एफसी बार्सिलोना
| पुरानाम | फुटबल क्लब बार्सिलोना (Futbol Club Barcelona) | |||
|---|---|---|---|---|
| उपनाम(हरू) | बार्सा (Barça) कुलेस (Culés) ब्लाउग्रानेस (Blaugranes, अर्थ: निलो-) (supporters) | |||
| स्थापना | नोभेम्बर २९, १८९९ (as Foot-Ball Club Barcelona) | |||
| मैदान | क्याम्प नउ, बार्सिलोना, स्पेन | |||
| क्षमता | ९९,३५४ | |||
| President | जोसेप मारियो बार्टमेउ | |||
| म्यानेजर | लुइस इनरिक | |||
| लिग | ला लीगा | |||
| २०१८-१९ | ला लीगा, च्याम्पियन | |||
| वेबसाइट | क्लबको आधिकारिक पृष्ठ | |||
|
| ||||
| एफसी बार्सिलोना का खेल विभागहरू | ||||||||||||||||||||||||||||||
|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|
|
||||||||||||||||||||||||||||||
बार्सिलोना वा बार्साको नामले चिनिने यो क्लब स्पेनको एक व्यावसायिक फुटबल क्लब हो, जुन स्पेनको बार्सिलोनामा अवस्थित छ । यसको पुरा नाम एफसी बार्सिलोना अर्थात फुटबल क्लब बार्सिलोना हो ।
सन् १८९९मा जोअन ग्यामपरको नेतृत्वमा स्विस, अङ्ग्रेजी, र स्पेनिश फुटबल खेलाडीको एक समूह मिलाई "Més que un club" (नेपालीमा: एउटा क्लब भन्दा बढी) भन्ने उक्तिका साथ फुटबल क्लब बार्सिलोनाको रूपमा यस क्लबको स्थापना भएको थियो । यो क्लब क्याटलनबाद र क्याटलन संस्कृतिको एक प्रतीक बन्यो । यसको आधिकारिक गान "Cant del Barça" जउमे पिकास र जोसफ मारिया इस्पिनासले लेखेका हुन । राजस्वको मामलामा यो क्लब विश्वको दोस्रो धनी फुटबल क्लब हो, यसको वार्षिक बजेट ३९८,०००,००० थियो। यस क्लबको रियल म्याड्रिड क्लबसँग लामो समय देखि प्रतिद्वन्द्विता चली आएको छ र यि दुई बिचको खेललाई अल क्लासिकोको नामले चिनिन्छ ।
समग्र ट्रफिहरू: २४ पटक ला लिगामा शिर्षस्थान साथै २८ स्पेनिश कप, १२ स्पेनिश सुपर कप, २ लिग कप विजेता रेकर्डका साथ एफसी बार्सिलोना स्पेनिश फुटबलमा सबै भन्दा सफल क्लबको रूपमा स्थापित छ। साथै यूरोपीय फुटबलमा दस पटक UEFA प्रतियोगिता विजेता बन्ने क्लबहरू मध्यमा पर्दछ । यो क्लब १९५५ पछि प्रत्यक सिजनका यूरोपेली महाद्वीपीय फुटबल खेलहरूमा समावेश हुने एक मात्र क्लब हो । सन् २००९ मा बार्सिलोना ला लिगा, कोपा डेल रे र च्यापियन्स लिग विजेता भई स्पेनमा एकै पटक तिन वटा खेल विजेता (ट्रेबल) हुने प्रथम क्लब बन्यो । त्यही वर्ष, स्पेनिश सुपर कप, UEFA सुपर कप र फिफा क्लब विश्वकपमा पनि विजेता भई पहिलो पल्ट एकै वर्ष ६ प्रतियोगिताहरू जित्ने (सेक्सटपल) पहिलो क्लब बन्यो । त्यसैगरि सन् २०१४-१५ मा बार्सिलोना ला लिगा, कोपा डेल रे र च्यापियन्स लिग विजेता भई दोस्रो पटक ट्रेबल जित्ने पहिलो क्लब बन्यो । त्यही वर्ष उसले स्पेनिश सुपर कपमा पनि विजेता भई पहिलो पल्ट दोस्रो पटक ट्रेबल जित्ने पहिलो क्लब बन्यो । सन् २०१६ मा ला लिगा,कोपा डेल रे र सुपर कोपा गरि तीन वटा उपाधीमा रक्षा गर्यो।
विषयसूची
इतिहास[सम्पादन गर्ने]
Sports Notice: Our friend and companion Hans Gamper... former Swiss [football] champion, being keen on organising some football games in the city asks anyone who feels enthusiastic enough about the sport to present themselves at the office of this newspaper any Tuesday or Friday evening between the hours of 9 and 11pm.
२२ अक्टूबर १८९९ मा, जोअन ग्याम्परले लस डेपोरटिज नामक पत्रिकामा आफुलाई एक फुटबल क्लब स्थापना गर्ने इच्छा दर्शाउँदै विज्ञापन प्रकाशित गरे, जसको सकारात्मक प्रतिक्रिया स्वरूप २९ नोभेम्बरमा जिम्नासिओ सोलमा एक बैठक गरियो। यस बैठकमा क्लबका पहिला निर्देशक वाल्टर वाइल्ड लगायत ११ जना खेलाडीहरू: लुइस डि'ओसो, बार्टोमेउ टेराडास, ओट्टो कन्जल, ओट्टो म्याइर, एन्रिक डकल, पेरे क्याबोट, कार्लेस पुजोल, जिसेफ ल्लोबेट, जन पार्सन्स र विलियम पार्सन्सको उपस्थिति थियो। यसै बैटकको निर्णयबाट फुटबल क्लब बार्सिलोनाको जन्म भयो।[१]
एफसी बार्सिलोनाले क्याम्पिओनेट डे क्याटालुन्या र कोपा डेल रेको प्रतिस्पर्धाबाट क्षेत्रीय र राष्ट्रिय कपमा सफल शुरूवात गरेको थियो। १९०२ मा, क्लबले कोपा डेल रेमा एथलेन्टिक बिल्बाओलाई २-१ले पराजित गर्दै आफ्नो पहिलो ट्रफी, कोपा मकाया जित्यो।[२] १९०५मा क्याम्पिओनेट डे क्याटालुन्या पछि कुनै पनि प्रतियोगिता नजित्नाले क्लबमा आर्थिक कठिनाई आइलाग्यो। सन् १९०८मा ग्याम्पर क्लबको अध्यक्ष भए। सन् १९०८ देखि १९२५ सम्ममा उनी पाँच अलग अवसरहरूमा क्लबको अध्यक्ष भए र आफ्नो २५ वर्ष उनले यही बिताए। उनको मुख्य उपलब्धिहरू मध्य एक क्लबको आफ्नो नै रङ्गशाला निर्माण हो, यसबाट क्लबलाई एक स्थिर आयको स्रोत हासिल भएको थियो।[३]
१४ मार्च १९०९मा टीम ८,००० मान्छेहरू बस्ने क्षमता भएको रंगशाला क्याम्प डे ला इन्डस्ट्रियामा सर्योह। सन १९१० देखि १९१४ सम्म बार्सिलोना लङ्गडक, मिडी, एक्वीटाइन (दक्षिणी फ्रान्स), बास्क राज्य तथा क्याटालिनियाका सर्वश्रेष्ठ टीमहरू समावेश हुने पाइरेनिस कपमा भाग लियो। त्यस समयमा यो कप सबैभन्दा राम्रो खुल्ला प्रतियोगिता मानिन्थ्यो।[४][५] त्यहि समयमा नै क्लबले आफ्नो आधिकारिक भाषा क्यास्टिलियनलाई क्याटालानमा परिवर्तन गर्योa, जुन बिस्तारै क्याटालान पहिचानको एक महत्वपूर्ण प्रतीकमा विकसित भयो।
ग्याम्परले नयाँ क्लब सदस्यहरू भर्ना गर्ने अभियान शुरू गर्योय र १९२२ सम्ममा क्लबका सदस्यहरूको संख्या २०,००० भन्दा धेरै पग्यो र क्लब एक नयाँ रंगशाला खरीद गर्न सक्षम भयो। त्यही वर्ष क्लब नयाँ रंगशाला लेस कोर्टसमा स्थानान्तरित भयो। लेस कोर्टस रंगशालाको सीट क्षमता २२,००० थियो जुन पछि ६०,०००मा विस्तार गरिएको थियो।[६] ज्याक ग्रिनवेललाई पहिलो पूर्ण समय प्रबन्धकको रूपमा नियुक्त गरियो र क्लबको भाग्यमा सुधार शुरू भयो। ग्याम्पर युग बार्सिलोनाको लागि पहिलो "स्वर्ण युग" थियो, यस समयमा एफसी बार्सिलोनाले ११ क्याम्पिओन्याट डे क्याटालुन्या, ६ कोपा डेल रे र ४ पाइरेनिस कपमा जित हासिल गर्न सफल भयो।[२][३]
रेकर्ड[सम्पादन गर्ने]
रङ्गशाला[सम्पादन गर्ने]
बार्सिलोनाले शुरूमा क्याम्प डे ला इन्डष्ट्रिया रंगशालामा खेलेको थियो। यसको सीट क्षमता १०,००० थियो र क्लबका सदस्यको बृद्धि संगै अधिकारीहरूले क्लबको लागि सुविधाहरू अपर्याप्त महसुस गरे।[७] १९२२मा समर्थकहरूको संख्या २०,००० भन्दा बढि भइसकेको थियो। अत: क्लबको लागि चन्दा संकलन गरि बार्सिलोनाले २०,००० दर्शक क्षमता भएको क्याम्प डी लेस कोर्टसको निर्माण गर्यो=। स्पेनको गृहयुद्ध पछि बार्सिलोनाले ठूलो संख्यामा क्लबका सदस्यहरू र खेलहरूमा दर्शकहरू आकर्षित गर्न शुरू गर्योट। यसबाट क्लबले क्याम्प डी लेस कोर्टस १९४४, १९४६ र १९५०मा तीन पटक पूनर्निर्माण गरी ६०,००० दर्शक क्षमताको बनाउन सफल भयो।[८]
यस निर्माण पछि लेस कोर्टसमा विस्तारको लागि अब अलिकति पनि स्थान थिएन। २५६ खेलहरूमा १९६ गोल संगै १९४८ र १९४९मा ला लिगाको शिर्षस्थानमा फिर्ता तथा जुन १९५०मा लस्जलो कुबालालाई क्लबमा अनुबन्धन गर्नुले क्लबले आफ्नो खेलमा दर्शकहरूको ठूलो भीडलाई आकर्षित गर्योज।[८][९][१०] दर्शकहरूको संगै क्लबले एक नयाँ रंगशाला निर्माणको लागि योजना बनाउन शुरू गर्योu[८]। सोहि योजना स्वरूप २८ मार्च १९५४मा क्याम्प नउ रङ्गशालाको निर्माण कार्य शुरु भयो। यस रंगशालाको शिलान्यास तत्कालिन गभर्नर फेलिप असेडो कलंगाले गरेका थिए। निर्माण कार्य तिन वर्ष चल्यो र २७ सेप्टेम्बर १९५७मा समाप्त भयो। यस रंगशालाको कुल लागत क्लबको बार्षिक बजेटको ३३६ % अर्थात २८८०००००० थियो।[८]
सन् १९८०मा क्लबले रंगशालालाई मापदण्डको बनाउनु पर्ने आवश्यकता महशुस गरि क्लबले प्रशंसकहरू सँग दाताहरूको नाम इँटमा लेख्ने प्रचार गरी पैसा संकलन गर्योप। यस प्रचारले लोकप्रियता पायो र लाखौं मान्छेहरूले चन्दा दिए। तर पछि म्याड्रिडका सञ्चार माध्यमहरूले उक्त इँटहरू मध्यमा लामो समय सम्म रियल म्याड्रिडका अध्यक्ष रहेका तथा फ्रान्सिस्को फ्रान्कोका समर्थक स्यान्टियागो बर्नब्यूको पनि नाम रहेको प्रचार गरेपछि विवादको बिषय बनेको थियो।[११][१२][१३] १९९२मा ग्रीष्मकालीन खेलको तैयारीको क्रममा माथिल्लो भागमा दुई पंक्ति कुर्सीहरू थपियो।[१४] अहिले यो रंगशाला ९८,७८७ दर्शक क्षमताका साथ यूरोपको सबैभन्दा ठूलो स्टेडियमको रूपमा परिचित छ।[१५]
यस रंगशालामा निम्न अन्य स्थान तथा सुविधाहरू रहेका छन:[१६]
- Ciutat Esportiva Joan Gamper (एफसी बार्सिलोनाको अभ्यास मैदान)
- La Masia (युवा खेलाडीहरूको बस्ने स्थान)
- Mini Estadi (Home of the reserve team)
- Palau Blaugrana (एफसी बार्सिलोनाको आन्तरिक खेल क्षेत्र)
- Palau Blaugrana २ (एफसी बार्सिलोनाको दोस्रो आन्तरिक खेल क्षेत्र)
- Pista de Gel (FC Barcelona ice rink)
खेलाडीहरू[सम्पादन गर्ने]
- अद्यावधिक 5 August 2015[१७]
Out on loan
|
|
सम्मान[सम्पादन गर्ने]
राष्ट्रिय[सम्पादन गर्ने]
- विजेता (२३): १९२८-२९, १९४४-४५, १९४७-४८, १९४८-४९, १९५१-५२, १९५२-५३, १९५८-५९, १९५९-६०, १९७३-७४, १९८४-८५, १९९०-९१, १९९१-९२, १९९२-९३, १९९३-९४, १९९७-९८, १९९८-९९, २००४-०५, २००५-०६, २००८-०९, २००९-१०, २०१०-११, २०१२-१३, २०१४-१५
- विजेता (२७): १९०९-१०, १९११-१२, १९१२-१३, १९१९-२०, १९२१-२२, १९२४-२५, १९२५-२६, १९२७-२८, १९४१-४२,१९५०-५१, १९५१-५२, १९५२-५३, १९५६-५७, १९५८-५९, १९६२-६३, १९६७-६८, १९७०-७१, १९७७-७८, १९८०-८१, १९८२-८३, १९८७-८८, १९८९-९०, १९९६-९७, १९९७-९८, २००८-०९, २०११-१२, २०१४-१५,
- विजेता (२): १९८२-८३, १९८५-८६
- विजेता (११): १९८३, १९९१, १९९२, १९९४, १९९६, २००५, २००६, २००९, २०१०, २०११, २०१३
- Copa Eva Duarte (Predecessor to the Supercopa de España)[२२]
- विजेता (९): १९४५, १९४८, १९५२, १९५३
युरोपेली[सम्पादन गर्ने]
- विजेता (५): १९९१-९२, २००५-०६, २००८-०९, २०१०-११, २०१४-१५
- विजेता (४): १९७८-७९, १९८१-८२, १९८८-८९, १९९६-९७
- Inter-Cities Fairs Cup (the forerunner to the UEFA Europa League)[२५]
- विजेता (३): १९५५-५८, १९५८-६०, १९६५-६६
- विजेता (३): १९९२, १९९७, २००९, २०११, २०१५
- विजेता (२): १९४९, १९५२
विश्वब्यापी[सम्पादन गर्ने]
- इन्टरकन्टिनेन्टेल कप (Intercontinental Cup)[२८]
- विजेता (२): २००९, २०११,२०१५
व्यवस्थापन तथा कर्मचारी[सम्पादन गर्ने]
सन्दर्भ सूचीहरू[सम्पादन गर्ने]
- ↑ १.० १.१ Ball, Phil p. 89.
- ↑ २.० २.१ Carnicero, José Vicente Tejedor (21 May 2010). "Spain – List of Cup Finals". Rec.Sport.Soccer Statistics Foundation (RSSSF). Retrieved 9 March 2010.
- ↑ ३.० ३.१ "History part I". FC Barcelona. Retrieved 11 March 2010.
- ↑ Murray, Bill; Murray, William J. p. 30.
- ↑ Ferrer , Carles Lozano (19 June 2001). "Coupe des Pyrenées – Copa de los Pirineos". Rec.Sport.Soccer Statistics Foundation (RSSSF). Retrieved 12 June 2010.
- ↑ "History part II". FC Barcelona. Retrieved 11 March 2010.
- ↑ Santacana, Carles (14 March 2009). "Cent anys del camp de la Indústria" (in Catalan). FC Barcelona. Retrieved 11 September 2010.CS1 maint: unrecognized language (link)
- ↑ ८.० ८.१ ८.२ ८.३ "Brief history of Camp Nou". FC Barcelona. Retrieved 30 July 2010.
- ↑ Farred, Grant. p. 124.
- ↑ Eaude, Michael. p. 104.
- ↑ Ball, Phil pp. 20–21.
- ↑ Ball, Phil pp. 121–22.
- ↑ Murray, Bill; Murray, William J.. p. 102.
- ↑ Snyder, John. pp. 81–2.
- ↑ Stone, Peter. p. 201.
- ↑ "El proyecto Barça Parc, adelante" (in Spanish). FC Barcelona. 2009. Retrieved 28 July 2009.CS1 maint: unrecognized language (link)
- ↑ "First team" (in English). FC Barcelona. Retrieved 1 december 2018. Check date values in:
|accessdate=(help)CS1 maint: unrecognized language (link) - ↑ "Evolution 1929–10". Liga de Fútbol Profesional. Retrieved 6 August 2010.
- ↑ "Palmarés en" (in Spanish). MARCA. Retrieved 22 June 2010.CS1 maint: unrecognized language (link)
- ↑ Torre, Raúl (29 January 2009). "Spain – List of League Cup Finals". Rec.Sport.Soccer Statistics Foundation (RSSSF). Retrieved 22 June 2010.
- ↑ Carnicero, José; Torre, Raúl; Ferrer, Carles Lozano (28 August 2009). "Spain – List of Super Cup Finals". Rec.Sport.Soccer Statistics Foundation (RSSSF). Retrieved 22 June 2010.CS1 maint: multiple names: authors list (link)
- ↑ "List of Super Cup Finals" (in English). RSSF. Retrieved 18 March 2011.CS1 maint: unrecognized language (link)
- ↑ "Champions League history". Union of European Football Associations (UEFA). Retrieved 22 June 2010.
- ↑ "UEFA Cup Winners' Cup". UEFA. Retrieved 22 June 2010.
- ↑ Stokkermans, Karel (26 January 2000). "Inter-Cities Fairs' Cup". Rec.Sport.Soccer Statistics Foundation (RSSSF). Retrieved 22 June 2010.
- ↑ "UEFA Super Cup". UEFA. Retrieved 22 June 2010.
- ↑ Karel Stokkerman, Osvaldo José Gorgazzi (23 November 2006). "Latin Cup". Rec.Sport.Soccer Statistics Foundation. Retrieved 13 September 2010.
- ↑ Magnani, Loris ; Stokkermans, Karel (30 April 2005). "Intercontinental Club Cup". Rec.Sport.Soccer Statistics Foundation. Retrieved 9 August 2010.CS1 maint: multiple names: authors list (link)
- ↑ "Tournaments". FIFA. Retrieved 22 June 2010.
| विकिमिडिया कमन्समा FC Barcelona सम्बन्धी अन्य सामग्रीहरू रहेका छन् । |