एकनारायण गुरुङ

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search



क्याप्टेन एकनारायण गुरुङ समाजसेवी हुनुहुन्छ। उहाँले ब्रिटिश सेनामा २७ वर्षबिताएपछि देश फर्केर गुरुङ समुदायको विकासका लागि काम गर्नुभएको छ। पोखरास्थित गोर्खा स्मृति सँग्रहालय स्थापना गर्न धेरै काम गर्नुभएको छ। बेलायतको उच्च सम्मान भिक्टोरिया क्रस पाउने वीर नेपालीको अभिनन्दन तथा सम्मान कार्यक्रम गर्न उहाँ अगुवा हुनुहुन्थ्यो।

एकनारायणको जन्म २००४ मंसिर १६ गते पर्वत जिल्लाको दुर्लु देउरालीमा भएको हो। उहाँका पिताको नाम हवल्दार मुखिया कुलबहादुर र माताको धनलक्ष्मी हो। उहाँहरू ३ दाजुभाई र तीन दिदीबहिनी जन्मनुभएको हो। उहाँ जेठो हो।

उहाँ गुरुङ (तमु) बौद्ध सेवा समिति, तमु छोंज धीं स्थापना गर्ने अगुवामध्ये हुनुहुन्थ्यो। उहाँले धेरै देश भ्रमण गर्नुभएको छ। बेलायती सेनाबाट फर्केपछि संयुक्त राष्ट्रसंघअन्तर्गत युगान्डा गई शान्ति स्थापनामा काम गर्नुभएको छ।