एघारौं राष्ट्रिय जनगणना २०६८

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
एघारौं राष्ट्रिय जनगणना
२०६८
सामन्य जानकारी
देशनेपाल
जम्मा जनसंख्या२,६४,९४,५०४
परिवर्तन प्रतिसतIncrease १.३५%[१]
बढी जनसंख्या भएको विकास क्षेत्रमध्यमाञ्चल (९६,५६,९८५)
कम जनसंख्या भएको विकास क्षेत्रसुदूर-पश्चिमाञ्चल (२५,५२,२१७)

राष्ट्रिय जनगणना २०६८ नेपालमा गरिएको एघारौं जनगणना हो। यो जनगणनाले देशव्यापी रूपमा तथ्याङ्क संकलन गरेको थियो। राष्ट्रिय जनगणनाको अन्तिम रिपोर्ट अनुसार नेपालको जनसङ्ख्या २ करोड ६४ लाख ९४ हजार पाँच सय चार पुगेको छ[२]

केन्द्रीय तथ्यांक विभागले प्रकाशित गरेको राष्ट्रिय जनगणना २०६८को प्रारम्भिक नतीजा अनुसार नेपालको जनसङ्ख्या २,६६,२०,८०९ जना पुगेको देखिन्छ, जुन दश वर्षअघि (२०५८ साल)को जनसङ्ख्या २,३१,५१,४२३को तुलनामा ३४,६९,३८६ले बढी देखिन्छ । यसरी दश वर्षमा नेपालको जनसङ्ख्या १४.९९ प्रतिशत बढेको देखिन्छ । विगत दश वर्षको सरदर बार्षिक वृद्धिदर (Exponential Growth) १.४० प्रतिशत देखिन्छ । वि.सं. २०४८ देखि २०५८ सम्मको दश वर्षमा सरदर वार्षिक जनसङ्ख्या वृद्धिदर २.२५ प्रतिशत रहेको थियो ।[३]

राष्ट्रिय जनगणना २०६८को प्रारम्भिक नतिजामा जम्मा जम्मी ४७,६७,१९६ वटा घर/भवन वा आवासीय संरचनाहरू देखिएका छन् । ती घर वा आवासीय संरचनामा जम्माजम्मी २०६८मा ५६,५९,९८४ परिवार बसोबास गरेका देखिन्छन् । दश वर्षअघिको परिवार सङ्ख्या ४२,५३,२२० थियो । यसप्रकार विगत १० वर्षमा कुल १४,०६,७६४ परिवार थप भएको देखिन्छ । २०६८मा परिवार र घरको अनुपात १:१.१९ रहेको छ जसको अर्थ प्रत्येक १०० वटा घर/भवन वा आवासीय संरचनामा औसतमा ११९ परिवारहरू बसोबास गर्दछन् । जनगणना २०६८को अन्तिम नतिजा अनुसार नेपालको जनसङ्ख्या २६४९४५०४ पुगेको छ।

जनगणनाको २०६८(२०११)को अन्तिम नतिजाको संक्षिप्त बिवरण

कुल जनसङ्ख्या २६४९४५०४

पुरुष ४८.५० प्रतिशत(१२८४९०४१)

महिला ५१.५० प्रतिशत(१३६४५४६३)

लैंगिक अनुपात ९४.१६

जनघनत्व १८० प्रतिवर्ग किलोमिटर

परिवार संख्या ५४२७३०२

पूर्वाञ्चलको जनसङ्ख्या ५८११५५५(२१.९३)

मध्यमाञ्चलको जनसङ्ख्या ९६५६९८५(३६.४५)

पश्चिमाञ्चलको जनसङ्ख्या ४९२६७६५(१८.६०)

मध्यपश्चिमाञ्चलको जनसङ्ख्या ३५४६९८५(१३.३९)

सुदूरपश्चिमाञ्चलको जनसङ्ख्या २५५२५१७(९.६३)[४]

नेपालका जात/जातिहरू[सम्पादन गर्ने]

क्रमाङ्क जात/जातिहरू (राष्ट्रिय जनगणना २०६८) जनसङ्ख्या प्रतिशत
क्षत्री ४,३९८,०५३ १६.६०%
पहाडी ब्राह्मण/बाहुन ३,२२६,९०३ १२.१८%
मगर १,८८७,७३३ ७.१२%
थारु १,७३७,४७० ६.५६%
तामाङ १,५३९,८३० ५.८१%
नेवार १,३२१,९३३ ४.९९%
कामी १,२५८,५५४ ४.७५%
मुस्लिम १,१६४,२५५ ४.३९%
यादव १,०५४,४५८ ३.९८%
१० राइ ६२०,००४ २.३४%
११ गुरुङ ५२२,६४१ १.९७%
१२ दमाई/ढोली ४७२,८६२ १.७८%
१३ ठकुरी ४२५,६२३ १.६१%
१४ लिम्बु ३८७,३०० १.४६%
१५ सार्की ३७४,८१६ १.४१%
१६ तेली ३६९,६८८ १.४०%
१७ चमार/हरिजन/राम ३३५,८९३ १.२७%
१८ कोइरी/कुशवाहा ३०६,३९३ १.१६%
१९ मुसहर २३४,४९० ०.८९%
२० कुर्मी २३१,१२९ ०.८७%
२१ सन्यासी/दसनामी २२७,८२२ ०.८६%
२२ धानुक २१९,८०८ ०.८३%
२३ दुसाध/पासवान/पासी २०८,९१० ०.७९%
२४ राउटे ६१८ ०.००%
२५ नुराङ २७८ ०.००%
२६ कुसुन्डा २७३ ०.००%
- अन्य २८२,३२१ १.०७%
- जम्मा २६,४९४,५०४ १००.००%

सन्दर्भ सामग्री[सम्पादन गर्ने]