एकीकृत दूरसञ्चार कम्पनी
![]() | |
व्यवसाय प्रकार | निजी |
---|---|
आइएसआइएन | SA12QG53E519 ![]() |
उद्योग | दूरसञ्चार |
स्थापित | सन् २००५ |
केन्द्रीय कार्यालय | साउदी अरब |
मुख्य व्यक्ति | घसान इटानी – प्रमुख कार्यकारी अधिकृत |
उत्पादनहरू | इन्टरनेट, जडान, भूउपग्रह इन्टरनेट पहुँच, र बादल सुशाङ्ख्य |
कुल सम्पत्ति | Lua error in मोड्युल:Wd at line 1890: bad argument #1 to 'ipairs' (table expected, got nil). |
कर्मचारी सङ्ख्या | ४०० |
वेबसाइट | http://www.itc.sa/ |
एकीकृत दूरसञ्चार कम्पनी (आइटिसी) (अरबी: شركة الإتصالات المتكامل) सन् २००५ मा स्थापना गरिएको साउदी अरबको अग्रणी दूरसञ्चार सेवा प्रदायकहरू मध्ये एक हो जसले साउदी अरब बजारका कारोबार, उपभोक्ताहरू र थोक क्षेत्रहरूको लागि ब्रोडब्याण्ड, अन्तरक्रिया र भूउपग्रह सेवाहरू प्रदान गर्दछ। कम्पनी पूर्ण निजी स्वामित्वमा स्थापना भएको कम्पनी हो।
आइटिसी, विविध साउदी बहु उद्योग कम्पनी मवारिद होल्डिङ समूहको एक भाग हो। यस समूहले २७ वटा सहायक कम्पनीहरूलाई सञ्चालन गर्दछ जसमा यसले ४ वटा प्रमुख व्यापारीक क्षेत्रहरूमा मिडिया र सञ्चार, लगानी सेवा, परियोजना तथा व्यापार सेवा सञ्चालनमा ल्याएकको छ। यसमा हाल ४०० जना कर्मचारीहरू कार्यरत छन्। कम्पनीको प्रधान कार्यालय साउदी अरबको प्रमुख व्यापारी क्षेत्र मध्येको एक जेद्दमा अवस्थित छ। यसले माइक्रोवेव पहुँचको लागि विश्वव्यापी अन्तरक्रियाशीलता (वाइम्याक्स) सेवा पनि प्रदान गर्दछ जसको सञ्जाल देशका प्रमुख सहरहरूमा मात्र रहेको छ। कम्पनीमा लगभग ४०० कर्मचारीहरू कार्यरत छन्।
पूर्वाधार
[सम्पादन गर्नुहोस्]आइटिसीले डाटा सेवा प्रदायक, इण्टरनेट सेवा र भिएसएटि अनुमानि पत्र , ६ वटा डाटा केन्द्रका साथ स्वतन्त्र पूर्वाधारको स्वामित्व अधिग्रहण गरेको छ[१] जसमा अल खोबर र जेद्दामा गरी दुई अन्तर्राष्ट्रिय केबल ल्याण्डिङ स्टेसनहरू सामेल छन् जसलाई पनडुब्बी केबलको माध्यमले राज्यलाई विश्वका बाँकी भागहरूसँग जोड्दछ। यी सञ्जालहरू देशव्यापी रूपमा साउदी अरबका सबै सहरहरूमा १७,००० किलोमिटर फाइबर सञ्जाल मार्फत जडान गरिएका छन्। एकीकृत दूरसञ्चार कम्पनीले साउदी अरबमा कार्यकारी बादल सेवा सञ्चालन गर्दछ जसले विविध मुल्य अभिवृद्धि बादल सेवाहरू प्रदान गर्दछ।[२]
सेवा तथा उत्पादनहरूको सूची
[सम्पादन गर्नुहोस्]यो सूची एकीकृत दूरसञ्चार कम्पनीले प्रदान गरेको सेवा तथा उत्पादनहरूको सूची हो:
१) राष्ट्रिष डाटा सञ्जाल
२) अन्तर्राष्ट्रिय डाटा जडान
३) भूउपग्रह सेवा भिएसएटि
४) इण्टरनेट सेवा
५) बादल शुसाङ्ख्य सेवा
६) डाटा केन्द्र प्रवन्ध
७) सह-स्थान
८) प्रवन्धित राउटर
९) डाटा सेवा
कार्यकारीहरू
[सम्पादन गर्नुहोस्]१) कमेल हद्दद - प्रमुख वित्तीय अधिकारी
२) घसान अब्दुल वाहब इतानी - प्रमुख कार्यकारी अधिकृत
३) अहमद हसान - प्रमुख वाणिज्य अधिकारी
प्रतिस्पर्धीहरू
[सम्पादन गर्नुहोस्]यो कम्पनी साउदी अरबको लोकप्रिय दूरसञ्चार कम्पनीहरू मध्ये एक हो। यसका प्रमुख प्रतिस्पर्धाीहरू साउदी दूरसञ्चार कम्पनी, मोबिली, जेन साउदी अरब, ब्राभो, भर्जिन मोबाइल साउदी अरब, लोबारा साउदी अरब हुन्।[३]
सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ "شركة الإتصالات المتكاملة", आँकडा केन्द्र नक्सा, अन्तिम पहुँच २४ मार्च २०१५। वेब्याक मेसिन अभिलेखिकरण १३ जुन २०१८ मिति
- ↑ "استثمار أكثر من مليار دولار أمريكي في شبكة الألياف السعودية", अल वाववा, अन्तिम पहुँच २४ मार्च २०१५।
- ↑ "السحاب التنفيذي السعودي", एक्सक्लाउड, अन्तिम पहुँच २४ मार्च २०१५। वेब्याक मेसिन अभिलेखिकरण ७ जनवरी २०१९ मिति