एटिसलात

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
इमिरेट्स दूरसञ्चार समूह कम्पनी पिजेएससी
مؤسسة الإمارات للاتصالات
उद्योगको प्रकारसार्वजनिक
उद्योगदूरसञ्चार
व्यवसायको रूपमाढाँचा:Abu Dhabi Securities Exchange
स्थापना५ अक्टोबर १९७६ (१९७६-१०-०५)
मुख्य कार्यालयअबु धाबी, संयुक्त अरब इमिरेट्स
व्यापारिक क्षेत्र
मुख्य व्यक्तिहरूएइसा अल सुवैदी (अध्यक्ष)
Saleh Al Abdooli (कार्यकारी अधिकृत)
हतिम बमत्राफ (प्राविधिक अधिकारी)
उत्पादन(हरू)निश्चित लाइनमाेबाईल टेलिफोन, इन्टरनेट सेवाहरू, डिजिटल टेलिभिजन
राजस्वIncrease संयुक्त अरब इमिरेट्स दिरहम५१.७  बिलियन (२०१५)
कूल आम्दानीIncrease संयुक्त अरब इमिरेट्स दिरहम८.३ बिलियन (२०१५)
नियन्त्रित कम्पनी
वेबसाइटhttp://www.etisalat.ae
http://www.etisalat.com

इमिरेट्स दूरसञ्चार समूह कम्पनी (अरबी: مؤسسة الإمارات للاتصالات, Mu'asissat al-'Imārāt lil-'Ittiṣālāt वा एटिसलात (अरबी: اتصالات ittiṣālāt संयुक्त अरब इमिरेट्समा आधारित एक बहुराष्ट्रिय दूरसञ्चार सेवा प्रदाता हो । हाल यसले एसिया, मध्य पूर्वअफ्रिकामा गरी १६ देशहरूमा यसकाे सञ्जाल विस्तार छ । फेब्रुअरी २०१४ का अनुसार, एटिसलात विश्वमा १४ औं सबैभन्दा ठूलो मोबाइल सञ्जाल सञ्चालक हो, जसको कुल प्रयाेगकर्ता १६७ मिलियन भन्दा बढी रहेका छन् ।[१] एटिसलात लाई सन् २०१२ मा संयुक्त अरब इमिरेट्स मा फोर्ब्स मध्य पूर्व द्वारा सबै भन्दा शक्तिशाली कम्पनीकाे रूपमा नामाकरण गरिएको थियोे ।[२]

३१ डिसेम्बर २०१५ मा, एटिसलातले ५१.७ बिलियन दिरहामको राजस्व सङ्कलन गरेको थियोे भने कूल मुनाफा ८७.७ बिलियन दिरहाम गरेको थियो । कम्पनीको कुल बजार पूजीकरण हाल ८७.७ बिलियन दिरहाम रहेको छ । यो देशमा केवल दुई दूरसञ्चार सेवा प्रदायक कम्पनीहरू रहेका छन् जसमा अर्को इमिरेट्स एकीकृत दूरसञ्चार कम्पनी (डु) हाे । एटिसलात मध्य पूर्वमा इन्टरनेट केन्द्रहरु मध्ये एक हो जुन यस क्षेत्रमा अन्य दूरसञ्चार संचालकहरु सँग जाेडिने क्षमता प्रदान गर्दछ । यो मध्य पूर्व र अफ्रिकामा अन्तर्राष्ट्रिय आवाज ट्राफिकको सबैभन्दा ठूलो सञ्चालक हो र विश्वमा १२ औं सबैभन्दा ठूलो आवाज ट्राफिक सञ्चालक हाे । डिसेम्बर २०११ मा एटिसलातले ४ जी एलटिइ नेटवर्कको वाणिज्यिक प्रक्षेपणको घोषणा गरेकाे थियोे । यसकाे मुख्यालय संयुक्त अरब इमिरेट्सकाे अबु धाबीमा अवस्थित छ ।

इतिहास[सम्पादन गर्ने]

अन्तर्राष्ट्रिय पहुँच[सम्पादन गर्ने]

एटिसलात अन्तर्राष्ट्रिय लगानी एटिसलतको एक व्यापारीक इकाई हाे जसले संयुक्त अरब इमिरेट्सको बाहिरका देशहरू जस्तै अफगानिस्तान, इजिप्ट, नाइजेरिया, नाइजर, साउदी अरब, श्रीलङ्का र पाकिस्तानमा दूरसञ्चार सेवाकाे सञ्चालन गरेको छ । जुलाई २०१७ सम्म, संयुक्त अरब इमिरेट्स बाहिर १५ देशहरुमा एटिसलातले उपस्थिति र सेवा सञ्चालन गरेको छ ।[३]

एटिसलातकाे अन्तर्राष्ट्रिय उपस्थिति
देश सञ्चालक
 संयुक्त अरब इमिरेट्स एटिसलात
 साउदी अरब माेबिलि
 श्रीलङ्का एटिसलात श्रीलङ्का
 मोरक्को माराेक टेलिकम
 पाकिस्तान पाकिस्तान दूरसञ्चार कम्पनी लिमिटेड
 इजिप्ट एटिसलात मिश्र्
 अफगानिस्तान एटिसलात अफगानिस्तान
मौरिसनिया माैरिसनिया माैरिटेल
 माली साेटेलमा
 आइभोरी कोस्ट मूभ
 मध्य अफ्रिकी गणतन्त्र मूभ
 गाबोन मूभ
 टोगो मूभ
 बेनिन मूभ
 नाइजर मूभ
 बुर्किना फासो अाेनाटेल

एटिसलात श्रीलङ्का[सम्पादन गर्ने]

एटिसलात श्रीलङ्का श्रीलङ्काकाे एक मोबाइल दूरसञ्चार सेवा प्रदायक हाे । याे हाल संयुक्त अरब एमिरेट्समा आधारित दूरसञ्चार संचालक एटिसलातको स्वामित्व मा रहेको छ । फेब्रुअरी २०१२ सम्म यसका ४.२ मिलियन प्रयोगकर्ताहरू रहेका छन् । [१]कम्पनीले १५ अगस्ट २०१२ मा दोहोरो क्यारियर एचएसपीए+ सेवाहरूको व्यावसायिक प्रक्षेपणको घोषणा गरेको थियो, यो त्यसो गर्ने लागि दक्षिण एसियामा पहिलो सञ्चालक रहेको थियो । अप्रिल २११८ मा क्यामेन टापुको सीके हचिसन समूह र संयुक्त अरब एमिरेट्सको एटिसलात समूहले आफ्नो मोबाइल दूरसञ्चार व्यवसायलाई श्रीलङ्कामा समायोजन गर्न एक निश्चित सम्झौता गरेका थिए ।

सन्दर्भ सामग्री[सम्पादन गर्ने]

  1. "एटिसलातका १०० मिलियन प्रयाेगकर्ता पुगेका छन्", द नेसनल, १० फेब्रुअरी २०११, अन्तिम पहुँच १० फेब्रुअरी २०११ 
  2. एटिसलात युएइमा सबैभन्दा शक्तिशाली कम्पनी बनेकाे छ । खलिजटाइम्स डटकम (२०१२-०३-०१) अभिगमन मिति २०१३-०७-२८
  3. "वार्सिक प्रतिवेदन २०१२", एटिसलात डटकम, अन्तिम पहुँच २०१७-०१-१२ 

बाह्य लिङ्कहरू[सम्पादन गर्ने]