एडमिरल
स्वरूप
एडमिरल (Admiral)वा नौसेना प्रमुख भनेको कुनै पनि देश वा राज्यको नौसेनाको सर्वोच्च अधिकारी हो। तुलनाको लागि , यो पद थलसेनाको जनरल वा सेनापतिको बराबर मानिन्छ।
व्युत्पत्ति
[सम्पादन गर्नुहोस्]"एडमिरल" शब्द संसारभरका धेरै भाषाहरूमा विभिन्न रूपहरूमा पाइन्छ। यो मूल रूपमा अरबी शब्द "अमिर अल-बहर " (أمير البحر) बाट युरोपेली भाषाहरूमा आएको हो, जसको अर्थ "समुद्रको सरदार" हुन्छ [१][२][३]
देश अनुसार चिन्ह
[सम्पादन गर्नुहोस्]धेरैजसो राष्ट्रहरूको नौसेना पोशाकमा, एडमिरलहरूको काँधमा चार तारा, वा तीन पातलो र एउटा बाक्लो पट्टी मिलेर बनेको चिन्ह हुन्छ। यद्यपि, केही राष्ट्रहरूमा त्यस्तो हुँदैन।
यो पनि हेर्नुहोस्
[सम्पादन गर्नुहोस्]सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ "Definition of ADMIRAL", Merriam-Webster, १६ जुलाई २०२३।
- ↑ Catafago, Joseph (१८५८), An English and Arabic Dictionary, In Two Parts, Arabic and English, and English and Arabic, Bernard Quaritch, Oriental and Philological Bookseller. London, पृ: 26, 30, 324।
- ↑ Lane, Edward William (१९६८), Arabic-English Lexicon, in Eight Parts. Part 1, Librairie du Liban. Beirut, Lebanon, पृ: 97।

