एटिसलात (श्रीलङ्का)
![]() | |
उद्योगको प्रकार | निजी कम्पनी |
---|---|
उद्योग | दूरसञ्चार |
स्थापना | १९८९कोलम्बो, श्रीलङ्का |
मुख्य कार्यालय | कोलम्बो ०३, श्रीलङ्का |
मुख्य व्यक्तिहरू | सुलेइमान सलिम अल्काबि (प्राकाअ) |
उत्पादन (हरू) | टेलिफोन सेवा, मोबाइल ब्रोडब्यान्ड |
मालिक | इमिरेट्स दूरसञ्चार कर्पोरेसन |
वेबसाइट | etisalat.lk |
एटिसलात (श्रीलङ्का) (सिन्हाला: එටිසලාට් ; तमिल: எடிசலாட்) श्रीलङ्काकाे एक मोबाइल दूरसञ्चार सेवा प्रदायक हाे । याे हाल संयुक्त अरब एमिरेट्समा आधारित दूरसञ्चार संचालक एटिसलातको स्वामित्व मा रहेको छ । फेब्रुअरी २०१२ सम्म यसका ४.२ मिलियन प्रयोगकर्ताहरू रहेका छन् । [१]कम्पनीले १५ अगस्ट २०१२ मा दोहोरो क्यारियर एचएसपीए+ सेवाहरूको व्यावसायिक प्रक्षेपणको घोषणा गरेको थियो, यो त्यसो गर्ने लागि दक्षिण एसियामा पहिलो सञ्चालक रहेको थियो । अप्रिल २११८ मा क्यामेन टापुको सीके हचिसन समूह र संयुक्त अरब एमिरेट्सको एटिसलात समूहले आफ्नो मोबाइल दूरसञ्चार व्यवसायलाई श्रीलङ्कामा समायोजन गर्न एक निश्चित सम्झौता गरेका थिए । लेनदेनको पूरा भएपछि, सिके हचिसन समूहको बहुमत भएपछि संयुक्त इकाईमा नियन्त्रण यसैको रहेकोे थियो ।[१] यसको मुख्यालय श्रीलङ्काको कोलम्बोमा अवस्थित छ । यसको नारा "तपाईलाई शक्ति" हो ।
विषयसूची
सेलटेल र टिगो[सम्पादन गर्ने]
सेलटेल १८ जून १९८९ मा मोटोरोलाको टिएएससी प्रणाली द्वरा स्थापित भएको थियो । यो श्रीलङ्कामा पहिलो सेलुलर नेटवर्क र विश्वमा ३६ औं दूरसञ्चार सेवा प्रदायक हो । यो जनवरी २००७ मा टिगो (श्रीलङ्का)का नामले, मिलिकम अन्तर्राष्ट्रियको स्वामित्वमा रहेको थियो र फेरि यसलाई संयुक्त अरब एमिरेट्सको प्रमुख दूरसञ्चार प्रादयक एटिसलातद्वारा अधिग्रहण गरिएको थियो ।
एटिसलातको आधिग्रहण[सम्पादन गर्ने]
एटिसलातले मिलिकम अन्तर्राष्ट्रियले सञ्चालन गरेको (टिगो श्रीलङ्का)लाई अधिग्रहण गरेको थियो । अधिग्रहणमा कुल उद्यम मूल्य २०७ मिलियन अमेरिकी डलरमा पूरा भएको थियो, जसबाट मध्ये १५५ मिलियन अमरीकी डालर भने नगद थियो ।[२] एटिसलातले २५ सेप्टेम्बर २०१० मा सञ्चालनको नाम टोगोबाट एटिसलातमा परिवर्तन गरेको थियो ।
प्रतिस्पर्धा[सम्पादन गर्ने]
एटिसलात श्रीलङ्कामा ठूलो दुरसञ्चार प्रदायक मध्य एक हो । यसका मुख्य प्रतिस्पर्धीहरू: हच, डायलग आजीयाटा, मोबिटेल, र एयरटेल हुन् ।
प्रबिधि[सम्पादन गर्ने]
एटिसलात लङ्काले ९००/१८०० मेगाहर्ज प्रयोग गरेर जीएसएम / एज समर्थित नेटवर्क सञ्चालन गरेको छ । ५ मे २०११ मा कम्पनीले एचएसपिए+ सेवा सुरू गरेको थियो जसले २१०० मेगाहर्ज भन्दा बढीको आवृत्तिमा सेवा दिएको थियो र जसका कारण यो एलटिइ सेवाको मापदण्ड पूरा गरेकाले यसले एलटिइ सेवा पनि सञ्चालन गरेको थियो ।
कम्पनीले १५ अगस्ट २०१२ को डीसी-एचएसपीए सेवा को वाणिज्यिक प्रक्षेपणको घोषणा गरेको थियो । यस सेवा सुरू गर्ने यो दक्षिण एसियाली क्षेत्रमा पहिलो सञ्चालक र विश्वमै ६३ औँ दूरसञ्चार सेवा प्रदायक बनेको थियो ।