एप्पल कम्पनी
|
| |
|
| |
| उद्योगको प्रकार | सार्वजनिक |
|---|---|
| उद्योग | |
| व्यवसायको रूपमा |
|
| स्थापना | (अप्रिल १, १९७६) |
| संस्थापक(हरू) | |
| मुख्य कार्यालय | एप्पल क्याम्पस, १ इन्फिनाइट लुप, क्युपर्चिनो,क्यालिफोर्निया, अमेरिका |
| स्थान सङ्ख्या | ४०६ खुद्रा बिक्रिकेन्द्र (मे २०१३) |
| व्यापारिक क्षेत्र | बिश्वब्यापी |
| मुख्य व्यक्तिहरू |
|
| उत्पादन(हरू) | |
| सेवाहरू | |
| राजस्व |
|
| परिचालन आय |
|
| कूल आम्दानी |
|
| लगानी |
|
| कुल इक्विटी |
|
| कामदार(हरू) | 80,000 (2013)[३] |
| नियन्त्रित कम्पनी |
|
| वेबसाइट | apple.com |
एप्पल कम्पनी एउटा अमेरिकन बहुराष्ट्रिय कम्पनी हो । एप्पलले विभिन्न किसिमका विद्युतिय सामग्री बनाउने काम गर्छ । यस कम्पनीका उत्पादनहरु मध्ये म्याक ल्यापटप,आइप्याड र आइफोन युवाहरु माझ निकै चर्चित छन । एप्पल हार्डवेयर मात्र नभएर सफ्टवेयर पनि बनाउदै आएको छ । यसका प्रमुख सफ्टवेयरहरुमा म्याक ओएस,आइ ट्युन्स,आइ-वोर्कस,एपर्चर आदि पर्छन । राजस्वको मामिलामा सामसुङ इलेक्ट्रोनिक्स पछी एप्पल संसारकै दोश्रो ठुलो सुचना उद्योगीक कम्पनि हो तथा सामसुङ र नोकिया पछि सबैभन्दा ठुलो मोबाईल निर्माता कम्पनि हो ।
एप्पल कम्पनीको स्थापना १ अप्रील १९७६ मा भयो र यसको लगभग १ वर्षपछी ३ जनवरी १९७७ मा यसको नाम एप्पल कम्प्युटर आइएनसी राखियो । कम्पनीको नाम बाट "कम्प्युटर" शब्द ९ जनवरी २००८ मा हटाइयो त्यही दिन एप्पल कम्पनीका संस्थापक स्टिभ जब्सले ग्राहक तथा विश्वमाझ आइफोन प्रस्तुत गरेर एप्पल कम्पनी उपभोक्ता इलेक्ट्रोनिक्स माझ ध्यान बढाईरहेको कुरा देखाएका थिए ।
मार्च २०१३ सम्ममा अनुमानित $४१५ बिलियन अमेरिकी डलर बजार पुंजीको साथ एप्पल संसारकै सबैभन्दा ठुलो सार्वजनिक कमपनी बनेको छ ।२९ सेप्टेम्बर २०१२ सम्ममा एप्पल कमपनीको विश्वभरमा ७२,८०० आधिकारिक कर्मचारी तथा ३.३०० अनाधिकारिक कर्मचारी रहेका थिए । सन् २०१२ मा एप्पलको बार्षिक राजस्व कुल $ १५६ बिलियन अमेरिकी डलर रहेको थियो ।
सन्दर्भ सूची[सम्पादन गर्ने]
- ↑ "Press Info – Apple Leadership", Apple, अन्तिम पहुँच फेब्रुअरी २२, २०१२।
- ↑ २.० २.१ २.२ २.३ २.४ "2013 Apple Form 8-K", अक्टोबर २८, २०१३, अन्तिम पहुँच अक्टोबर २९, २०१३।
- ↑ "Apple's Jobs creation", Apple.com, नोभेम्बर ३०, २०१३, अन्तिम पहुँच नोभेम्बर ३०, २०१३।
| विकिमिडिया कमन्समा Apple Inc. सम्बन्धी अन्य सामग्रीहरू रहेका छन् । |