एब्जर्पसन रेफ्रिजेरेटर

एब्जर्पसन रेफ्रिजरेटर मा चिसोपन पाउन ताप स्रोतको प्रयोग गरेर आवश्यक उर्जा प्रदान गरिन्छ।प्रयोग गर्न सकिने ताप स्रोतको उदाहरणहरू सौर्य ऊर्जा, जीवाश्म इन्धन जलाउने, कारखानाहरूबाट खेर जाने ताप, र डिस्ट्रिक्ट ताप प्रणाली हुन्।
एब्जर्पसन रेफ्रिजरेटरको प्रयोग सामान्यतया मनोरञ्जनात्मक सवारी साधनहरू, क्याम्परहरू र कारभानहरूमा गरिन्छ किनभने यसको सञ्चालनको लागि आवश्यक ताप प्रोपेन इन्धन बर्नर, कम-भोल्टेजको डिसी विद्युतीय हीटर (ब्याट्री वा सवारी साधनको विद्युतीय प्रणालीबाट) वा मुख्य-संचालित विद्युतीय हीटरद्वारा प्रदान गर्न सकिन्छ। भवनमा रहेको ग्यास टर्बाइन वा पानीको हिटरबाट निस्कने ताप प्रयोग गरेर भवनहरूलाई एयर कन्डिसनिङ गर्न पनि एब्जर्पसन रेफ्रिजरेटरहरू प्रयोग गर्न सकिन्छ। ग्यास टर्बाइनबाट निस्कने ताप प्रयोग गर्नाले टर्बाइनको दक्षता धेरै बढ्छ किनभने यसले पहिले बिजुली, त्यसपछि तातो पानी, र अन्तमा, एयर कन्डिसनिङ - तीन उत्पाद उत्पादन गर्दछ।
अधिक प्रचलित भेपर कम्प्रेसन रेफ्रिजेरेसन प्रणालीको विपरीत, एब्जर्पसन रेफ्रिजेरेटरमा चलायमान अंगहरू निकै कम वा शुन्य हुन्छ।
इतिहास
[सम्पादन गर्नुहोस्]२० औँ शताब्दीको प्रारम्भिक वर्षहरूमा, पानी-अमोनिया प्रणालीहरू प्रयोग गरेर भेपर एब्जर्पसन चक्र लोकप्रिय र व्यापक रूपमा प्रयोग भएको थियो, तर भेपर कम्प्रेसन चक्र को विकास पछि यसको दक्षता (कफिसेन्ट अफ पर्फमेन्स) निकै काम (वाष्प कम्प्रेशन चक्रको लगभग पाँचौं भाग) को कारण यसको धेरै महत्त्व गुमाएको थियो। एब्जर्पसन रेफ्रिजरेटरहरू नियमित कम्प्रेसर रेफ्रिजरेटरहरूको लोकप्रिय विकल्प हुन् जहाँ बिजुली अविश्वसनीय, महँगो, वा अनुपलब्ध छ, वा जहाँ कम्प्रेसरबाट आउने आवाजले समस्या हुन्छ वा जहाँ अतिरिक्त गर्मी उपलब्ध छ।
सन् १७४८ मा ग्लासगोमा, विलियम कलन आधुनिक रेफ्रिजरेसन आधार आविष्कार गरे, यद्यपि उनलाई प्रयोगयोग्य उपकरण श्रेय दिइएको छैन।
सन् १८५८ मा फ्रान्सेली वैज्ञानिक फर्डिनान्ड कारेले अब्जर्पसन रेफ्रिजेरेटरको आविष्कार गरेका थिए। [१]मूल डिजाइनमा पानी र सल्फ्यूरिक एसिड प्रयोग गरिएको थियो। सन् १९२२ मा स्टकहोम रोयल इन्स्टिच्युट अफ टेक्नोलोजी दुई विद्यार्थी बाल्ट्जर भोन प्लाटन र कार्ल मुन्टर्स तिन-तरल पदार्थको संरचनाका साथ सिद्धान्तलाई बढावा दिए। यो "प्लेटन-मन्टर्स" डिजाइन पम्प बिना सञ्चालन गर्न सकिन्छ।
सन् १९२६ मा अल्बर्ट आइन्स्टाइन र उनका पूर्व विद्यार्थी लियो स्जिलार्डले आइन्स्टाइन रेफ्रिजरेटर भनेर चिनिने वैकल्पिक डिजाइन प्रस्ताव गरे।[२]
सञ्चालन सिद्धान्त
[सम्पादन गर्नुहोस्]
एब्जर्प्सन रेफ्रिजेरेटरमा दुई प्रकारका तरल पदार्थको प्रयोग हुन्छ। एक तरल अर्कोमा घुलनशील हुन्छ। सामान्यतया एब्जर्पसन रेफ्रिजेरेसनमा पानी र अमोनियाको प्रयोग हुन्छ।
एब्जर्पसन शितलन चक्रलाई तीन चरणमा वर्णन गर्न सकिन्छ: इभापोरेसन एब्जर्पसन रिजेनेरेसन
साधारण लवण र पानी प्रणाली
[सम्पादन गर्नुहोस्]ठूला व्यवसायिक प्लान्टमा प्रचलित सरल एब्जर्पसन रेफ्रिजेरेसनमा लिथियम बोमाइड वा लिथियम क्लोराइड लवण र पानीको प्रयोग हुन्छ। न्युन दबाबमा रहेको पानीले ताप लिएर वाष्पमा परिणत हुन्छ। पानीलाई लिथियम ब्रोमाइड/पानीको घोलले सोस्स। यो प्रणालीमा लिथियम ब्रोमाइड घोलबाट तापद्वारा पानीलाई बाहिर निकालिन्छ।[३]
पानी स्प्रे एब्जर्पसन
[सम्पादन गर्नुहोस्]
अर्को प्रारुपमा हावा, पानी र नुनिलो पानीको घोल प्रयोग गरिन्छ। न्यानो, ओसिलो हावालाई स्प्रे गरेर लुनिलो पानीको घोलमा प्रवेश गराइन्छ। स्प्रेले आर्द्रता घटाउँछ तर तापक्रममा उल्लेखनीय परिवर्तन गर्दैन। न्यानो हावा इभपोरेटिभ कुलरबाट पार हुँदा, हावा चिसो/ शितल बन्छ।
नुन पानीको घोललाई कम दबाबमा तताएर पुन: उत्पन्न गरिन्छ, जसले गर्दा पानी वाष्पीकरण हुन्छ। नुनिलो घोलबाट वाष्पीकरण भएको पानीलाई पुन: जम्मा गरिन्छ, र बाष्पीकरण कूलरमा फिर्ता पठाइन्छ।
सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ Granryd, Eric; Palm, Björn (२००५), "4-3", Refrigerating engineering, Stockholm: Royal Institute of Technology।
- ↑ US 1781541, Einstein & Szilárd, "Refrigeration", issued 1930-11-11
- ↑ Sapali, S. N (११ फेब्रुअरी २००९), "Lithium Bromide Absorption Refrigeration System", Textbook Of Refrigeration And Air-Conditioning, New Delhi: PHI learning, पृ: २५८, आइएसबिएन 978-81-203-3360-4।