एक्जिएम टेलिकम

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
एक्जिएम टेलिकम
उद्योगखुद्रा दूरसञ्चार र अनलाइन स्टोर
स्थापित१९९७
स्थापनाकर्ताफैसल अल बन्नाइ
सेवा क्षेत्र
संयुक्त अरब इमिरेट्स, साउदी अरब
उत्पादनहरूस्मार्टफोन, ट्याब्लेट
वेबसाइटwww.axiomtelecom.com

एक्जिएम दूरसञ्चार संयुक्त अरब इमिरेट्सको एक प्रमुख दूरसञ्चार कम्पनी हो। यो संयुक्त अरब इमिरेट्सका उद्यमी फैसल अल बन्नई द्वारा स्थापित भएको थियो र सुरूमा चार कर्मचारीका साथ यसले सन् १९९७ मा आफ्नो व्यापसायिक सञ्चालन सुरू गरेको थियो।[१][२] अक्सियमले संयुक्त अरब इमिरेट्स र साउदी अरबमा मोबाइल उपभोक्ता ब्राण्डको लागि आधिकारिक वितरक बन्न पुगेका थियो, जसमा यसले सामसुङ, एप्पल, एलजी, एचटीसी, हुवावे, नोकिया र ब्ल्याकबेरीका माबाइलका साथै मध्य पूर्वमा सबैभन्दा ठूलो बजार साझेदारी पनि गरेको छ।[३] यसको गतिशील उत्पादन र समाधानहरूको लागि भिन्न सेवा प्रदान गर्दे यसका ग्राहकहरूको जीवनको गुणस्तर सुधार गर्न मद्दत गरेको छ। यसले मुख्य गरी संयुक्त अरब इमिरेट्स र साउदी अरबमा सेवा प्रदान गरेको छ।

इतिहास[सम्पादन गर्नुहोस्]

सन् २००१ मा, एक्जिएम छिटो बढ्यो र संयुक्त अरब इमिरेट्समा यसको पहिलो खुद्रा सामग्री पेश गरिएको थियोे।

सन् २००३ मा यसले आफ्नो अधिकारिक सेवा सञ्चालन गरेको थियोे र पछि कुवेत, बहराइन, कतर, ओमान, साउदी अरब (सन् २००४), इजिप्ट (सन् २००७), लण्डन (सन् २००७ मा) र भारत (सन् २००७) मा यसका कार्यलयहरू स्थापना गरिएको थियोे।

डिसेम्बर २००५ मा, दुबई होल्डिङको एक सदस्य, टेलिकमले एक्जिएम दूरसञ्चारको ४०% स्वामित्व प्राप्त गरेको थियोे।[२][४]

एक्जिएम एड्नोक, इमारा, एनकोस र ईप्कोको पेट्रोल स्टेसनका लागि विशेष टेलिकम साझेदार हो जहाँ यसले ३५० भन्दा बढि स्थानहरूमा मोबाइल फोनका सामानहरू बेचेको थियोे।

जुन २०११ मा दुबई होल्डिङले एक्सिएम दूरसञ्चारको १४% भाग बचेको थियोे।[५]

सन् २०१३, २०१४ र २०१७ मा, एक्जिएम टेलिकमले, साउदी अरबमा सञ्चालन गर्न एमएनभिआे इजाजत पत्रको लागि आवेदन दिएको थियोे।

प्रोफाइल[सम्पादन गर्नुहोस्]

एक्जिएम टेलिकम मध्य पूर्वमा एक दूरसञ्चार सामग्रीहरूको खुद्रा बिक्रेता हो। कम्पनीको सञ्चालनले थोक, खुद्रा वा मूल्य थपिएका कुराहरूलाई समायोजन गर्दछ। एक्जिएमले मोबाइल दूरसञ्चारका मुख्य मोबाइल सञ्चालकहरू जस्तै नोकिया, सोनी एरिक्सन, मोटोरोला, सामसुङ र एलजी, सञ्चालन गर्दछ। यो पहिलो, केवल दूरसञ्चनर खुद्रा विक्रेता हो जसले मर्मत र डेलिभरी सेवा प्रदान गर्दछ।

एक्जिएम दूरसञ्चार, भारतमा फ्युचर समूहसँग संयुक्त उद्यमको रूपमा सञ्चालन गरिएको छ जहाँ यो लगभग ३५० भन्दा बढी ठाउँमा सञ्चालनमा रहेको छ।

यसले अन्तर्राष्ट्रिय दूरसञ्चार सञ्चालनहरूसँग सेवा सम्झौता गरेको छ। यो इराकमा थुरयाको लागि एकमात्र राष्ट्रिय सेवा प्रदाता हो।

सन्दर्भ सामग्री[सम्पादन गर्नुहोस्]

  1. निकोल्सन, क्रिस भि (डिसेम्बर ७, २०१०), "एक्जिएम टेलिकमले आइपिआे रद्द गरेको छ", डलबुक डट एनवाई टाइम्स डटकम, अन्तिम पहुँच मार्च ४, २०१२ 
  2. २.० २.१ केर, सिमिओन (सेप्टेम्बर २२, २०१०), "एक्जिएम दूरसञ्चारको योजना", एफटी डटकम, अन्तिम पहुँच मार्च ४, २०१२ 
  3. निकोल्सन, कृष (डिसेम्बर ७, २०१०), "एक्जिएम टेलिकमले आइपिआे रद्द गरेको छ", एनवाइ टाईम्स डटकम, अन्तिम पहुँच मार्च ४, २०१२ 
  4. फिच, आशा (मे २५, २०१०), "एक्जिएम दूरसञ्चार", द नेसनल डट एई, अन्तिम पहुँच मार्च ४, २०१२ 
  5. "दुबई होल्डिङले एक्सिएम दूरसञ्चारको १४% भाग बचेको छ", एएमइ इन्फो डटकम, मूलबाट अगष्ट ३०, २०११-मा सङ्ग्रहित, अन्तिम पहुँच मार्च ४, २०१२  |deadurl= प्यारामिटर ग्रहण गरेन (सहायता)

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]