एक्सएल आजियाटा

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
पर्सिरन टर्बटास एक्सएल आजीयाटा टिबिके
व्यवसाय प्रकार
सार्वजनिक कम्पनी
उद्योगदूरसञ्चार
स्थापितअक्टोबर ८, १९९६; २७ वर्ष पहिले (अक्टोबर ८, १९९६)
केन्द्रीय कार्यालयइन्डोनेसिया जाकार्ता, इन्डोनेसिया
मुख्य व्यक्ति
दियान सिसवारिनी (अध्यक्ष तथा कार्यकारी)[१]
उत्पादनहरूदूरसञ्चार सेवा
राजश्व२१.३४ ट्रिलियन (सन् २०१६)[२]
३७६ बिलियन (सन् २०१६)[२]
कुल सम्पत्ति५४.८९६ ट्रिलियन (सन् २०१६)[२]
कर्मचारी सङ्ख्या
१,८९२ (सन् २०१६)
मूल सङ्गठनआजीयाटा समूह
विभागएक्सएल
एक्सएल प्रायरोटिएस
एक्सिस टेलिकम
वेबसाइटwww.xl.co.id/en
www.xlaxiata.co.id/en

पर्सिरोन टर्बटास एक्सएल आजीयाटा टिबिके[३] पूर्व पर्सिरोन टर्बटास एक्सेलकोमिण्डो प्रतमा टिबिके), एसियाली राष्ट्र इन्डोनेसियामा सेवा सञ्चालन गर्ने एक मोबाइल सञ्जाल सञ्चालन वा दूरसञ्चार कम्पनी हो। कम्पनीको प्रधान कार्यालय इन्डोनेसियाको राजधानी जाकार्तामा अवस्थित छ भने यो इन्डोनेसियाको ग्राहकहरूको सङ्ख्या आधारमा दोस्रो ठूलो मोबाइल सञ्जाल सञ्चालक हो।[४] यस सञ्चाकको क्षेत्र ठूलो छ। यसले जाभा, बाली, र लोम्बोकका साथ साथै सुमत्र, कालिमाण्टन र सुलावेसी र यसका वरपरका प्रमुख सहरहरू सेवा सञ्चालन गर्दछ। एक्सएलले विश्वव्यापी मोबाइल सञ्चार प्रणाली९०० ​​र विश्वव्यापी मोबाइल सञ्चार प्रणाली१८०० सञ्जालहरूमा डाटा सञ्चार, विस्तृत पट्टि इण्टरनेट, मोबाइल सञ्चार र तेस्रो पुस्ता सेवा प्रदान गर्दछ।

सुरुवातमा, एक्सएलले विश्वव्यापी मोबाइल सञ्चार प्रणाली ९०० प्रविधिको प्रयोग गरी मोबाइल दूरभाष सेवा प्रदान गरेको थियो। सेवाहरू सुरू गरेको केही वर्ष पछि कम्पनीलाई मोबाइल सञ्जाल १८०० लागू गर्न, र इण्टरनेट स्तर दूरभाष सेवा सेवा तथा इण्टरनेट सेवा प्रदायकको रूपमा सञ्चालनको लागि अनुमतिपत्र प्रदान गरिएको थियो। सन् २००६ मा, एक्सएलले तेस्रो पुस्ता सेवा अनुमतिपत्र प्राप्त गरेको थियो जसको सेवा सेप्टेम्बर १००६ मै सुरुवा गरिएको थियो।

सन् २०१० को अन्त्यमा, कम्पनीसँग इन्डोनेसियामा २२,००० भन्दा बढी बिटिएस टावरहरू रहेका थिए। ५५.१ मिलियन ग्राहकहरूका साथ यो इन्डोनेसियाको दोस्रो ठूलो मोबाइल सञ्जाल सञ्चालक हो।[५] मे २०१९ मा एक्सएलका सेयरहरू बढेका थिए उक्ति घटना आजियाटा समूहले नर्वेको टेलिनरको साथ उनीहरूको एसियाली सञ्चालन संयोजन गर्ने वार्ताको घोषणा गरेका एक दिन पछि रहेको थियो।[६][७] यो कतारको बहुराष्ट्रिय दूरसञ्चार कम्पनी ओरिदूको सहायक इन्डोस्याटको प्रतिद्वन्द्वी हो।

इतिहास[सम्पादन गर्नुहोस्]

एक्सेलकोमिण्डो ६ अक्टोबर १९८९ मा पर्सिरोन टर्बटास ग्राहमेट्रोपोलिटन लेष्टरीको नामबाट स्थापित भएको थियो र सुरुवातमा यो एक व्यापारीक तथा सामान्य सेवा कम्पनी रहेको थियो। एक्सएल ८ अक्टोबर १९९६ मा व्यावसायिक रूपमा सेवा सञ्चालन गर्ने देशको पहिलो निजी मोबाइल सेवा सञ्चालक बनेको थियो। सन् २००९ मा, एक्सएल आजीयाटा समूहले कम्पनीलाई किनेको थियो जुन लोगोको परिवर्तनको कारण पनि हो। एक्सएल अक्षरहरू निलो रङ्ग बनाइएको छ (निलो र हरियो संस्करण पनि प्रयोग गरिएको थियो), र आजीयाटा ट्याग लोगोमा थपिएको थियो वास्तविक मोबाइल चौँथो पुस्ता सञ्जाल सेवा शुरू गर्दै यसले २८ अक्टोबर २०१४ मा नयाँ लोगोको सार्वजनिक गरेको थियो।[८] ५ अक्टोबर २०१६ मा एक्सएलको २० औँ वार्षिकोत्सवमा एक्सएलले आफ्नो लोगोको रङ्ग पहेंलो र हरियोबाट निलो र हरियोमा परिवर्तन गरेको थियो, जुन पूर्व प्रो एक्सएलको लोगो जस्तै थियो।

एक्सिस दूरसञ्चारको बिरूद्ध एक्सएल आजीयाटाको अधिग्रहण[सम्पादन गर्नुहोस्]

एक्सएल आजियाटाले २६ सेप्टेम्बर २०१३ मा एक्सिस दूरसञ्चार इन्डोनेसियालाई अधिग्रहण गर्नका लागि एक सम्झौता पत्रमा हस्ताक्षर गरेको थियो।

सशर्त खरिदबिक्री सम्झौता, साउदी दूरसञ्चार कम्पनी र टेलिग्लोबल इन्भेष्टमेन्ट (टेलिग्लोबल) सँग गरिएको थियो जुन साउदी दूरसञ्चार कम्पनीको सहायक कम्पनी हो।[९][१०][११]

यो पनि हेर्नुहोस्[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. "Direksi dan Dewan Komisaris", XL, अन्तिम पहुँच ९ मे २०१९ 
  2. २.० २.१ २.२ वित्तीय प्रतिवेदन डिसेम्बर २०१३
  3. "Berita Teknologi Informasi dan Komunikasi terkini", detikinet, अन्तिम पहुँच १७ जुलाई २०१५ 
  4. इन्डोनेसिया इन्भेष्टमेन्ट, "XL Axiata", अन्तिम पहुँच १७ जुलाई २०१५ 
  5. "Theindonesiatoday.com", theindonesiatoday.com, मूलबाट २०१६-०३-०४-मा सङ्ग्रहित, अन्तिम पहुँच २०१४-०५-२३ 
  6. Suara, "XL Axiata Beberkan Laporan Kuartal Pertama 2019", अन्तिम पहुँच ६ मे २०१९ 
  7. सिएनबिसि, "Axiata Dilebur ke Telenor Norwegia? Saham XL Axiata Melesat", अन्तिम पहुँच ७ मे २०१९ 
  8. "XL Axiata > Home", मूलबाट २००८-०८-१४-मा सङ्ग्रहित, अन्तिम पहुँच २०१४-०५-२३  वेब्याक मेसिन अभिलेखिकरण २००८-०८-१४ मिति
  9. "XL Axiata Akuisisi Axis", Kompas.com, २६ सेप्टेम्बर २०१३, अन्तिम पहुँच २६ सेप्टेम्बर २०१३ 
  10. "Jaringan XL dan Axis Segera "Disatukan"", ४ अप्रिल २०१४। 
  11. "XL dan Axis Resmi Jadi Satu Perusahaan", ८ अप्रिल २०१४। 

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]

आधिकारिक वेबसाइट