एक्सेल डेभलपमेन्ट बैंक लिमिटेड

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search



एक्सेल डेभलपमेन्ट बैंक लिमिटेड
नामएक्सेल डेभलपमेन्ट बैंक लि.
प्रकार'ख' वर्गको इजाजतपत्र प्राप्त संस्था
स्थापित वर्षवि.सं.२०६२
संस्थापकबैंकिंग, प्रविधि र व्यापार क्षेत्रका प्रबुद्ध व्यक्तिहरू
मुख्यालयबिर्तामोड नगरपालिका, वार्ड नं - ७, मुक्तिचोक, जिल्ला ट्राफिक कार्यालयको अगाडि
सेवा क्षेत्रविकास कार्यको लागि लगानी तथा निक्षेप संकलन गर्ने
उत्पादनसाख सृजना
राजस्वठूला करदाता कार्यालयमा
चालु पुँजी३० करोड ७६ लाख ५० हजार
सञ्चालन आयकरीब १५ करोड ५५ लाख
शुद्ध आयकरीब १२ करोड
कर्मचारी१२३ जना
उद्यमीकर्मचारीहरू
वेबसाईटwww.edb.com.np

एक्सेल डेभलपमेन्ट बैंक लिमिटेड नेपाल राष्ट्र बैंकको वर्गिकरण अनुसार "ख वर्ग"मा पर्ने एक बैक हो ।यो विकास बैँक हो । यो नेपालको पूर्वी क्षेत्रमा निकै लोकप्रीय छ । यसको शेयरको मूल्य पनि तुलनात्मक रूपमा अन्य विकास बैंकहरूको भन्दा बढी रहेको छ भने पूँजीको हिसाबले मुनाफा पनि बढी नै रहेको छ । यसको कार्यक्षेत्र ३ जिल्लामा मात्र रहेता पनि यसका हालसम्म १७ वटा शाखा तथा एक्स्टेन्सन काउन्टरहरू रहेका छन् । यसले इलाम, झापा र मोरंग गरी तीन जिल्लाहरूमा आफ्नो व्यावसाय गरेको छ । विकास बैंक भएता पनि न्यूनतम ब्याजमा नै कर्जा लगानी गर्दै आएको यस बैंकले दशौं वार्षिक साधारणसभाबाट पारित बोनश शेयर तथा चालु आ.व. २०७२/७३ मा निष्काशित हकप्रद शेयर बाँफाँड पश्चात् बैंकको चुक्ता पूँजी रू. ३० करोड ७६ लाख ५० हजार रूपैंया पुग्नेछ ।

यस बैंकका कार्यकारी प्रमुख दिनेश कुमार पोखरेल हुन् भने कम्पनी सचिव श्याम बहादुर बोहोरा, कर्जा प्रमुख चन्द्र प्रसाद आचार्य तथा सूचना प्रविधि प्रमुख समीर न्यौपाने आदि रहेका छन् । त्यस्तै यस बैंकको सञ्चालक समितिका अध्यक्ष चेत प्रसाद भट्टराइ हुन् ।

उपत्यका बाहिर रहेर पनि यस बैंकले एटीएम, मोबाइल बैंकिंग, इ-सेवा, अनलाइन चेक क्लियरिंग, अन्तरबैंक भुक्तानी प्रणाली [[[अङ्ग्रेजी भाषा|अङ्ग्रेजी]]: Inter-Bank Payment System(IPS)] लगायत नेपालमा प्रयोग भएका सबैजसो अत्याधुनिक प्रविधिहरूलाइ अंगालेको छ ।

एक्सेल डेभलपमेन्ट बैंक लिमिटेडले प्रायः सबै रेमिटान्स सेवाहरूबाट विदेशबाट पठाएको रकम यहाँका ग्राहक तथा सर्वसाधारणहरूलाइ भुक्तानी गर्दै आएको छ । यसले IME (International Money Express), Western Union Money Transfer, Prabhu Money Transfer, Reliable Remit, Himal Remit आदि सबै रेमिटान्स सेवाहरू प्रदान गर्दै आएको छ । त्यस्तै स्वदेशी रकमान्तर तथा रेमिटान्सहरू पनि अंगालेको छ ।

यस बैंकले कतिपय शाखाहरूबाट सामाजिक सुरक्षा भत्ता वितरण लगायतका सार्वजनिक सेवाहरूमा पनि हात हालेको छ ।

तपाइंको स्थानीय साझेदार, विश्वसनीयता तथा सुरक्षा हाम्रो प्रतिबद्धता लगायतका नाराका साथ पूर्वी नेपालमा यसले धेरै ग्राहकहरूलाइ सेवा प्रदान गर्दै आएको छ ।

यसका शाखा कार्यालयहरू निम्न अनुसार रहेका छन्ः

सि.नं. शाखा कार्यालय ठेगाना फोन नम्बर
१. मुख्य शाखा कार्यालय बिर्तामोड, झापा फोन नं. ०२३-५४३५६४, ५४३७१४
२. शाखा कार्यालय इलाम चोक बजार फोन नं. ०२७-५२१६३३
३. शाखा कार्यालय चन्द्रगढी बस स्टेण्ड उत्तर फोन नं. ०२३-४५६२०७




४. शाखा कार्यालय सुरुंगाः बस स्टेण्ड उत्तर । फोन नं. ०२३-५५०८२९ ।

५. शाखा कार्यालय धुलाबारीः भद्रपुर रोड । फोन नं. ०२३-५६०५६२ ।

६. शाखा कार्यालय बुधबारेः बुधबारे बजार । फोन नं. ०२३-५५५४२७ ।

७. शाखा कार्यालय शनिश्चरेः शनिश्चरे बजार । फोन नं. ०२३-४६५००२ ।

८. शाखा कार्यालय शिवगञ्जः बस स्टेण्ड । फोन नं. ०२३-४११००२ ।

९. शाखा कार्यालय भद्रपुरः भद्रपुर बजार । फोन नं. ०२३-५२२३०२ ।

१०. शाखा कार्यालय चारआलीः चारआली चोक । फोन नं. ०२३-४६०१२० ।

११. शाखा कार्यालय फिक्कलः फिक्कल चोक । फोन नं. ०२७-५४०४५८ ।

१२. शाखा कार्यालय बिराटनगरः धरान रोड । फोन नं. ०२१-५२५४९८ ।

१३. शाखा कार्यालय दमकः थाना रोड, दमक बजार । फोन नं. ०२३-५८२३७७ ।

१४. शाखा कार्यालय काँकरभिट्टाः बाहुनडाँगी रोड, साइ मार्ग । फोन नं. ०२३-५६३३०२ ।

१५. शाखा कार्यालय राजगढः राजगढ बजार, राजगढ गा.वि.स. वार्ड नं. ६, झापा । फोन नं. ०२३-६२००४४ ।

१६. शाखा कार्यालय मंगलबारेः मंगलबारे बजार, देउमाइ न.पा. वार्ड नं. ४, इलाम । फोन नं. ०२३-४००१५०, ४००१५१ ।

१७. एक्स्टेन्सन काउन्टर कार्यालय सैनिक मोडः गोलधाप रोड । फोन नं. ०२३-५४४०१० ।

आधिकारिक वेबसाइट[सम्पादन गर्ने]

www.edb.com.np

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]