सामग्रीमा जानुहोस्

एन्जो फर्नान्डिज

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
एन्जो फर्नान्डिज
सन् २०२६ मा एन्जो फर्नान्डिज
व्यक्तिगत जानकारी
पुरा नाम एन्जो जेरेमियास फर्नान्डेज[]
जन्म मिति (2001-01-17) १७ जनवरी २००१ (उमेर २५)[]
जन्म स्थान बुएनोस आइरेस, अर्जेन्टिना
उचाइ १.७८ मी (५ फिट १० इन्च)[]
खेल्ने स्थान(हरू) मिडफिल्डर
क्लब जानकारी
वर्तमान टोली
चेल्सी
सङ्ख्या

एन्जो जेरेमियास फर्नान्डेज (जन्म: १७ जनवरी २००१) अर्जेन्टिनाका एक पेशेवर फुटबल खेलाडी हुन्। उनी मिडफिल्डरको रूपमा प्रिमियर लिग क्लब चेल्सी तथा अर्जेन्टिना राष्ट्रिय फुटबल टोलीबाट खेल्छन्।

रिभर प्लेटको युवा एकेडेमीबाट फुटबल यात्रा सुरु गरेका फर्नान्डेजले सन् २०१९ मा क्लबको पहिलो टोलीबाट व्यावसायिक रूपमा डेब्यु गरेका थिए। त्यसपछि उनले दुई सिजन डेफेन्सा इ जुस्टिसियामा ऋण सम्झौतामा बिताए। त्यहाँ उनले कोपा सुदामेरिकाना र रेकोपा सुदामेरिकानाको उपाधि जिते र सन् २०२१ मा पुनः रिभर प्लेटमा फर्किएका थिए।

सन् २०२२ को गर्मीयाममा उनी बेन्फिकामा आबद्ध भएका थिए। त्यहाँ केवल ६ महिना खेलेपश्चात, सन् २०२३ को जनवरीमा उनी १२ करोड १० लाख युरो (१० करोड ६८ लाख पाउन्ड) बराबरको तत्कालीन बेलायती फुटबल इतिहासकै कीर्तिमानी स्थानान्तरण शुल्कमा चेल्सीमा आबद्ध भए।

उनले वरिष्ठ राष्ट्रिय टोलीबाट डेब्यु गर्नुअघि अर्जेन्टिनाको १८ वर्षमुनिको राष्ट्रिय टोलीको प्रतिनिधित्व गरेका थिए। उनले सन् २०२२ को फिफा विश्वकपमा अर्जेन्टिनाको प्रतिनिधित्व गर्दै टोलीलाई तेस्रो विश्वकप उपाधि जिताउन महत्त्वपूर्ण भूमिका खेलेका थिए। उत्कृष्ट प्रदर्शनका लागि उनले प्रतियोगिताको उदीयमान युवा खेलाडी पुरस्कार पनि जितेका थिए। उनले सन् २०२४ को कोपा अमेरिकामा पनि अर्जेन्टिनालाई उपाधि दिलाउन योगदान दिएका थिए।

फर्नान्डेजले सन् २०२६ को फिफा विश्वकपमा अर्जेन्टिनालाई फाइनलसम्म पुर्‍याउने अभियानमा पनि प्रमुख भूमिका निर्वाह गरेका थिए। तर फाइनल खेलमा दुई पहेँलो कार्ड पाएपछि उनी मैदानबाट बाहिरिएका (रेड कार्ड) थिए, र त्यस खेलमा अर्जेन्टिना पराजित भएको थियो।

फ्रान्सको राष्ट्रिय फुटबल टोलीविरुद्ध अश्वेतविरोधी तथा जातीय विभेदपूर्ण टिप्पणी गरेको आरोपका कारण फर्नान्डेज विवादमा पनि तानिएका छन्।[]

सामग्री सन्दर्भहरू

[सम्पादन गर्नुहोस्]
  1. "Squad List: FIFA Club World Cup 2025: Chelsea FC (ENG)", FIFA, १५ जुन २०२५, पृ: १२, अन्तिम पहुँच १५ जुन २०२५
  2. "FIFA World Cup Qatar 2022 – Squad list: Argentina (ARG)", FIFA, १५ नोभेम्बर २०२२, पृ: , अन्तिम पहुँच १५ नोभेम्बर २०२२
  3. उद्दरण त्रुटी: अवैध <ref>चिनो; "SW1" नामको सन्दर्भका लागि कुनै पाठ प्रदान गरिएको छैन
  4. Foster, Matt (१६ Jan २०२५), "Anti-racism body writes to FIFA, CONMEBOL over Enzo Fernández chant probe", www.espn.com, अन्तिम पहुँच २०२६-०७-१४