injured", ABP News, १२ जुन २०२५, अन्तिम पहुँच १२ जुन २०२५।
- ↑ Lee, Danny; Siddharth Vikram, Philip; Mishra, Mihir (१२ जुन २०२५), "Over 200 Dead After London-Bound Boeing Jet Crashes in India Air India Boeing 787 Bound for London Crashes After Takeoff", Bloomberg News, अन्तिम पहुँच १२ जुन २०२५, "The aircraft involved in Thursday's accident carried the VT-ANB registration and was almost 12 years old. The plane was powered by two General Electric Co. GEnx engines."
- ↑ "At least 200 killed after Air India plane to London crashes moments after take-off in Ahmedabad", BBC News, १२ जुन २०२५, अन्तिम पहुँच १२ जुन २०२५।
- ↑ "Air India launches Gatwick routes", The Business Travel Magazine, ३० मार्च २०२३।
- ↑ "Black box found at site of India plane crash that killed 265", France 24 (Ahmedabad, India), Agence France-Presse, १३ जुन २०२५, अन्तिम पहुँच १३ जुन २०२५।
- ↑ "Why did Ahmedabad-London Air India flight crash? Black box holds all answers – here's what it is", The Financial Express, १२ जुन २०२५, अन्तिम पहुँच १२ जुन २०२५।
- ↑ Solanki, Ajit; Roy, Rajesh (१२ जुन २०२५), "London-bound Air India flight with more than 240 aboard crashes after takeoff from Ahmedabad, India", Associated Press, अन्तिम पहुँच १२ जुन २०२५।
- ↑ "Canadian dentist killed in Air India crash lived in Etobicoke", CTV News, १२ जुन २०२५, अन्तिम पहुँच १२ जुन २०२५।
- ↑ "Ahmedabad plane crash live updates: Chances of any survivors slim, say sources", Hindustan Times, १२ जुन २०२५, मूलबाट १२ जुन २०२५-मा सङ्ग्रहित, अन्तिम पहुँच १२ जुन २०२५।
- ↑ Hradecky, Simon (१२ जुन २०२५), "Crash: India B788 at Ahmedabad on Jun 12th 2025, lost height shortly after takeoff, no thrust reported", The Aviation Herald, अन्तिम पहुँच १२ जुन २०२५।
- ↑ "Air India Ahmedabad-London flight crashes near airport in Meghani area", The Times of India, १२ जुन २०२५, अन्तिम पहुँच १२ जुन २०२५।
- ↑ Mashal, Mujib; Kumar, Hair, "A Takeoff, a Mayday Call, and 2 Air India Pilots Who Never Made it Home", New York Times, अन्तिम पहुँच १५ जुन २०२५।
- ↑ Sharma, Shweta (१५ जुन २०२५), "'Unable to lift': Pilot's desperate mayday call as Air India plane went down", The Independent, अन्तिम पहुँच १५ जुन २०२५।
- ↑ Tanno, Sophie; Iyer, Aishwarya S.; Mogul, Rhea; Radford, Antoinette (१२ जुन २०२५), "More than 290 feared dead after plane crashes outside airport in Indian city of Ahmedabad", CNN, अन्तिम पहुँच १२ जुन २०२५।
- ↑ Biswas, Soutik; Murphy, Matt; Cheetham, Joshua (१२ जुन २०२५), "What could have caused Air India plane to crash in 30 seconds?", BBC News, अन्तिम पहुँच १३ जुन २०२५।
- ↑ "Ahmedabad Plane Crash: ગણતરીની મિનિટોમાં જ દર્દનાક દુર્ઘટના સર્જાઈ, ઘટનાસ્થળે ઉપરા-છાપરી બ્લાસ્ટ થયા હતા", Gujarat Samachar (गुजरातीमा), १३ जुन २०२५, अन्तिम पहुँच १३ जुन २०२५।
- ↑ "Air India Ahmedabad Plane Crash Highlights: At least 265 Killed; PM Modi Visits Crash Site, Meets Lone Survivour", News18 India, १२ जुन २०२५, अन्तिम पहुँच १२ जुन २०२५।
- ↑ Kozul-Wright, Alex (१२ जुन २०२५), "'Catastrophic' Air India plane crash near Ahmedabad: What we know", Al Jazeera Media Network, अन्तिम पहुँच १२ जुन २०२५।
- ↑ "Air India Plane carrying 133 Passengers crashes near Ahmedabad Airport", crosstownnews.in, १२ जुन २०२५, अन्तिम पहुँच १२ जुन २०२५।
- ↑ "Air India Plane With 242 Onboard Crashes In Gujarat's Ahmedabad: Video", ABP, १२ जुन २०२५, अन्तिम पहुँच १२ जुन २०२५।
- ↑ CISF [@CISFHQrs] (१२ जुन २०२५), "CISF Rescue Operations Underway at AI 171 Crash Site, Ahmedabad." (ट्विट), अन्तिम पहुँच १२ जुन २०२५ – ट्विटरद्वारा।
- ↑ "Ahmedabad plane crash: 6 NDRF teams, 2 BSF units deployed for massive rescue operation near airport", The Economic Times, १२ जुन २०२५, आइएसएसएन 0013-0389, अन्तिम पहुँच १३ जुन २०२५।
- ↑ "Army assists Ahmedabad's civil administration after Air India plane crash; over 130 personnel deployed", Rising Kashmir, १२ जुन २०२५, अन्तिम पहुँच १३ जुन २०२५।
- ↑ "CRPF deploys 150 personnel for rescue ops after Air India plane crash in Ahmedabad", The Economic Times, १२ जुन २०२५, आइएसएसएन 0013-0389, अन्तिम पहुँच १३ जुन २०२५।
- ↑ "Western Railway Runs Special Trains From Ahmedabad To Mumbai After Plane Crash", NDTV, १२ जुन २०२५, अन्तिम पहुँच १३ जुन २०२५।
- ↑ "Operations Resume At Ahmedabad Airport After Pause Due To Plane Crash", NDTV, १२ जुन २०२५, अन्तिम पहुँच १२ जुन २०२५।
- ↑ "Ahmedabad Air India Plane Crash Live: 19 victims identified by DNA; 4 students of medical college dead", The Times of India, १५ जुन २०२५, अन्तिम पहुँच १५ जुन २०२५।
- ↑ "Air India plane crash claims at least 241 lives as one passenger survives", BBC, १२ जुन २०२५, अन्तिम पहुँच १५ जुन २०२५।
- ↑ "Air India crash latest: PM Narendra Modi visits scene of Air India plane crash, as black box search continues", BBC News, अन्तिम पहुँच १३ जुन २०२५।
- ↑ "Over 200 Dead in Air India Crash, Official Says", New York Times, १२ जुन २०२५, अन्तिम पहुँच १२ जुन २०२५, "Among the passengers on the crashed flight was Vijay Rupani, a former chief minister of Gujarat who led the state from 2016 to 2021, according to a passenger list confirmed by officials from his party."
- ↑ Mateen, Zoya (१५ जुन २०२५), "Wait for bodies deepens pain of families after Air India crash", BBC, अन्तिम पहुँच १५ जुन २०२५।
- ↑ "Heat of Air India Crash Hinders DNA Identification, Agonizing Relatives", The New York Times, १५ जुन २०२५, अन्तिम पहुँच १५ जुन २०२५।
- ↑ "British man is only passenger to survive India plane crash", BBC News, १२ जुन २०२५, अन्तिम पहुँच १४ जुन २०२५।
- ↑ Khanna, Sumit; Patel, Shivam; Shah, Aditi, "Air India Dreamliner crashes into Ahmedabad college hostel, kills over 240", Reuters, अन्तिम पहुँच १२ जुन २०२५।
- ↑ "British passenger in seat 11A survives India plane crash", BBC News, १२ जुन २०२५, अन्तिम पहुँच १२ जुन २०२५।
- ↑ Roy, Rajesh; Ganguly, Shonal; Hussain, Aijaz (१३ जुन २०२५), "Air India black box recovered after crash that killed 241 onboard and several others on the ground", AP News, अन्तिम पहुँच १३ जुन २०२५।
- ↑ Treisman, Rachel (१३ जुन २०२५), "'I just walked out': The sole survivor of the Air India crash shares his story", NPR, अन्तिम पहुँच १४ जुन २०२५।
- ↑ Roy, Rajesh (१३ जुन २०२५), "Air India's sole crash survivor narrates his escape", AP News, अन्तिम पहुँच १३ जुन २०२५।
- ↑ Radford, Antoinette; Mitra, Esha; Sangal, Aditi; Rios, Michael (१२ जुन २०२५), "A miracle in seat 11A: What we know about Air India crash survivor Vishwash Kumar Ramesh", CNN, अन्तिम पहुँच १२ जुन २०२५।
- ↑ Nierenberg, Amelia (१२ जुन २०२५), "What We Know About a Passenger Plane Crash in Western India", The New York Times, आइएसएसएन 0362-4331, ओसिएलसी 1645522, अन्तिम पहुँच १२ जुन २०२५।
- ↑ "Air India plane crashes in Gujrat's Ahmedabad after take-off", The Express Tribune, १२ जुन २०२५, अन्तिम पहुँच १२ जुन २०२५।
- ↑ "What we know so far after Air India flight to London Gatwick crashes", Sky News, १२ जुन २०२५, अन्तिम पहुँच १२ जुन २०२५।
- ↑ "FAA statement on Air India 171 crash", Federal Aviation Administration Newsroom, १२ जुन २०२५, अन्तिम पहुँच १२ जुन २०२५।
- ↑ Narendra Modi [@narendramodi] (१२ जुन २०२५), "The tragedy in Ahmedabad has stunned and saddened us. It is heartbreaking beyond words. In this sad hour, my thoughts are with everyone affected by it. Have been in touch with Ministers and authorities who are working to assist those affected." (ट्विट) – ट्विटरद्वारा।
- ↑ "Ahmedabad Air India Flight Crash Live Updates: Miracle rescue as police finds a survivor in seat 11A", Firstpost, १२ जुन २०२५, अन्तिम पहुँच १२ जुन २०२५।
बाह्य कडीहरू
[सम्पादन गर्नुहोस्]
- दुर्घटना विवरण उडान सुरक्षा सञ्जालमा